फागुन ४ । मानिसहरु ज्ञान वा गुणका कुरा
सिक्नको लागी आफुभन्दा ठुलो मान्छे वा आफु भन्दा जान्ने मान्छेको पछाडी लागिरहेका
हुन्छन् । विद्वान बाट धेरै ज्ञानका कुरा सिक्न सकिन्छ तर गुण सिक्नको लागि
विद्वानको आवश्यक्ता पर्दैन । हामी आफैले पालेका पशुपन्छी बाट पनि धेरै गुणका कुरा
सिक्न सकिनेरहेछ । पशुपन्छी बाट कस्ता गुण सिक्न सकिने र त्यस बाट के फाइदा हुन्छ
भन्ने बारेमा थोरै चर्चा गरौ
चाणक्य भन्छन्Ù 'हामीले
पालेको कुखुराबाट निम्न चार गुण सिक्नैपर्दछ' ।
१. समयमै बिउँझिनु, २. सधैँ लड्ने
तयारीमा रहनु, ३. आफ्ना बन्धुलाई भाग राखेर खानु, ४. आक्रमण गरि
झम्टेर खानु । यि चार गुण कुखुरामा छन् जुन मानिसहरुले कुखुरा बाट सिक्नै पर्दछ ।
कुखरा बिउँझिन कुनै समय लाग्दैन आवश्यक पर्ने बितिक्कै बिउँझन्छ । बिहान सबेरै
बिउँझेर मानिसहरुलाई समेत बिउँझाउँछ । आफ्ना जोरीपारी सँग डटेर लड्छ । आफ्ना
बन्धुबान्धवलाई भाग राखेर मात्र खाने गर्दछ । कुखुरालाई खाना (चारो) दिँदा जहिले
पनि आफ्ना साथीलाई बोलाउदे खाँदै गरेको हामीले पनि थाहा पाउन सकिन्छ । त्यसै गरि
आफु भन्दा निर्बलियो दुस्मनलाई भगाई उसको भाग समेत आफै खान्छ । तर आफु भन्दा बलियो
दुस्मन सँग आक्रमणमा जाँदैन । तसर्थ यि चार गुण कुखुरा बाट सिक्दा मानविय दृष्टिले
मूल्यवान हुन्छन् ।