दैनिक
राशिफल
आज अधुरो काम पूरा नेछ । व्यवसायका लागि यात्राको सम्भावना पनि
छ । प्रिय व्यक्तिबाट विशेष सहयोग मिल्नेछ । वैदेशिक कार्य अघि बढ्नेछ ।
काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ । आतिथ्यपूर्ण सम्मान
पाइएला । प्रेम र मित्रताको बन्धन कसिने बेला छ । वैदेशिक कार्य अघि बढ्नेछ ।
स्वास्थ्यमा कमजोरी र उपचारमा खर्च हुने योग छ । मान्यजनको
सुझावलाई नमान्नाले काम बिग्रन सक्छ, तर
आशीर्वादले काम गर्नसक्छ ।
अध्ययनमा रुचि जाग्नुका साथै यात्राका योग पनि देखिन्छन् । नयाँ
ज्ञान सिक्ने मौका मिल्नेछ । महिला वा मित्र बाट विशेष सहयोग पाइनेछ ।
श्रमको उचित मल्याङ्कन हुनेछ । अनुहारमा कान्ति र मनमा शान्ति
छाउला । शुभकार्यको चर्चा चल्नेछ । आँटेको र ताकेको कार्य पुरा होला ।
आज आम्दानी प्रशस्तै बढ्नेछ । कुनै कुराले मनमा शान्ति छाउनेछ ।
दाम्पत्य जीवन सुखमय हुनेछ । आर्थिक क्षेत्रमा राम्रो सफलता मिल्ला ।
आज काममा केही चुनौती आइलाग्छन् । मन खिन्न हुने स्थिति आउनसक्छ ।
बाहिरी खानपान तथा मनोरञ्जनमा समयको ख्याल भने गर्नुपर्नेछ ।
आज ठीक समयमा सही निर्णय लिन सकिनेछ । बोलीको
प्रभाव पनि बढ्नेछ । दाम्पत्य सुखले प्रफुल्लित भइनेछ । बौद्धिक काममा सफलता
मिल्नेछ ।
आज नयाँ कमको थालनी हुनेछ । धार्मिक यात्राको योग
छ । सद्विचारले अभिप्रेरित हुनेहरूलाई बिस्तारै लाभ हुनेछ । अचल सम्पत्ति पनि हात
पर्ला ।
महत्वाकाङ्क्षी योजना कार्यान्वयन गर्ने योजनामा हुनुहुन्छ भने
केही समय पर्खनुहोला । परिवारभित्र मनोमालिन्य बढ्ने सङ्केत छ ।
पराक्रम र उत्साह बढ्नेछ । प्रतिस्पर्धी परास्त होलान् । मन पर्ने
वस्त्र, अलंकार आदि उपहार पाइने योग छ । स्वादिष्ट भोजनको आनन्द समेत
पाइएला ।
नयाँ सवारी साधन प्राप्तिको योग छ । राजनैतिक
कार्यमा सफलता मिल्नेछ । शुभकार्यको चर्चा चल्नेछ । उद्योग र व्यापारमा विशेष
फाइदाको योग छ ।
राशिफल जे जस्तो भएपनि तपाईंको दिन शुभ रहोस् ।
ज्यो.प. नारायणप्रसाद दुलाल