ओखलढुंगा सुन चाँदी व्यवसायी संघले मागपत्र बुझायो


असार १३ । ओखलढुंगा सुन चाँदी व्यवसायी संघले राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडालाई मागपत्र बुझाएको छ । देशैभरी आन्दोलीत सुन चाँदी व्यवसायी संघ ओखलढुंगाले भने शुक्रबार आफ्नो मागपत्र बुझाएको हो । ०८२।०८३ को बजेट बक्तब्यमा सरकारले सुन, चाँदी हिरा, जवाहतरात तथा हस्तकला व्यवसायीलाई मात्र नभई आम उपभोक्तालाई समेत प्रत्यक्ष रुपमा असर पर्ने गरी विलासिता कर र भ्याटको नाममा चर्काे भार पारेको भन्दै व्यवसायीहरु आन्दोलनमा छन । व्यावसायीको माग यस्ता रहेका छन् ।

हाल सबै प्रकारकार सुन तथा सुनका गहनामा लागू गरिएको २ प्रतशत बिलासिता कर खारेज हुनुपर्ने ।

हिरा, जवाहतरात, जडित गहनामा लगू गरिएको मुल्य अभिबृद्धि कर तत्काल पुनर्विचार गरि खारेज गरिनुपर्ने ।

सुनचाँदीको कारोबारलाई दिर्घकालीन रुपमा प्रोत्साहित गर्न चाँडो भन्दा चाँडो ऐन नियम तथा नीतिहरु निर्माण गरिनुपर्ने ।

कर संरचना परिवर्तन गरिनुपूर्व मौजुदा व्यवसाय रोजगारी तथा बजारमा पर्ने दूरगामी प्रभावहरुको बिस्तृत अध्ययन गरियोस र त्यसबिना करको दायरा नबढाइनुपर्ने ।

छिमेकी मूलुक भारतमा सरह नै नेपालमा पनि भन्सार दर ६ प्रतिशत कायम गरिनुपर्ने ।

विश्व बजारको मन्यतानुसार गुणस्तर प्रमाणीकरणको लागि अन्तर्राष्ट्रिय मान्यता प्राप्त ब्अअचभमष्तभम ीब को ब्यवस्था गरिनु पर्ने ।

निर्यातको ढुवानीमा २ दशमलब ५ प्रतिशत टिडियस लाग्ने व्यवस्था खारेज गरिनुपर्ने ।

प्रतिक्रिया