रास्वपालाई चार मन्त्रालय, अन्य गठबन्धन दलको भागमा कुन कुन मन्त्रालय


झगनखबर

फागुन २३ । नयाँ गठबन्धन दलले मन्त्रालयको भागबण्डा टुंगो लगाएको छ । प्रधानमन्त्रीको सरकारीनिवास बालुवाटारमा बसेको चारदलीय कार्यदलले मन्त्रालयको संख्या टुंगो लगाएको हो । सहमति अनुसार माओवादीले पाँच, एमालेले आठरास्वपाले चार र जसपालाई दुई मन्त्रालय दिने निश्चित भएको छ । रास्वपाका अध्यक्ष रवि लामीछाने गृह मन्त्रालयउपसभापति डीपी अर्याल श्रम मन्त्रालय, विराजभक्त श्रेष्ठ युवा तथा खेलकुद मन्त्रालय  र सुमना श्रेष्ठ शिक्षा मन्त्रालयमा  पठाउने निर्णय गरेको छ । एमालेले पाएको ८ वटा मन्त्रालयमा मन्त्रीहरुको टुंगो लगाईसकेको छ तर मन्त्रालय भने टुंगीन बाँकी रहेको बताएका छन् । रघुवीर महासेठ, पदम गिरी, दामोदर भण्डारी, हरि उप्रेती, भगवती चौधरी, राजेन्द्र राई, ज्वालाकुमारी साह र बलराम अधिकारी पनि मन्त्री बन्ने भएका छन् ।  माओबादीको तर्फबाट  नारायणकाजी श्रेष्ठले परराष्ट्र र वर्षमान पुनले अर्थमन्त्री बन्ने  निश्चित भएको छ ।

 

 

 

 

प्रतिक्रिया