यो साता
कीर्तिमानी काम गर्ने समय छ । नयाँनयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । न्यायिक
कार्यमा सफलता मिल्नेछ । शुभकार्यको चर्चा चल्नेछ । वैदेशिक क्षेत्रबाट सफलता
मिल्नेछ । विहिवारबाट बोलीको विपरीत अर्थ लाग्न सक्छ । नयाँ योजना कार्यान्वयनमा
ल्याउन मुस्किल पर्नेछ । यो साताका लागि शुभ अङ्क १,९ र शुभ रङ्ग
रातो वा हरियो हो । कुनै शुभकर्म गर्नु पूव विष्णु भगवानको स्मरण गरी कार्य
प्रारम्भ गर्नले अधिक सफलता मिल्नेछ ।
वृष : इ,
उ,
ए,
ओ,
वा,
वि,
वु,
वे,
वो
यो हप्ता प्रेमीको सहयोग प्राप्त हुनेछ ।
कार्य सम्पादनमा सहजता मिल्नेछ । अभिभावकको सुझावले उचाइमा पुर्याउन सहयोग गर्नेछ
। शुभ कार्यमा सरिक भइनेछ । धर्मकर्म तथा समाजसेवामा मन लाग्नेछ । धनार्जनका नयाँ
स्रोतहरू पत्ता लाग्नेछन् । शेयर बजारले पनि साथ दिनेछ । यो साताका लागि शुभ अङ्क
२,७ र शुभ रङ्ग सेतो
वा हरियो हो । कुनै शुभकर्म गर्नु अघि हनुमानजीको स्मरण गरी कार्य गर्नाले सफलता
मिल्नेछ ।
यो हप्ता
महत्त्वपूर्ण अवसर गुम्न सक्नेछ । विपक्षीको छलकपट तथा जालझेलबाट सावधान
रहनुपर्नेछ । बोलीको विपरीत अर्थ लाग्न सक्छ । मध्य साताबाट शुभ कार्यको योग छ ।
बुद्धिको उपयोग गर्दा जटिल ठानिएको कामसमेत सम्पादन हुन सक्नेछ । दैनिक कार्यमा
प्रगति हुनेछ । भौतिक सुख पनि मिल्नेछ । यो साताका लागि शुभ अङ्क ३,६ र शुभ रङ्ग हरियो हो । कुनै शुभकर्म गर्नु
पूर्व भैरवजीको दर्शन गरी कार्य आरम्भ गर्दा राम्रो हुनेछ ।
यो साता धार्मिक र सेवा भाव
बढ्ने योग छ । लामो समयदेखि रोकिएका अधुरा कामहरू पुरा हुनेछन् । रोकिएको धन पाइन
सक्छ । धर्मकर्म तथा समाजसेवामा मन लाग्नेछ । आफ्नै दक्षतामा विभिन्न कार्यहरू
सम्पन्न हुनेछन् । मध्य सातामा स्वास्थ्यको भने विशेष ख्याल राख्नुपर्नेछ । यो
साताका लागि शुभ अङ्क ४,९ र शुभ
रङ्ग हरियो वा गुलाबी हो । कुनै शुभकर्म गर्नु पूर्व बगलामुखीको दर्शन गरी कार्य
आरम्भ गर्दा अत्यन्त लाभ हुनेछ ।
यो साता मनमा हर्ष, उमङ्ग र उत्साह
छाउनेछ । लगनशीलताले कामहरू अगाडि बढ्नेछन् । दाजुभाइ तथा साझेदारहरू सँग मिलेर
गरिने पेशा व्यवसायबाट भनेजस्तो रुपैयाँ पैसा कमाउन सकिएला । पढाई लेखाइमा
उत्कृष्ट नतिजा ल्याउन सकिने तथा न्यायिक निर्णयहरू तपाईँकै पक्षमा हुनेछन् । यो
साताका लागि शुभ अङ्क ४,५ र शुभ रङ्ग घिउ रङ्ग हो । कुनै शुभकर्म गर्नु पूर्व
हनुमानजीको दर्शन गरी यात्रा गर्दा अधिक सफलता मिल्नेछ ।
यो साता शुभ समाचार सुन्न पाइएला । शैक्षिक
क्षेत्रमा प्रगति नै होला । प्रेमसम्बन्ध र प्रणयप्रसङ्गका लागि श्रेष्ठ समय रहेको
छ । दिगो फाइदा हुने नयाँ काम प्रारम्भ गर्न सकिनेछ । चलाखी पूर्ण बोलीले काम बन्न
सक्छ । सामाजिक र राजनैतिक कार्यमा पनि सफलता मिल्नेछ । यो साताका लागि शुभ अङ्क ३,६ र शुभ रङ्ग हरियो
वा पहेँलो हो । कुनै शुभकर्म गर्नु पूर्व नवग्रहको स्मरण गरी कार्य आरम्भ गर्दा
अधिक लाभ प्राप्त हुनेछ ।
साताको सुरुका दिनमा नगद सापटी लिएका
आफन्तहरूले वचन पूरा नगर्दा आर्थिक झन्झट आइलाग्न सक्छ । स्वास्थ्यको क्षेत्रमा
पनि प्रतिकूल हुने देखिन्छ । मध्य साताबाट गरेको कार्यमा सफलता पाइएला । लामो
समयदेखि रोकिएका अधुरा कामहरू पुरा हुनेछन् । यो साताका लागि शुभ अङ्क ४,७ र शुभ रङ्ग
सिन्दुरे वा घिउ रङ्ग हो । कुनै शुभकर्म गर्नु पूर्व गणेशजीको आरधना गरी गरेको
कार्यबाट अधिक सफलता मिल्नेछ ।
यो हप्तामा दाम, इनाम र प्रतिष्ठा
कमाउने वेला छ । परिवारमा सुख सन्तोष छाउनेछ । नयाँ व्यक्तिसँग भेटघाट हुने समय छ
। शेयर बजारको लगानी बाट दीर्घकालीन फाइदा हुनेछ । मध्य सातामा केही महत्त्वपूर्ण
कार्यमा उल्झन र स्वास्थ्यमा समस्या आउन सक्छ । यो साताका लागि शुभ अङ्क ४,८ र शुभ रङ्ग सेतो
वा हरियो हो । कुनै शुभकर्म गर्नु पूर्व आफ्नो अविभावकको सल्लाह लिएर कार्य
गर्नाले राम्रो हुन्छ ।
यो साता लाभहानी, सुखदुःख बराबरी
मध्यम खालको दिन रहनेछ । ठुलो कारोबारमा लगानी नगर्दा वेश हुनेछ । मङ्गलबारबाट
स्वास्थ्यमा सुधार आउनेछ । शुभ समाचार सुन्न पाइने र शुभकार्यको चर्चा चल्नेछ ।
प्राविधिक कार्यमा सफलता मिल्नेछ । पुँजी बजारको लगानी भने त्यति लाभदायक नहोला ।
यो साताका लागि शुभ अङ्क ३,९ र शुभ रङ्ग सेतो वा आकाशे हो । कुनै शुभकर्म गर्नु पूर्व
विष्णु भगवानको स्मरण गरी कार्य प्रारम्भ गर्दा राम्रो हुनेछ ।
यो साता धार्मिक तथा समाजसेवामा
मन लाग्नेछ । बन्धु बान्धवबाट सहयोग मिल्नेछ । प्राविधिक कार्यबाट सफलता मिल्नेछ ।
नयाँ वस्त्र या उपहार पाइनेछ । रमणीय र सुखद् यात्राको योग छ । आर्थिक तथा सेयर
कारोबारमा पनि राम्रै लाभ हुनेछ, तर निर्णायक क्षमतामा कमी आउनेछ । यो साताका लागि शुभ अङ्क ३,६ र शुभ रङ्ग हरियो वा निलो हो
। कुनै शुभकर्म गर्नु पूर्व भैरवजीको स्मरण गरी कार्य आरम्भ गर्दा अधिक लाभ
मिल्नेछ ।
यो साता लाभहानी, आयव्यय, सुखदुःख बराबरी खालको
दिन रहनेछन् । धैर्य गरी मिहिनेत गरेमा कार्यसिद्धि हुनसक्छ । साताको मध्यमा
जिद्दीपनाले गर्दा काम बिग्रने डर छ । पुँजी बजारमा नोक्सानी हुनसक्छ ।
महत्त्वपूर्ण कार्यमा व्यवधान आउने पनि देखिन्छ । यो साताका लागि शुभ अङ्क १,७ र शुभ रङ्ग गाढा
खैरो वा हरियो हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि देवीजीको दर्शन
गरी यात्रा गर्दा अधिक लाभ मिल्नेछ ।
यो साता शुभ कार्यको चर्चा चल्नाले मनमा
शान्ति छाउनेछ । पारिवारिक माहोल तथा माङ्गलिक कार्यमा सहभागि भइनेछ । अतिथिको
रूपमा सत्कार पनि पाइनेछ । शेयर बजारको लगानीबाट भने राम्रै लाभ हुनेछ । साताको
अन्त्यमा अनावश्यक यात्रा हुनेछ । गरेका कार्यमा ढिलासुस्ती हुने देखिन्छ । यो
साताका लागि शुभ अङ्क ५,८ र शुभ रङ्ग गुलाबी हो । कुनै शुभकर्म गर्नु पूर्व गणेशजीको
दर्शन गर्नाले सफलता हात पर्नेछ ।
राशिफल जे जस्तो भएपनि तपाईंको यो साता शुभ रहोस् ।