ओखलढुंगा
चैत २६ ।
क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका पोलिटब्युरो सदस्य पुस्कर श्रेठले अहिलेको
ब्यवस्था गरिब जनताको पक्षमा नभएको बताउनु भएको छ । जनसम्बन्ध बिस्तार अभियानको
क्रममा ओखलढुंगा आइपुग्नु भएका श्रेष्ठले यस्तो बताउनु भएको हो । मंगलबार ओखलढुंगा
सदरमुकाममा ¥यालीसहित कोणसभा गरिएपश्चात पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरिएको
थियो । पत्रकार भेटघाट कार्यक्रममा बोल्दै नेता श्रेष्ठले अहिलेको ब्यवस्था
गणतन्त्र भएपनि दलाल पूँजीबादीहरुको ब्यवस्था भएको बताउनु भयो । अहिलेको
गणतन्त्रमा गरिबको, किसानहरुको मुद्दामा सम्बोधन छैन, बिचौलीया र ठेकेदारको गणतन्त्र भएकाले गरिब
किसान र मजदुरको गणतन्त्र ल्याउन क्रान्तिकारी कम्युनिष्ट पार्टी लागेको बताउनु
भयो ।
कार्यक्रममा बोल्दै
बैकल्पीक पोलीटब्युरो सदस्य गणेश खड्गीले अहिलेको गणतन्त्र भनेको बुर्जुवा
गणतन्त्र भएको आरोप लगाउनु भयो । जनयुद्ध लड्दा बुर्जुवा गणतन्त्रको लागि नभई
वास्तविक गणतन्त्रको लागि लडिएको भएपनि नेकपा माओबादीबाट धोकाधडी भएको बताउनु
भयो । किसान, मजदुर, दलित निम्न वर्ग र
राष्ट्रिय पूँजीपतिहरुको संलग्नतामा जनगणतन्त्रको स्थापना गर्ने एजेण्डा
क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाले बोकेको बताउनु भयो ।
चैत ४ गतेबाट सुरु
गरिएको जनसम्बन्ध बिस्तार अभियान ओखलढुांमा चैत २९ गते सम्म सन्चालन हुने जानकारी
दिएका छन् । देशैभरी जनसम्बन्ध बिस्तार कार्यक्रम बैशाख १८ गते काठमाण्डौमा बिशाल
जनसभा गरेर समापन गरिने केन्द्रीय सदस्य रुद्र फुयाँल (पर्वत) ले जानकारी दिनुभयो
।