फागुन १ गते सार्वजनिक विदा दिने सरकारको निर्णय


काठमाडौं २९ माघ। नेपाल सरकारले जनयुद्ध दिवस फागुन १ गते सार्वजनिक विदा दिने निर्णय गरेको छ । आइतबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषदको बैठकले फागुन १ गते जनयुद्ध दिवसका रूपमा सार्वजनिक विदा दिने निर्णय गरेको हो। २०५२ साल फागुन १ गतेबाट जनयुद्ध सुरू भएको  थियो । जनुयुद्ध शुरु भएको दिनलाई जनयुद्ध दिवसको रुपमा अहिलेको सरकारले विदा दिने निर्णय गरेको हो । २०५२ साल फागुन १ गते बाट शुरु भएको जनयुद्ध २०६३ मंसिर ५ गते विस्तृत शान्ति सम्झौतामा रूपान्तरण भई युद्ध सकिएको घोषणा गरिएको थियो।

प्रतिक्रिया