यो महिनामा तपाईंको राशिबाट
बाह्रौँ भावमा सूर्यले भ्रमण गर्नाले परिणाममुखी कार्य सम्पन्न गर्न ढिला हुनेछ ।
स्वास्थ्यमा समस्या आउन सक्छ । अनावश्यक धन खर्च हुनेछ । महिनाको उत्तरार्धबाट
कार्य क्षेत्र वा समाजमा कुरा काट्नेको सङ्ख्या बढेपनि दाजुभाइ र साथीले राम्रो
सहयोग गर्नेछन् । लाभदायक भेटघाट र हौसला मिल्नेछ । बहुप्रतिक्षित काममा सफलता हात
पर्न सक्छ । यो महिनाको लागि शुभ अङ्क १,८ र शुभ रङ्ग पर्पल वा हरियो हो
। कुनै शुभकर्म गर्नु पूर्व महामृत्युञ्जय भगवानको ध्यान गरि आरम्भ गर्दा लाभ
प्राप्त हुनेछ ।
वृष :
इ, उ, ए, ओ, वा, वि, वु, वे, वो
यो महिना राजनैतिक, सामाजिक तथा न्यायिक
क्षेत्रमा संलग्न व्यक्तिहरूले राम्रै सफलता प्राप्त गर्नेछन् । कृषि व्यवसायबाट
राम्रो प्रतिफल पाउन सकिन्छ । अचल सम्पत्ती हातपर्नसक्छ । २० गतेबाट राम्रो
गर्दागर्दै पनि अपजस आइलाग्नसक्छ । प्रेम सम्बन्धमा चिसोपन पनि आउनसक्छ । तर अनावश्यक
हिँडडुल नगरेकै जाती हुनेछ । यो महिनाको लागि शुभ अङ्क २, ६ र शुभ रङ्ग सेतो
वा खैरो हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि शिवजीको पूजा अर्चना
गरि गरेको कार्यबाट अधिक सफलता मिल्नेछ ।
मिथुन राशिका लागि यो महिनामा
समग्रमा सकारात्मक महिना नै रहेको छ । शुभकार्यको चर्चा चल्नेछ र शुभ समाचार सुन्न
पाइएला । शेयर बजारबाट पनि राम्रै सफलता पाइनेछ । राज्यस्तरबाट लोभ लाग्दा अवसर
प्राप्त हुने सम्भावना छ । कृषि क्षेत्रमा महत्त्वपूर्ण कामको थालनी हुनेछ ।
प्रणयसम्बन्धको लागि पनि रहेको छ, तर स्वास्थ्यको विशेष ख्याल गर्नुपर्नेछ । यो महिनाको लागि
शुभ अङ्क ३,९ र शुभ
रङ्ग हरियो वा निलो हो । कुनै शुभकर्म गर्नु पूर्व विघ्नहर्ता गणेशजीको पूजा
अर्चना गरि गरेको कार्यबाट लाभ मिल्नेछ ।
।
चैत महिनामा सामाजिक कार्यमा
विशेष रुचि रहनुका साथै राजनैतिक र सामाजिक पदप्रतिष्ठा प्राप्तसमेत हुने देखिन्छ
। नयाँ नयाँ काम गरि समाजको ध्यान आफूतिर आकर्षित गर्न सकिनेछ । मन लोभ्याउने
पहिरनले अरूको नजर आफूमाथि पार्नेछ । तपाईंको लगनशीलतालाई भित्रभित्रै मन पराइएको
अवस्था रहनेछ । घर ,जग्गाबाट
लाभ मिल्ने योग पनि छ । यो महिनाको लागि शुभ अङ्क ४,७ र शुभ रङ्ग सेतो या गुलाबी हो
। कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि सूर्यादि नवग्रहको स्मरण गरि
कार्य आरम्भ गर्दा अधिक लाभ मिल्नेछ ।
यो महिनामा सामाजिक कार्य गर्दा
मानप्रतिष्ठा कायम राख्न गोपनियतामा ध्यान पुर्याउनुहोला । आफ्नो कार्यक्षेत्रमा
झिनामसिना व्यवधान आइलाग्ने र मानसिक चिन्ता बढ्न सक्छ साथै स्वास्थ्यप्रति सजगता
अपनाउनु नै बुद्धिमानि हुनेछ । २२ गतेबाट नयाँ जिम्मेवारी र नयाँ कमको योजना
बन्नेछ । राजनीतिक कार्यमा ख्याति कमाउने योग छ । यो महिनाको लागि शुभ अङ्क ५,८ र शुभ रङ्ग सेतो वा निलो हो ।
कुनै शुभकर्म गर्नु सूर्य भगवानको उपासना गरि कार्य आरम्भ गर्नाले शरीरमा आरोग्यता
मिल्नेछ ।
यो महिनामा कन्या राशिका जातकहरूले नयाँ र शुभ कार्यको योजना बनाउने र सृजनात्मक क्षमतालाई प्रस्फुटन गर्न सक्नुहुन्छ । आफन्त र साथीभाइबाट सहयोग तथा हौसला प्राप्त हुनेछ । नयाँ ठाउँमा रमाइला यात्राहरू हुनेछन् । मन लोभ्याउने पहिरनले अरूको नजर आफूमाथि पार्नेछ, तर वैदेशिक कार्य कमजोर रहने र नयाँ झैझगडा र मुद्दामामिलाबाट टाढिनु नै जाति हुन्छ । यो महिनाको लागि शुभ अङ्क ३,६ र शुभ रङ्ग पहेँलो वा नीलो हो । कुनै शुभकर्म गर्नु अघि भैरवजीको स्मरण गरि कार्य गर्नाले अधिक सफलता मिल्नेछ ।
चैत महिनामा ठीक समयमा सही
निर्णय लिन सकिनेछ । सामाजिक कार्यमा विशेष अभिरुचि रहनेछ । प्रेमका कोपिलाहरू
फक्रिएर जानेछन् । सेयर कारोबारबाट फाइदा हुनुका साथै छोटो र रमाइलो भेटघाट पनि
हुनेछ । पढाई लेखाईमा राम्रो नतिजाका साथ सफलताको सिडिहरु चढ्न सकिनेछ , तर आनवास्यक हिँडडुल नगरेकै
जाती हुनेछ साथै स्वास्थ्य प्रति सजग रहनु पर्छ । यो महिनाको लागि शुभ अङ्क २,८ र शुभ रङ्ग रातो वा सेतो हो ।
कुनै शुभकर्म गर्नु पूर्व महाकालीजीको स्मरण गरि कार्य आरम्भ गर्दा शुभ फल प्राप्त
हुनेछ ।
वृश्चिक राशिका जातकका लागि यो
महिना क्षमता प्रदर्शन गर्ने क्रममा पदोन्नतिको ढोका खोलिन सक्छ । अभिभावकको
सुझावले उचाइमा पुर्याउन सहयोग गर्नेछ, तर स्वास्थ्य भने राम्रो हुने
देखिन्न अत: स्वास्थ्य प्रति सजग रहन आवश्यक छ । २३ गतेबाट जिद्दीपनाले गर्दा काम
बिग्रने डर छ । शरीर भारी र मन अस्थिर रहने संकेत देखिन्छ । प्रेमी र प्रेमिकाका
बिच खिन्नता बढ्नेछ । यो महिनाको लागि शुभ अङ्क ४,९ र शुभ रङ्ग सेतो हो । कुनै
शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि शिवजीको ध्यान गरि आरम्भ गर्दा अधिक लाभ
हुनेछ ।
चैत महिना धनु राशिका राशिका
लागि मिश्रित रहने देखिन्छ । यात्राबाट हानी हुनसक्छ, अनावश्यक घुमफिर नगरेकै जाती
हुनेछ । महिनाको मध्यमा तार्किक क्षमता एवं बोलीको प्रभावले स्वरोजगार भइनेछ ।
रमाइलो यात्रा गर्ने अवसर प्राप्त हुनेछ । २० गतेबाट नयाँ योजना कार्यान्वयनमा
ल्याउन मुस्किल पर्ला । व्यापार व्यवसायबाट पनि लाभ हुन सक्छ । यो महिनाको लागि
शुभ अङ्क ५,९ र शुभ
रङ्ग घ्यू रङ्ग वा खैरो हो । शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि दुर्गाजीको
स्मरण गर्नाले शरीरमा आरोग्यता मिल्नेछ ।
मकर राशिका जातकका लागि यो
महिनाको सुरुका दिनमा मांगलिक कार्यमा उपस्थिति भइनेछ । विशिष्ट व्यक्तिको
भेटघाटले मन प्रसन्न हुनेछ । परदेशमा रहेका आफन्तसँग प्रविधि मार्फत भेटघाट हुनेछ
। महिनाको मध्यमा स्वास्थ्य प्रतिकूल हुने, आर्थिक पक्ष कमजोर हुने र
बोलीको विपरीत अर्थ लाग्न सक्छ । बाटो काट्दा वा यात्रा गर्दा पनि सचेत हुनुपर्नेछ
। यो महिनाको लागि शुभ अङ्क ७,८ र शुभ रङ्ग रातो वा निलो हो । कुनै शुभकर्म गर्नु पूर्व
महालक्ष्मीजीको दर्शन गरि कार्य आरम्भ गर्दा अधिक सफलता प्राप्त हुनेछ ।
चैत महिनामा सद्विचारले अभिप्रेरित
हुनेहरूलाई बिस्तारै लाभ हुनेछ । मित्रहरूबाट सहयोग जुट्नेछ र प्रेम सम्बन्धमा
मधुरता मिल्नेछ । काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ । राजनैतिक र सामाजिक
कामबाट सफलता पाइनेछ । जुक्ति र बुद्धिको प्रयोगले समस्या सुल्झाउन सकिनेछ ।
बाहिरी खानपान, समय र स्वास्थ्यको विशेष ख्याल गर्नुपर्नेछ । यो महिनाको लागि
शुभ अङ्क ५,७ र शुभ रङ्ग रातो हो । कुनै शुभकर्म गर्नु अघि हनुमानजीको
दर्शन गरि कार्य प्रारम्भ गर्नाले अधिक सफलता मिल्नेछ ।
चैत महिनामा काम गर्दा आकस्मिक समस्या आइलागे पनि समस्याको हलसमेत निस्कनेछ । मित्रहरूबाट सहयोग जुट्नेछ । साथीको सहयोग र हौसला मिल्नेछ । कुनै कारणवश रोकिएको कामले पनि गति लिनसक्छ । महिनाको उत्तरार्धबाट योजना कार्यान्वयनमा ढिलाइ गर्नाले आफैँपछि परिनेछ । कार्यमा अवरोधका साथै स्वास्थ्य प्रतिकूल रहन सक्छ । यो महिनाको लागि शुभ अङ्क २,७ र शुभ रङ्ग पर्पल वा पहेँलो हो । कुनै शुभकर्म गर्नु पूर्व विष्णु भगवानको दर्शन गरि कार्य आरम्भ शरीरमा आरोग्यता मिल्नेछ ।
- ज्यो.प.
नारायणप्रसाद दुलाल