झगनखबर
फागुन ३। काठमाडौंमा फोहोर टिप्ने
नाममा घरभित्र पसेर करिब एक करोड रुपैयाँको धनमाल चोरी गरेको आरोपमा प्रहरीले ५
जनालाई पक्राउ गरेको छ । काठमाडौंका छुट्टाछुट्टै तीन ठाउँबाट धनमाल चोरीमा संलग्नहरुलाई पक्राउ गरिएको हो ।
पक्राउ पर्नेमा भारतीय नागरिक लक्का
भन्ने विकास पोद्दार, जितेन्द्र पोद्दार, भाइलाल पोद्दार, सञ्जय पोद्दार र मञ्जुदेवी पोद्दार
रहेका छन् । उनीहरुले माघ २८ गते गोकर्णेश्वर नगरपालिका ४ माकलबारीस्थित दिलमाया
आलेमगरको घरबाट नगद र गरगहना गरी ६५ लाख रुपैयाँको धनमाल चोरेको उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।
प्रहरीका अनुसार माघ २८ गते
गोकर्णेश्वर ४ माकलवारीस्थित दिलमाया आले मगरको घरबाट दिउँसो ढोका फुटाएर सुनका
गरगहनासँगै ६५ लाख बराबरको धनमाल चोरी गरेकोमा विकास पोदारसमेतको संलग्नता देखिए
पछि विकासलाई जडिबुटीबाट पक्राउ गरी अनुसन्धान गर्दै जाँदा बूढानीलकण्ठस्थित दिनेश
घिमिरेको घरबाट २५ लाख बराबरको सुन तथा नगद र गोकर्णेश्वर ३ गीता राईको घरबाट ४१
लाख रूपैयाँ बराबरको धनमाल चोरी गरेको पाइएको एसपी रवीन्द्र रेग्मीले जानकारी
दिनुभयो ।