काठमाडौं २, चैत । नेपालमा
डिजेल पेट्रोलको मुल्य घटेर आएको छ
। नेपाललाई इन्धन बिक्री गर्ने भारतीय आयल कर्पोरेसन बाट नै मुल्य घटेर आएको हो ।
भारतीय आयल कर्पोरेसन (आईओसी) ले पठाएको नयाँ मूल्यअनुसार पेट्रोलको मूल्य लिटरमा
८६ पैसा र डिजेलको मूल्य लिटरमा १ रुपैयाँ ७४ पैसाले घटेको छ ।
भारतबाट पेट्रोलियम पदार्थको मूल्य घटेर
आएको नेपाल आयल निगमले जनाएको छ । अहिले बजारमा पेट्रोल प्रति लिटर १७८ रुपैयाँ र
डिजेल तथा मट्टीतेल प्रतिलिटर १७५ रूपैयाँमा बिक्री भइरहेको छ भने खाना पकाउने
ग्याँसको मूल्य प्रति सिलिण्डर १८ सय रुपैयाँ छ ।
भारतबाट घटेर प्राप्त भएको मूल्यका आधारमा
अब निगम सञ्चालक समिति वा व्यवस्थापन बैठकले इन्धनको उपभोक्ता मूल्यबारे निर्णय
गर्ने आयल निगमले जानकारी दिएको छ ।
२ चैत २०७९, बिहिबार ०५:१६ मा प्रकाशित
297