प्रतिनिधी सभा सदस्य निर्वाचन २०८२ मा के छन् निर्वाचन कार्यक्रम


राजकुमार कार्की

 माघ ५ । मुख्य निर्वाचन कार्यालय ओखलढुंगाले आसन्न प्रतिनिधी सभा सदस्य निर्वाचन २०८२ को कार्यतालिका सार्वजनिक गरेको छ । मुख्य निर्वाचन कार्यालयले सोमबार राजनीतिक दल र पत्रकारहरु सँग अन्तरकृया कार्यक्रम गर्दै कार्यतालिका सार्वजनिक गरेको हो । सार्वजनिक गरेको निर्वाचन कार्यक्रम अन्तर्गतः

१. २०८२ साल माघ ६ गते १० बजे देखि ५ बजेसम्म उम्मेदवारको मनोनयन पत्र दर्ता गर्ने ।

२. २०८२ साल माघ ६ गते ५ बजेदेखि ७ बजेसम्म मनोनयन पत्र दर्ता भएको उम्मेदवारको सूचि प्रकाशन गर्ने ।

३. २०८२ साल माघ ७ गते १० बजे देखि ३ बजे सम्म उम्मेदवारको बिरोधमा उजुरी दिने ।

४. २०८२ साल माघ ७ गते देखि ८ गते सम्म मनोनयन पत्र उजुरी उपर जाँचबुझ गरी निर्णय गर्ने ।

५. २०८२ साल माघ ८ गते ५ बजेदेखि ७ बजेसम्म उम्मेदवारको नामावली प्रकाशन गर्ने ।

६. २०८२ साल माघ ९ गते १० बजेदेखि १ बजेसम्म उम्मेदवारको नाम फिर्ता लिने ।

७. २०८२ साल माघ ९ गते १ बजेदेखि ३ बजेसम्म उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने ।

८. २०८२ साल माघ ९ गते ४ बजेदेखि ७ बजेसम्म उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गर्ने ।

यि माथीका सबै काम निर्वाचन अधिकृतको कार्यालय ओखलढुंगामा हुनेछ ।

९. मतदान २०८२ साल फागुन  २१ गते विहान ७ बजेदेखि ५ बजेसम्म सम्बन्धित मतादान केन्द्रमा हुनेछ ।

प्रतिक्रिया