ट्रयाक्टर दुर्घटना हुदा दुईजना घाइते, एकजनाको अवस्था गम्भिर


ओखलढुंगा १, चैत । दुधकोशी बाट बालुवा लिएर नारायणस्थान तर्फ आउदै गरेको ट्रयाक्टर दुरर्घटना हुदा दुई जना घाइते भएका छन् । बुधबार दिउसो करिब १ बजेको समयमा अनियन्त्रीत भई दुर्घटना भएको हो । लु ४ त ७२७९ नम्बरको ट्रयाक्टर सडक बाट करिब ३० मिटर तल खसेको थियो । दुर्घटनामा चालक मानेभन्ज्याङ गाउँपालिका वडा नं. १ का नविन राई गम्भिर घाइते भएका छन् । घाइते राईको सामुदायिक अस्पताल मिसन सोब्रुमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ । सोही ट्रयाक्टरमा काम गर्ने मानेभन्ज्याङ गाउँपालिका वडा नंं १ कै रामकुमार श्रेष्ठको दाहीने खट्टामा चोट लागेको र अवस्था सामान्य रहेको बताएका छन् । बालुवा लिएर आउदै गरेको ट्रयाक्टर सिद्धिचरण नगरपालिकाको  गण्ोशस्थानको भित्री कच्ची सडकमा दुर्घटना भएको थियो ।

प्रतिक्रिया