पर्यटन प्रबर्द्धनका लागि बृहत सांस्कृतिक कार्यक्रम गरिने


ओखलढुंगा २५, फागुन । सांस्कृतिक तथा पर्यटन उत्सव, यस क्षेत्रको मुख्य आधार भन्ने मुल नाराका साथ  पर्यटकिय स्थल थोलेदेम्बामा पर्यटन प्रबद्र्धनको लागि बृहत सांस्कृतिक कार्यक्रम आयोजना गरिने भएको छ । दावा एग्रो टुरिजम प्रा.लि ले नयाँ वर्ष २०८० को अवसरमा कार्यक्रम अयोजना गर्ने भएको हो । कार्यक्रममा विभिन्न जातिय झाँकीहरुको  प्रदर्शन गरिने दावा एग्रो टुरिजमका सन्चालक आङ दावा शेर्पाले जानकारी दिनुभयो । नयाँ वर्षको अवसर पारेर बैशाख १ गते गरिने सांस्कृतिक कार्यक्रमको बारेमा बिहिबार जिल्ला सदरमुकाम ओखलढुंगामा पत्रकार सम्मेलन गरि जानकारी गराउनु भएको हो ।

दावा एग्रो टुरिजमले सन्चालनमा ल्याएको रिसोर्ट गत माघ १० गते अचानक आगो लागेर  पुर्णरुपमा जलेको थियो । रिसोर्ट जलेर नष्ट भएपछि सोहि ठाउँमा नयाँ कार्यक्रमको आयोजना गरि पर्यटकलाई सुविधा प्रदान गर्न लागेको बताएका छन् । नयाँवर्षको अवसरमा देम्बा घुम्न आउने पर्यटकलाई मध्यनजर गर्दै सांस्कृतिक कार्यक्रमको अयोजना गरिएको हो । थोले देम्बा समुन्द्री सतह देखि ३ हजार ३ सय ५० मिटरको उचाईमा रहेको डाँडा हो । यो डाँडा बाट तराई लगायत विभिन्न ठाउहरु सजिलै अवलोकन गर्न सकिन्छ । चैत महिनाको अन्तिम देखि बैशाख महिना सम्म झपक्क फुलेका गुराँसको दृश्य अवलोकन गर्न सकिन्छ । बैशाख १ गते नयाँवर्षमा थोले देम्बा घुम्न आउनको लागि आन्तरिक तथा बाह्य पर्यटकलाई आह्वान समेत गरेको छ ।

प्रतिक्रिया