कातिक १३ । काठमाण्डौबाट ओखलढुंगा
रामपुर तर्फ आउँदै गरेको जीप दूर्घटना हुँदा दुईजना घाइते भएका छन् । मंगलबार
दिउसो करिब ४ः४० बजेको समयमा मोलुङ गाउँपालिका वडा नं २ स्थित थापाचौरमा जीप
दूर्घटना भएको हो । ना १ ज ६४४६ नम्बरको सुमो अनियन्त्रीत भई सडकको भित्तामा ठोकीन
गई दूर्घटना भएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जानकारी दिएको छ । घाइते हुने
मोलुङ गाउँपालिका वडा नं २ स्थित डडुवा बस्ने वर्ष ६८ की दुर्गा कार्की र सोइ वडा
रामपुरकी वर्ष ७९ की यसोदा दाहाल रहेकी छन् । घाइतेहरुको सामुदायिक अस्पताल मिसन
सोब्रुमा उपचार भईरहेको छ भने सुमो चालक इलाका प्रहरी कार्यालय बरुणेश्वरको
नियन्त्रणमा रहेको प्रहरीले जानकारी दिएको छ ।
१३ कार्तिक २०८१, मङ्गलबार ०६:२२ मा प्रकाशित
980