ओखलढुंगा १० फागुन । ओखलढुंगाको सिद्धिचरण
नगरपालिकाद्वारा आयोजित नगरस्तरिय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता लालीगुराँस
इङ्गलीस सेकेन्डरी स्कुल ओखलढुंगा प्रथम भएको छ । ४१ स्वर्ण, १२ रजत र ११
कास्य गरि जम्मा ६४ पदक सहित उक्त विद्यालय प्रथम भएको आयोजक कमिटीले जानकारी
दिएको हो । सिद्धिचरण नगरपालिका भित्रका संस्थागत र सामुदायिक विद्यालय गरि १५ वटा
विद्यालयले भाग लिएका थिए । सदरमुकामको खेल मैदानमा भएको प्रतियोगिता फागुन ६ गते
बाट शुरु भएको थियो । सरकारले तोकेको खेलप्रतियोगिता भन्दा बाहेक स्थानिय तहको
निर्णयमा ऐच्छिक खेल ब्याडमिन्टन प्रतियोगिता पनि गरिएको आयोजकले जनाएको छ । त्यसै
गरि सदरमुकाममा अवस्थित सगरमाथा जनता उच्च माध्यमिक विद्यालयले ५१ पदक सहित दोश्रो
स्थान हाँसिल गर्न सफल भएको छ । १९ स्वर्ण, १४ रजत र
कास्य १८ गरि जम्मा ५१ पदक हात पार्न सफल भएको हो । तेश्रो स्थान हाँसिल गर्न सफल
भएको रुम्जाटार माध्यमिक विद्यालय रुम्जाटारले १३ स्वर्ण, १६ रजत कास्य
२ गरि जम्मा ३१ पदक हात पार्न सफल भएको छ ।
प्रतियोगिता प्रथम, द्वितिय र
तृतिय हुने विद्यालयलाई सिद्धिचरण नगरपालिकाका उपप्रमुख केदार बस्नेत, प्रमुख जिल्ला
अधिकारी प्रदर्शनीकुमारी, प्रहरी नायब उपरिक्षक दिपक बहादुर केसी, सशस्त्र
प्रहरीका प्रहरी नायब उपरिक्षक विकास भुजेल
सामाजिक विकास समिति संयोजक तिर्थ बहादुर घिमिरे शिक्षा शाखा प्रमुख
फणिन्द्र बहादुर कटवाल लगायतले शिल्ड, मेडल प्रमाण पत्र र नगद पुरस्कार प्रदान
गर्नु भएको थियो । प्रथम, द्वितिय र तृतिय हुने विद्यालयलाई क्रमशः १५, १२ र १० हजार
रुपैया नगद प्रदान गरिएको थियो ।
प्रत्येक विधाका खेलमा प्रथम, द्वितिय र तृतिय हुने विद्यार्थी खेलाडीलाई मेडल र प्रमाण पत्र प्रदान गरिएको थियो । चम्पादेवी माध्यमिक विद्यालय सल्लेरीकी छात्रा भलिबल खेलाडी लक्ष्मी तामाङ अनुशासित खेलाडी घोषित भएकी थिइन् । अनुशासित खेलाडीलाई मेडल प्रमाणपत्र र १ हजार ५ सय नगद पुरस्कार दिइएको थियो । त्यसै गरि रुम्जाटार माध्यमिक विद्यालय रुम्जाटारका एथ्लेटिक्स खेलाडी चन्द्र बहादुर मगर उत्कृष्ट खेलाडी घोषित भएका थिए । उत्कृष्ट खेलाडीलाई पनि रु १ हजार ५ सय नगद सहित मेडल र प्रमाण पत्र दिइएको थियो । फागुन ६ गतेबाट शुरु भएको खेल प्रतियोगिता १० गते सम्पन्न भएको थियो ।