ओखलढुंगाका विभिन्न पाँच वटा सामुदायिक वनमा आगलागी हुँदै


झगनखबर

 बैशाख ९ । ओखलढुंगा जिल्लाका विभिन्न ५ वटा सामुदायिक वनमा आगलागी भईरहेको छ । सिद्धिचरण नगरपालिका, मानेभञ्ज्याङ्ग गाउँपालिका, चिशंखुगढी गाउँपालिका र सुनकोशी गाउँपालिकाका विभिन्न सामुदायिक वनमा आगलागी भईरहेको हो । मानेभञ्ज्याङ्ग गाउँपालिका वडा नं ५ गैरीगाउँस्थित महादेवस्थान सामुदायिक वनमा  बैशाख ५ गते देखि लागेको आगो अझै नियन्त्रणमा आउन सकेको छैन । अन्य स्थानिय तह अन्तर्गतका सामुदायिक वनमा भने शनिबार र आइतबार देखि आगलागी भईरहेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ ।

चिशंखुगढी गाउँपालिका वडा नं ३ स्थित दियाले सामुदायिक वनमा शनिबार दिउँसो अन्दाजी २ बजेदेदि आगलागी भईरहेको छ । सुनकोशी गाउँपालिका वडा नं ९ स्थित ठुलोभिर सामुदायिक वनमा आइतबार विहान अन्दाजी ८ बजेको समयदेखि आगलागी भईरहेको छ । मानेभञ्ज्याङ्ग गाउँपालिका वडा नं ५ बरसीस्थित सामुदायिक वनमा आइतबार दिउँसो करिब १ बजेको समयदेखि आगलागी भईरहेको छ । र सिद्धिचरण नगरपालिका वडा नं २, चुहानछापस्थित हरबोट सामुदायिक वनमा आइतबार अन्दाजी २ बजेको समय देखि आगलागी भईरहेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ । आगलागी भईरहेको पाँचै ठाउँका सामुदायिक वनमा आगो नियन्त्रणका लागि प्रहरी र स्थानियबासी समेतको सहभागितामा प्रयास भईरहेको बताएका छन् ।  आगो नियन्त्रणमा लिने प्रयास भईरहे पनि अझै नियन्त्रणमा आउन नसकेको स्थानियबासीले बताएका छन् । वनमा लागेको आगो नियन्त्रणमा आउन नसके पनि तत्काल गाउँवस्तीमा छिर्न सक्ने संभावना नरहेको जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी एवं प्रहरी निरिक्षक बलिस्टार सिँहले जानकारी दिनु भयो ।

 

 

प्रतिक्रिया