बैशाख २० । कञ्चनपुरमा आफ्नै बुवाको हत्या
गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पुनर्वास नगरपालिका वडा नं. ४ कार्कीचोक
बस्ने ३० वर्षीय गणेश बहादुर खड्का पक्राउ परेका हुन् । ७१ वर्षीय बुवा धन बहादुर
खड्का सँग घरायसी समान्य झगडामा लठ्ठीले हानेर हत्या गरेका थिए । लाठीले हानेर
बुवाको हत्या गरेको स्थानियबासीले प्रहरीलाई खबर गरेका थिए । प्रहरीले खबर पाउनसाथ
इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरि
नियन्त्रणमा लिएको प्रहरीप्रधान कार्यालयले जनाएको छ । घट्नाको विषयमा थप
अनुसन्धान भईरहेको पनि प्रहरीले जनाएको छ ।
२० बैशाख २०८०, बुधबार ०७:३९ मा प्रकाशित
304