यो साता भाग्य
शक्ति कमजोर भएको अनुभूति हुनेछ । मनमा दुबिधा उत्पन्न हुने र मानसिक चिन्ता
बढ्नेछ । नाक तथा घाँटीमा समस्या आउन सक्छ । मङ्गलवारबाट सफल यात्राको योग देखिन्छ
। चिताएको कामले तीव्रता लिनेछ । सामाजिक क्षेत्र र शेयर बजारले पनि साथ दिनेछ ।
यो साताका लागि शुभ अङ्क १,६ र शुभ रङ्ग हरियो हो । कुनै शुभकर्म
गर्नु पूर्व महादेवजीको स्मरण गरि कार्य आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
वृष : इ, उ, ए, ओ, वा, वि, वु, वे, वो
यो साता सामान्य नै रहनेछ । धर्मकर्म तथा
समाजसेवामा मन लाग्नेछ । प्रेम र मित्रताको बन्धन कसिने बेला छ । सेयरको कारोबारमा
फाइदा पनि हुनसक्छ । साताको अन्त्यमा अनावश्यक ठाउँमा धन खर्च होला । खानपान र
स्वास्थ्यप्रति सजग रहनु होला । यो साताका लागि शुभ अङ्क २,७ र शुभ रङ्ग रातो
हो । कुनै शुभकर्म गर्नु पूर्व असहायलाई सहयोग गर्नाले ग्रह पीडा कम हुनेछ र लाभ
मिल्नेछ ।
यो साता धनार्जनका नयाँ स्रोतहरू पत्ता
लाग्नेछन् । मनोरञ्जनमा सहभागिता भइएला । प्यारो साथीसँग र आफन्तसँग समय बित्नेछ ।
आफूलाई मन लागेको कुरा खरिद गर्न सकिन्छ । शिक्षामा सफलता मिल्नेछ । वैदेशिक
क्षेत्रको काम अघि बढ्नेछ । यो साताका लागि शुभ अङ् ३,९ र शुभ रङ्ग गुलाबी
वा रातो हो । कुनै शुभकर्म गर्नु पूर्व दुर्गाजीको स्मरण गरि कार्य आरम्भ गर्दा
अधिक सफलता मिल्नेछ ।
यो साता लामो समयदेखि रोकिएका अधुरा कामहरू
पुरा हुनसक्छ । एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । धार्मिक, सामाजिक र अरुको हित
हुने काममा समय व्यतीत हुनसक्छ । व्यावसायिक काममा राम्रै फड्को मार्न सकिनेछ ।
मित्र र विशिष्ट व्यक्तिको सहयोग पाइनेछ । यो साताका लागि शुभ अङ्क ४,८ र शुभ रङ्ग रातो
हो । शुभकर्म गर्नु पूर्व महाकालीको आरधना गरि कार्य गर्दा सफलता प्राप्त हुनेछ ।
यो साता
अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला । आत्मबल बढाएर काम गरेमा असफल भइँदैन
। स्वास्थ्यमा समस्या हुनसक्छ त्यसैले सङ्क्रमणबाट आफू पनि बच्ने र अरूलाई पनि
बचाउन सहयोग गर्नु होला । बुधवारबाट साथी भाइको भेटघाटले मन प्रफुल्ल रहला । यो
साताका लागि शुभ अङ्क २,५ र शुभ
रङ्ग सेतो वा निलो हो । कुनै शुभकर्म गर्नु पूर्व असहायलाई सहयोग गर्नाले ग्रह
पीडा कम हुनेछ ।
यो
सातामा नयाँ र शुभकार्यको चर्चा चल्नेछ । चिताएको कामले तीव्रता लिनेछ । मनमा
उत्साहका साथै बोली बिक्ने समय छ । आफन्त र साथीभाइबाट सहयोग तथा हौसला प्राप्त
हुनेछ, तर
नियमित खर्चसमेत बढ्ने योग छ, सचेत रहनु होला । यो साताका लागि शुभ अङ्क १,४ र शुभ रङ्ग हरियो वा सेतो हो
। कुनै शुभकर्म गर्नु अघि हनुमानजीको स्मरण गरि यात्रा गर्नाले अधिक सफलता मिल्नेछ
।
तो साता आँटेको र ताकेको कार्यमा ढिलाई
भएपनि पुरा नै होला । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । प्रेम सम्बन्धको
कोपिला फक्रनेछ । श्रमको उचित मूल्याङ्कन हुनेछ । साताको उत्तरार्धबाट आर्थिक
कारोबारमा मन्दी आउनेछ । स्वास्थ्य प्रति सजग रहनु होला । यो साताका लागि शुभ अङ्क
२,६ र शुभ रङ्ग आकाशे
हो । शुभकर्म गर्नु पूर्व भोकालाई खाना दिएर सहयोग गर्नाले ग्रह पीडा कम हुनेछ ।
यो साता
सामाजिक क्षेत्र र राजनैतिक क्षेत्रमा मिल्नेछ । प्रेमसम्बन्ध र प्रणयप्रसङ्गका
लागिपनि श्रेष्ठ समय रहेको । रोकिएको काम दोहोर्याएर प्रयत्न गर्दा सफलता मिल्नेछ
। साताको अन्त्यमा व्यस्तता बढ्नुका साथै स्वास्थ्यप्रति सजगता अपनाउनु होला ।
संक्रमण र अन्य रोगबाट बच्न साबुन पानीले राम्ररी हात धुनुहोला । यो साताका लागि
शुभ अङ्क २,७ र शुभ
रङ्ग सेतो वा पहेँलो हो । कुनै शुभकर्म गर्नु पूर्व शिवजीको स्मरण गर्नाले सफलता
हात पर्नेछ ।
साताको सुरुका दिनमा पुराना रोगले दुख दिन
सक्छ । केही अप्ठ्यारा परिस्थितिको सामना गर्नुपर्ला । सोमबारबाट शुभकार्यको चर्चा
चल्नेछ । परोपकारजन्य कार्यमा लगाव बढ्ने र लोकप्रियताको अवसर प्राप्त हुनेछ ।
अधुरा कामहरू पनि बन्ने योग छ यो साताका लागि शुभ अङ्क ३,८ र शुभ रङ्ग गुलाबी
हो । कुनै शुभकर्म गर्नु पूर्व श्रीकृष्णजीको दर्शन गरे राम्रो हुन्छ ।
यो
सप्ताहमा नयाँ कार्यको अवसर मिल्नेछ । सामाजिक क्षेत्रमा गतिलो समर्थन र सफलता
पाइनेछ । रमणीय र सुखद् यात्राको योग छ । व्यवसायको सन्दर्भमा आदर्श व्यक्तित्व
सँगको सहकार्यले नयाँ अनुभव मिल्नेछ । पुँजी बजारले पनि साथ दिनेछ । यो साताका
लागि शुभ अङ्क २,९ र शुभ
रङ्ग घिउ रङ्ग हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि भैरवजीले स्मरण
गर्नाले अधिक सफलता हात पर्नेछ ।
यो साता सामाजिक तथा धार्मिक कार्यमा रुचि
बढ्नेछ । नजिकको मित्रसँग भेटघाट हुनेछ । रमाइलो यात्रा गर्ने अवसर प्राप्त हुनेछ
। पढाईमा सहजता मिल्नेछ । परीक्षा र प्रतिस्पर्धामा सफलता मिल्नेछ । साताको मध्यमा
सरकारी निकाएको भय रहला । नियमित खर्चसमेत बढ्ने योग छ । यो साताका लागि शुभ अङ्क
३,८ र शुभ रङ्ग
सिन्दुरे वा रातो हो । कुनै शुभकर्म गर्नु पूर्व गणेशजीको दर्शन गरि कार्य गर्नाले
राम्रो हुनेछ ।
यो साता कुनै न कुनै कुराले मनमा शान्ति
छाउनेछ । मानसम्मान र पद प्रतिष्ठामा वृद्धि होला । मनोरञ्जनमा सहभागिता भइएला ।
महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ । प्रेम जीवन सबल र सफल हुनुका साथै
आम्दानीका नयाँ स्रोत बढ्नेछन् । यो साताका लागि शुभ अङ्क १,९ र शुभ रङ्ग हरियो
हो । शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि बगलामुखीको स्मरण गरि कार्य आरम्भ
गर्दा लाभ प्राप्त हुनेछ ।
राशिफल जे जस्तो भएपनि तपाईंको यो साता शुभ रहोस् ।
- ज्यो.प. नारायणप्रसाद दुलाल