यो साता
स्वास्थ्य, सामाजिक र शुभ कार्यमा सरिक हुने सम्भावना
छ । सुन्दर पहिरनले व्यक्तित्वमा निखारता ल्याउनेछ । कसैलाई सापटी दिएको रकम
फिर्ता मिल्नसक्छ । स्वादिष्ट भोजन पनि पाइनेछ । मध्य सातामा एक किसिमको निरासता
पनि आउन सक्छ । यो साताका लागि शुभ अङ्क २,७ र शुभ रङ्ग
निलो हो । कुनै शुभकर्म गर्नु पूर्व महासरस्वतीको स्मरण गरि कार्य आरम्भ गर्दा
अधिक सफलता मिल्नेछ ।
वृष : इ, उ, ए, ओ, वा, वि, वु, वे, वो
यो साता भाग्यले विभिन्न अवसर
जुराउनेछ । प्रेमीको सहयोग पाइनेछ । नजिकको व्यक्तिको सहयोगबाट कार्य पुरा हुनेछ ।
बुद्धिको उपयोग गर्नाले जटिल ठानिएको कामसमेत सम्पादन हुन सक्छ । कृषि क्षेत्रमा
पनि सफलता मिल्नेछ । यो साताका लागि शुभ अङ्क १,४ र शुभ रङ्ग रातो वा निलो हो ।
कुन शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि माता बगलामुखीको स्मरण गरि कार्य
आरम्भ गर्दा शुभफल प्राप्त हुनेछ ।
यो साता टाउको एवं आँखा दुख्ने समस्या बढ्न
सक्छ । आफ्नो आफ्नो अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला । वैदेशिक क्षेत्र
कमजोर रहनेछ । साताको अन्त्यमा छोटो र रमाइलो यात्रा गर्ने अवसर प्राप्त हुनेछ ।
प्रेम र मित्रताको बन्धन पनि कसिने समय छ । यो साताका लागि शुभ अङ्क २,९ र शुभ रङ्ग घ्यू
रङ्ग हो । कुनै शुभकर्म गर्नु पूर्व कालभैरवको दर्शन गरि कार्य आरम्भ गर्दा अधिक
लाभ मिल्नेछ ।
यो साता आफ्नो काममा सतर्क भएर
अघि बढ्नुपर्ने आवश्यकता देखिन्छ । झन्झटिलो कार्यमा समय खेरा जानसक्छ । साताको
अन्त्यमा शुभ कार्यको चर्चा चल्नेछ । राजनैतिक क्षेत्रमा सफलता मिल्नेछ । अतिथिका
रूपमा सम्मान पाइनेछ । यो साताका लागि शुभ अङ्क ३,९ र शुभ रङ्ग पहेँलो हो । कुनै
शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि नवग्रहको स्मरण गरि यात्रा गर्दा अधिक
सफलता मिल्नेछ ।
यो साता घर परिवारमा शुभ र
मङ्गल कार्यको योग छ । महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ । काम देखाएर अरूको
मन लोभ्याउन सकिनेछ । नयाँ कार्यको योजना समेत बन्ला । शेयर बजारबाट पनि फाइदा नै
होला । यो साताका लागि शुभ अङ्क ३,६ र शुभ रङ्ग सेतो वा निलो हो ।
कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि विघ्नहर्ता गणेशजीको पूजा अर्चना
गरि गरेको कार्यबाट अधिक सफलता मिल्नेछ ।
यो साता धर्म, कर्म, परोपकार र समाजसेवा जस्ता
कार्यमा मन लाग्नेछ । मित्र जनको साथ र सहयोगले उल्लेख्य कार्य सम्पादन हुनेछ ।
दानपुण्यका कार्यमा सहभागी भइनेछ, तर स्वास्थ्य प्रतिकूल रहन सक्छ अत: स्वास्थ्य प्रति अतिनै
सजग रहनु पर्नेछ । यो साताका लागि शुभ अङ्क २,४ र शुभ रङ्ग सुन्तला वा सेतो
हो । कुनै शुभकर्म गर्नु पूर्व गौ माताको दर्शन गरि कार्य आरम्भ गर्दा अधिक सफलता
मिल्नेछ ।
यो साता विपक्षीको जालझेलबाट
सावधान रहनुपर्नेछ । स्वास्थ्य सम्बन्धी चिन्ता बढ्नेछ । स्फूर्ति र उमङ्गको कमी
हुनेछ । विहिवारबाट बुद्धिको उपयोग गर्दा जटिल ठानिएको कार्यहरू सम्पादन हुन सक्छ
। सामाजिक र सेवा मूलक कामबाट सफलता पाइनेछ । यो साताका लागि शुभ अङ्क २,९ र शुभ रङ्ग घ्यू रङ्ग हो ।
कुनै शुभकर्म गर्नु पूर्व गणेशजीको ध्यान गरि कार्य आरम्भ गर्दा अधिक लाभ प्राप्त
हुनेछ ।
यो साता मित्रताको बन्धन कसिनुका साथै
दाम्पत्य सुखमा रमाउने समय छ । कहीँकतैबाट कुनै उपहार प्राप्त होला । नयाँ र
शुभकार्यको चर्चा चल्नेछ । साताको अन्त्यमा ताके अनुरूप काम नबन्नाले दिक्क
लाग्नेछ । स्वास्थ्य पति सजग रहनु पनि पर्छ । यो साताका लागि शुभ अङ्क १,९ र शुभ रङ्ग वा
पहेँलो हो । कुनै शुभकर्म गर्नु पूर्व श्रीकृष्णजीको स्मरण गरि कार्य आरम्भ गर्दा
अधिक सफलता मिल्नेछ ।
यो साता । एकपछि अर्को अवसर आउनाले मन
प्रसन्न रहनेछ । सामाजिक क्षेत्रमा सफलता र नोकरीबाट मानसम्मान मिल्नेछ । मिल्नेछ
। आफन्त र साथीभाइबाट सहयोग प्राप्त हुनेछ मध्य सातामा स्वास्थ्यमा समस्या आउनसक्छ
। विचार पुर्याएर निर्णय लिनु राम्रो होला । यो साताका लागि शुभ अङ्क ३,७ र शुभ रङ्ग हरियो
हो । कुनै शुभकर्म गर्नु अघि शिवजीको स्मरण गरि कार्य गर्नाले सफलता मिल्नेछ ।
यो साता प्रेम सम्बन्ध कसिलो
होला । राजनैतिक र सामाजिक प्रतिष्ठा कायम राख्न लगानी गर्ने समय आएको छ ।
बन्धुबान्धव र दाजुभाइको सहयोग लिनसकिने छ । कुनै कुराले मनमा हर्ष, उमङ्ग र उत्साह व्याप्त हुनेछ ।
लामो समयदेखि रोकिएका कामहरू पुरा हुनेछन् । यो साताका लागि शुभ अङ्क ४,५ र शुभ रङ्ग रातो वा नीलो हो ।
कुनै शुभकर्म गर्नु भैरवजीको भगवानको ध्यान गरि आरम्भ गर्दा अधिक लाभ मिल्नेछ ।
यो साता कलासाहित्य तथा
सङ्गीतमा रुचि बढ्नेछ । परीक्षा आदि प्रतिस्पर्धामा उत्तीर्ण हुन सकिनेछ । प्रविधि
मार्फत दूरदराजमा रहेका आफन्तजनसँग सम्बन्ध कायम हुनेछ । शेयरबजारमा लगानीको अवसर
मिल्नेछ । विशिष्ट व्यक्तिको साथ र सहयोग पाइनेछ । यो साताका लागि शुभ अङ्क ४,८ र शुभ रङ्ग गुलाबी वा पहेँलो
हो । कुनै शुभकर्म गर्नु पूर्व विष्णु भगवानको दर्शन गरि कार्य आरम्भ गर्दा लाभ
मिल्नेछ ।
यो साता राजनैतिक र सामाजिक प्रतिष्ठा कायम
राख्न लगानी गर्ने समय आएको छ । पारिवारिक प्रेम सम्बन्ध कसिलो हुनेछ । सट्टेबजार
र शेयरमा गरेको लगानीले राम्रो प्रतिफल दिलाउनेछ । नयाँ र शुभ कार्यमा सरिक भइनेछ
। मध्य सातामा नजिकका व्यक्तिबाट कार्यमा बाधा आउनेछ । यो साताका लागि शुभ अङ्क ५,९ र शुभ रङ्ग गुलाबी
हो । कुनै शुभकर्म गर्नु पूर्व देवीजीको स्मरण गर्नाले सफलता हात पर्नेछ ।
राशिफल जे जस्तो भएपनि तपाईंको यो साता शुभ रहोस् ।
- ज्यो.प.
नारायणप्रसाद दुलाल