ओखलढुंगामा तीन स्वतन्त्र सहित तेह्र दलबाट मनोनयन


राजकुमा कार्की

 माघ ६ । ओखलढुंगामा ३ स्वतन्त्र उम्मेदवार सहित १३ दलका उम्मेवारले मनोनयन दर्ता गरेका छन् । आसन्न फागुन २१ गते हुने प्रतिनिधी सभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दर्ता गरेका हुन । नयाँ तथा पुराना दलहरुका उम्मेदवार र स्वतन्त्र उम्मेदवारले पनि मनोनयन दर्ता गराएको मुख्य निर्वाचन कार्यालयले जानकारी दिएको छ ।

नेपाल मजदुर किसान पार्टीबाट सबिना प्रजापति, राष्ट्रिय स्वतन्त्र पार्टीबाट विश्वराज पोखरेल, मंगोल नेस्नल अर्गानाईजेशन बाट बजेन्द्र राई, नेकपा एमाले बाट अस्मिता थापा, राष्ट्रिय जनमोर्चा पार्टी बाट शेर बहादुर खत्री, उज्यालो नेपाल पार्टी बाट किशोरी कार्की, श्रम संस्कृति पार्टी बाट उद्धव कुमार राई, राष्ट्रिय प्रजातन्त्र पार्टी बाट डिक प्रसाद बास्तोला, नेपाली कांग्रेस बाट कुमार लुइटेल, जनता समजाबादी पार्टी (संयुक्त) बाट नेत्र बहादुर नेम्वाङ, नेपाली कम्युनिष्ट पार्टी बाट अम्बिर बाबु गुरुङ, समाबेशी समाजबादी पार्टी बाट पिंकी राई (बेगुराम राई) मितेरी पार्टी नेपाल बाट कुमार बहादुरले मनोनयन दर्ता गरेका छन् ।  त्यसैगरी मोलुङ २ का विक्रम दाहाल, मानेभन्ज्याङ ४ का सन्त बहादुर तामङ र मानेभन्ज्याङ ४ कै नारायणकाजी तामङले स्वतन्त्र उम्मेदावारमा मनोनयन दर्ता गराएको मुख्य निर्वाचन कार्यालय ओखलढुंगाले जानकारी दिएको छ । 

प्रतिक्रिया