झगनखबर
बैशाख १५ । इलाम २ को उपचिर्वाचन
शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ । १ लाख १५ हजार ८८९ मतदाता रहेको इलाम २ मा ५७
प्रतिशत मतदान गर्दै सम्पन्न भएको हो ।
मुख्य निर्वाचन अधिकृत केशवप्रसाद घिमिरेका अनुसार करिब ६६ हजार मत खसेको छ
।
मतगणना शनिबार नै सुरु गर्ने तयारी छ । राति १० बजेसम्म मतपेटिका सबैतिरबाट आइपुग्ने अपेक्षा गरिएको छ । आइपुग्यो भने त्यतिनै बेला सर्वदलीय बैठक बसेर निर्णय हुन्छ, चाडो मतपेटिका ल्याउन सके आजैदेखि मतगणना गर्ने तयारी गरेका छौं’, प्रजिअ यादवले भन्नुभयो ।
भौगोलिक कठिनाइ र सडक राम्रो नभएका
कारण फाकफोकथुम गाउँपालिका,
चुलाचुली गाउँपालिका र माङसेबुङ
गाउँपालिकाबाट इलाम सदरमुकामसम्म मतपेटिका ल्याउन समय लाग्न सक्छ । मुख्य निर्वाचन
अधिकृतको कार्यालय इलामले मतगणना केन्द्रका रुमा गौतमबुद्ध सभागृहलाई तोकेको छ ।
इलाम २ मा ६ वटा पालिकाका ४२ वडाका १ सय ४९ मतदान केन्द्रबाट मतपेटिका संकलन
गर्नुपर्छ । यदि मतपेटिकाको ढुवानी ढिलो भएमा आइतबार मतगणना गर्ने तयारी रहेको
बताएका छन् ।