बाढीपीडित थामेवासीलाई पालिकाले राहतस्वरुप नगद वितरण


भदौ १ । सोलुखुम्बु जिल्लाको खुम्बु पासाङल्हामु गाउँपालिका ५ थामेका बाढी पीडिततलाई राहतस्वरुप नगद वितरण गरिएको छ । खुम्बु पासाङल्हामु गाउँपालिकाले बाढीपीडितलाई नगद उपलब्ध गराएको हो । पुर्णक्षेती भएका १५ घरपरिवारलाई ५० हजारका दरले र सामान्यक्षेती भएका ३१ घरपरिवारलाई १० हजारका दरले नगद उपलब्ध गराएको गाउँपालिकाले जनाएको छ । बाढीपीडित र प्रभावितलाई तत्काल बन्दोवस्तीका लागि आपतकालीन राहत वितरण गरिएको पालिकाले जनाएको छ । हिमताल फुटेर साउन ३२ गते दिउसो थामे वस्तीमा पसेको थियो ।

प्रतिक्रिया