६५ वर्षिय राईको कुटाईबाट ४५ वर्षिय रामकुमारको मृत्यु


 माघ ४ । ६५ वर्षिय टुकराज राईको कुटाइबाट ४५ वर्षिय रामकुमार राईको मृत्यु भएको छ । दुईजना बिचमा कुटाकुट हुँदा सख्त घाइते भएका राईको उपचारको क्रममा सामुदायिक अस्पताल मिसन सोब्रुमा मृत्यु भएको हो । चिशंखुगढी गाउँपालिका वडा नं १ कुईभिरका राईबिच माघ २ गते कुटाकुट भएको थियो । कुटपिटबाट सख्त घाइते भएका रामकुमारको ४ गते उपचारको लागि अस्पताल लगिएको थियो । उपचारको क्रममा ४ गते नै रामकुमारको निधन भएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जानकारी दिएको छ । हत्यामा संलग्न राईलाई प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया