बेवारिसे शव फेला, पहिचान हुन सकेन


झगनखबर

 असार ७ । ओखलढुंगा जिल्लाको चम्पादवी गाउँपालिका वडा नं ३ मा बेवारिसे शब फेला परेको छ । बिहिबार विहान करिब ९ बजेको समयमा लिखु खोलाको बिच भागमा बेवारिसे शब फेला परेको हो । खोलाको बिच भागमा मान्छेको लास जस्तो बस्तु देखेपछि स्थानियबासीले प्रहरीलाई खबर गरेका थिए । स्थानियबासीले खबर गरे पछि प्रहरी चौकी कालीकाबाट प्रहरी गएको थियो । कालिका प्रहरी चौकीबाट खटिएको टोलीले खोलाको बिचभाग बाट शब निकाल्न नसकेपछी  घोराखोरीबाट इन्सपेक्टरको कमाण्डमा शसस्त्र प्रहरी गएको थियो । शसस्त्र प्रहरी, प्रहरी र स्थानियबासीले  लासलाई खोला बाट झिकिएको छ । लासको उद्धार र  आवश्यक कानुनी प्रकृयाका लागी इलाका प्रहरी कार्यालय खिजीफलाटेबाट पनि प्रहरी निरिक्षकको टोली गएको थियो । प्रहरी र शसस्त्र प्रहरी मिलेर नदिको टापुजस्तो ठाउँमा रहेको लासलाई सुरक्षीत निकालीएको छ । पुरुषको जस्तो देखिन तर  चिन्न नसकिने अवस्थामा रहेको उक्त लास कसको हो, पहिचान नभएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ । लासलाई पोष्टमार्टको लागी रामेछाप लैजान तयारी भईरहेको पनि जनाएका छन् । अधबैशे पुरुषको जस्तो देखिने लासको कुनै पहिचान नभएको र पहिचानको लागी सबै सरोकारवाला निकाय तथा स्थानियबासीहरु सँग अनुरोध गरिएको प्रहरी नायव उपरिक्षक दिपक बहादुर केसीले बताउनु भयो । 

प्रतिक्रिया