मेष राशि
हुनेहरूको लागि यो वर्ष माध्यम नै रहनेछ । वर्षभरि नै एकादश शनिले आय आर्जनमा
सुधार हुने र धनार्जनका नयाँ श्रोत र अवसर मिल्नेछ । सातौँ बृहस्पति र राहुको
प्रभावले भने शत्रु बढ्न सक्छन्, तर घर
परिवारमा शुभ र माङ्गलिक कार्यको आयोजना हुनेछ । नजिकैका व्यक्तिबाट भरपूर साथ र
सहयोग मिल्ने र विजय प्राप्त हुनेछ । बृहस्पति र राहुको नकारात्मक प्रभावबाट बच्न
उपाय गर्दा राम्रो हुनेछ, अत: मिश्रित वर्ष रहनेछ ।
व्यापार/व्यवसाय
व्यापार वा व्यावसायिक दृष्टिले यो वर्ष सामान्य नै रहनेछ ।
जग्गाजमिनको काममा भने विवाद बढ्न सक्छ, तर कृषि, पशु, इलेक्ट्रोनिक
र कपडाको व्यवसायबाट भनेजस्तो आम्दानी गर्न सकिनेछ । वैदेशिक क्षेत्रमा लगानीका
लागि समय राम्रो छ । सेयर बजार चै त्यति राम्रो नहोला । आर्थिक दृष्टिले असर, असोज, माघ र फागुन
महिना बढी सकारात्मक हुनसक्छ ।
प्रेम/सम्बन्ध
यो वर्ष प्रेम सम्बन्धको लागि नयाँ प्रेम सम्बन्ध स्थापित हुन
सक्छन्, तर प्रेम सम्बन्धलाई परिवारले समर्थन बनाई
राख्न भने गाह्रै पर्ला । घर परिवारमा हुने शुभ तथा माङ्गलिक कार्यले बिग्रिएको
पारिवारिक सम्बन्धलाई मजबुत बनाउनेछ, यो वर्ष
शत्रुसँग सम्बन्ध सुल्झन पनि सक्छ ।
शिक्षा
यो वर्ष शिक्षाको लागि सफल र फलदायी नै रहने भएकाले नतिजा
राम्रो पाइनेछ । पढाई लेखाइको लागि विदेश जाने योग पनि छ । प्राविधिक र
व्यवस्थापनका विद्यार्थीहरूलाई बढी सफलता मिल्ने देखिन्छ । सामाजिक र गणित विषय
भने कमजोर रहनसक्छ ।
पेशा/रोजगार
यो वर्ष नयाँ रोजगार प्राप्तिको राम्रो योग रहेको छ । सुरक्षा, शिक्षा, वैदेशिक, तथा राजनैतिक क्षेत्रका व्यक्तिहरूलाई निकै
राम्रो हुनेछ, तर अपजसको सामना भने गर्नुपर्ला । आश्विन
महिनाबाट वैदेशिक कार्य भने बन्न सक्छ योग छ ।
स्वास्थ्य
वर्षको सुरुका दिनमा स्वास्थ्यमा समस्या आउन सक्छ, तर उत्तरार्धमा स्वास्थ्यमा सुधार आउने र पुराना
रोग काम हुन सक्छ । राहुको कारणले चोट पटकको कारणले अस्पताल सम्मको यात्रा पनि
गर्नुपर्ला । स्वास प्रस्वास र वायु विकारको समस्या बढ्न सक्ने भएकाले आफ्नो
खानपिन र स्वास्थ्यको विशेष ख्याल गर्नुहोला ।
शुभ रङ्ग
सेतो, खैरो, पर्पल र
पहेँलो शुभ रङ्ग हो ।
शुभ अङ्क
१, ३, ७, र ९ शुभ अङ्क हो ।
दर्शन/पूजा/उपाय
बिहीबार विष्णु भगवानको दर्शन, पूजा आरधना र
उपासना गरि गरेको कार्यबाट अधिक लाभ मिल्नेछ । प्रत्येक बिहीबार विष्णु भगवानको
मन्दिरमा दियो बाल्ने र असहायलाई सहयोग गर्दा राम्रो हुनेछ । बृहस्पति र राहुको
शान्ति गर्ने र पिपलको वृक्षारोपण गर्नाले पनि ग्रह पीडा कम हुनेछ । कुनै शुभ कर्म
गर्नु पूर्व या यात्रामा जानु अघि विष्णु भगवानको स्मरण गर्नाले अधिक सफलता
मिल्नेछ ।
वृष : इ, उ, ए, ओ, वा, वि, वु, वे, वो
वृष राशि भएका व्यक्तिहरू का लागि २०८० साल
मध्यम फलदायी वर्ष नै रहनेछ । बृहस्पति र शनिको प्रभावले वर्ष भरिनै त्यति राम्रो
फल नदेला र गरेको कार्यमा उल्झन र चोटपटकको भए पनि रहनसक्छ, तर भौतिक सुखमा
बढोत्तरी भने हुनेछ । वर्षको उत्तरार्धमा भने बढी राम्रो हुनेछ । बृहस्पति र शनिको
ग्रह शान्ति गर्दा भने शुभ फल मिल्नेछ । यदि जन्म कुण्डलीमा बृहस्पति र शनि उच्च, स्वगृह तथा मित्रगृह
ग्रहहरू भए अधिक शुभ फल मिल्ने निश्चित छ ।
व्यापार/व्यवसाय
व्यापार वा व्यावसायिक दृष्टिले यो वर्ष
सामान्य नै रहनेछ, तर वर्ष नयाँ ठाउँमा लगानी नगरेकै जाती हुनेछ । वैदेशिक कार्यको
व्यवसायबाट बढी लाभ लिन सकिनेछ । शेयर बजारमा गरेको लगानीले भने त्यति साथ नदेला ।
धातु र मेसिनरी वस्तुमा गरेको लगानी कमजोर रहला । नगद सापटी लिनेहरू पनि टाढिन
सक्छन् । व्यवसायीक दृष्टिले श्रावण, कार्तिक माघ र चैत्र पुष महिना राम्रो
हुनेछ ।
प्रेम/सम्बन्ध
यो वर्ष दाम्पत्य जीवनमा दाम्पत्य जीवन तथा
प्रेमी / प्रेमिकाका सम्बन्धमा सामान्य उतारचढाव आउनसक्छ । प्रेमी जोडीको
सम्बन्धलाई विवाहमा परिणत गर्न पनि गाह्रो होला, तर जन्मकुण्डलीमा सप्तम भाव बलियो भएका
व्यक्तिहरूलाई भने कुनैपनि सम्बन्ध नराम्रो हुँदैन ।
शिक्षा
यो वर्ष शैक्षिक क्षेत्रबाट त्यति राम्रो
प्रतिफल नमिल्ला । मनमा चञ्चलता बढ्नाले पढाईमा ध्यान दिन नसकिएला । सोध, गणित र व्यवस्थापन
विषयका विद्यार्थीहरू बढी लाभ हुनसक्छन् । इन्जिनियरिङ् र स्वास्थ्य विषयका
विद्यार्थीहरूलाई भने विशेष कमजोर रहनेछ । भाद्र र पुष महिनामा रोकिएको परीक्षा
उत्तीर्ण गर्न सकिएला ।
पेशा/रोजगार
पेशा वा रोजगारमा दबाब र तनाव बढेको महसुस
हुनेछ र अबजस आइलाग्न सक्छ । सामाजिक तथा राजनैतिक क्षेत्रमा जनताले असमर्थता पनि
जनाउन सक्छन् । कल कारखाना र व्यापार व्यवसायमा पनि खासै राम्रो हुनेछैन ।
पत्रकारिता र वैदेशिक रोजगारमा लागेकालाई भने राम्रै हुने देखिन्छ ।
स्वास्थ्य
यो वर्षमा स्वास्थ्यमा आफूलाई या घर
परिवारको स्वास्थ्य, औषध र उपचारमा धन खर्च हुनसक्छ । रक्त सञ्चारको समस्या पनि बढ्न
सक्छ, अत: नियमित
व्यायामको अभ्यासले शरीरलाई सन्तुलनमा राख्न सहयोग गर्नेछ साथै आहार विहार प्रति
सजगता अपनाउनु जरूरी छ ।
शुभ रङ्ग
सेतो, गुलाबी, निलो, र पहेँलो शुभ रङ्ग हो ।
शुभ अङ्क
२, ४, ६ र ७ शुभ अङ्क हो ।
दर्शन/पूजा/उपाय
प्रत्येक शनिवार दुर्गाजीको दर्शन, पूजा र उपासना
गर्नाले ग्रह पीडा कम भई शुभ फल मिल्नेछ । बिहीवार पहेँलो पहिरनले बढी राम्रो
हुन्छ । बृहस्पति, शनि र केतुको ग्रह शान्ति गर्दा राम्रो हुनेछ । आफ्नो जन्म
दिनमा अशक्तलाई साथ, सहयोग सहित भोजन गराउनाले ग्रह पीडा कम भई अधिक शुभ फल मिल्नेछ
। प्रत्येक दिन आफ्नो इष्ट देवताको स्मरण गरि गरेको कार्यबाट अधिक सफलता मिल्नेछ ।
मिथुन
राशि हुनेहरूका लागि २०८० साल सुखदायी नै रहनेछ, बृहस्पति र राहुको कारणले शुभ
फल दिनेछ । वर्ष भरीनै शनिको कारणले भौतिक सुख मिल्ने र वैदेशिक कार्य राम्रो
हुनेछ, तर
स्वदेशको कमाईले व्यवहार धान्न गारो पर्ला । केतुको कारणले सन्तान सुख नमिल्ने, गरेको कार्यमा ढिलासुस्ती हुने, चोटपटकको भय रहने, विद्या र बुद्धि पनि ह्रास
आउनसक्छ ।
व्यापार/व्यवसाय
यो वर्ष
आर्थिक पक्ष राम्रै रहने देखिन्छ । पर्यटन, मनोरञ्जन र प्राविधिक कारोबार
फस्टाउनेछ । सेयर बजारको कारोबार भने त्यति राम्रो हुन्न, तर मेसिनरी, निर्माण र खाद्यान्नको
व्यवसायबाट भने राम्रो हुनसक्छ । पुरानो ऋण तिर्न सकिनेछ, तर आय भन्दा व्यय बढ्नसक्छ ।
आर्थिक दृष्टिले बैशाख, साउन, मंसिर र चैत महिना राम्रो छ ।
प्रेम/सम्बन्ध
सबैसँगको
सम्बन्ध सामान्य नै रहनेछ । पतिपत्नी या प्रेमी प्रेमिकाका बिच समझदारी बढ्ने र
सम्बन्ध अझै प्रगाढ हुनेछ । कसैकसैले प्रेम सम्बन्धलाई विवाहमा परिणत गर्न सक्छन्
। वर्षको उत्तरार्धमा नयाँ प्रेम प्रसङ्गमा नपरेकै राम्रो हुनेछ, अत: विवाद बढ्न सक्छ र आफ्नो
कार्य क्षेत्रका सहकर्मीसँग भने मनमुटाव पनि बढ्नसक्छ । शत्रु पनि हावी हुनसक्छन्
।
शिक्षा
यो वर्ष
पठनपाठनमा सफलता मिल्ने देखिन्छ । विशेषगरि स्वास्थ्य, डिजाइन, साहित्य र मनोरञ्जन विषयका
विद्यार्थीहरूले उत्कृष्ट नतिजा पाउनेछन् । रोकिएका अधुरा विषयमा पनि उत्तीर्ण हुन
सकिनेछ । वैदेशिक विद्यार्थीहरूले भने अलि बढी मिहिनेत र संघर्ष गर्नु पर्ला ।
शैक्षिक क्षेत्रबाट जेठ, असोज र
चैत्र महिनामा अधिक सफलता मिल्नेछ ।
पेशा/रोजगार
यो वर्ष
वैदेशिक व्यापार व्यवसाय घट्ने र आर्थिक क्षति हुनसक्छ अत: कटाई लगानी गर्नु पूर्व
विचार निकै पुर्याउनु पर्छ । कडा मिहिनेत गरे पद र प्रतिष्ठा भने पाइने र
प्रतिस्पर्धीहरूलाई किनारा लगाउँदै नतिजा आफ्नो पक्षमा ल्याउन सकिनेछ । हार्डवेयर, जग्गाजमिन र दलाली पेशामा आवद्ध
व्यक्तिहरूको बढी लाभ हुनेछ ।
स्वास्थ्य
यो वर्ष
वायुविकार, हड्डी र
नशाको समस्या बढ्न सक्छ, अत: आहार
विहार र स्वास्थ्यप्रति सजग रहनु होला । छाला तथा प्रजनन समस्या भने समाधान हुनेछ
।
शुभ रङ्ग
हरियो, रातो, गुलाबी र सेतो शुभ रङ्ग हो ।
शुभ अङ्क
१, ३, ६ र ९ शुभ अङ्क हो ।
दर्शन/पूजा/उपाय
ग्रह
पीडाबाट बच्न नवग्रहको शान्ति गर्दा राम्रो हुनेछ । भगवान शिवजी र भैरवजीको दर्शन, पूजा, आरधना, पाठ र जप गर्नाले राम्रो हुनेछ
। सत् मार्गमा हिड्ने र सत्य बोल्नेलाई भगवानको आशीर्वाद प्राप्त भई भाग्यमा
वृद्धि हुनेछ ।
कर्कट राशिका जातकहरूका लागि यो वर्ष मध्यम
नै रहनेछ । वर्षभरी शनिग्रहको अढ़ैयाले सकारात्मक फल नदेला । बृहस्पति, शनि, राहु र केतुले अशुभ
स्थानमा गोचर गर्नाले पनि राम्रो फल नदेला, आर्थिक उतारचढाव गराउने र नजिकका
व्यक्तिसँग वादविवाद तथा दूरी बढाउन सक्छ । जन्म कुण्डलीमा बृहस्पति र शनि राम्रो
अवस्थामा भए शुभ फल दिनेछ । वर्षको मध्यमा समय राम्रै भएपनि अनेकौं तर्क र खुलदुली
उत्पन्न हुनेछ र ठोस निर्णय लिन नसकिएला ।
व्यापार/व्यवसाय
व्यापारीका दृष्टिले यो वर्ष सामान्य नै
रहने छ अत: बुद्धिले काम गर्दा फाइदा मिल्नेछ । आस मारिसकेको र रोकिएका धन हात
पर्न सक्छ । धनार्जनका स्रोत बढेर जानेछ । तरल पदार्थ, घरजग्गा, शृंगार र
सेयरबजारबाट राम्रो सफलता मिल्नेछ । वर्षको उत्तरार्धमा दलाली र खाद्यान्नको
कारोबारमा भने मन्दी आउनेछ । आर्थिक दृष्टिले वैशाख, साउन, असोज र माघ महिना लाभदायक रहनेछ ।
प्रेम/सम्बन्ध
यो वर्षको ग्रह गोचर हेर्दा तपाईंको प्रेम
प्रसङ्गका लागि मध्यम नै रहनेछ । पुराना प्रेमी जोडीहरूको सम्बन्ध सुमधुर हुँदै
पारिवारिक समर्थन मिल्नेछ । नयाँ प्रेम सम्बन्ध भने नजोडेकै राम्रो हुनेछ, तर पुराना सम्बन्ध र
टाढिएका व्यक्ति नजिकै हुनसक्छन् ।
शिक्षा
यो वर्ष कर्कट राशिका जातकलाई अध्ययन
अध्यापनको क्षेत्रमा सुधार आउनेछ र मिहिनेत गरे अनुसार सफलता मिल्नेछ । पुराना र
नयाँ रिजल्ट राम्रै हुन सक्नेछ । डिजाइन, भाषा, प्राविधिक तथा व्यवस्थापन विषयका
विद्यार्थीहरूलाई अधिक सफलता मिल्नेछ । विदेश गएका विद्यार्थीहरूलाई पनि राम्रै
हुनेछ ।
पेशा/रोजगार
यो वर्ष आफ्नो पेशा वा कार्य क्षेत्रमा
झमेला आउन सक्नेछ । साउन महिना पछि नयाँ रोजगारको अवसर आउनेछ । सरकारी
कर्मचारीहरूले बढी सजगता अपनाउनु पर्नेछ । राहु र शनिको नकारात्मक प्रभावले झुटा
आरोप लाग्न सक्नेछ । कानूनी झमेला तथा राजनैतिक क्षेत्रमा पनि विविध समस्या र
संघर्ष खेप्नु पर्ला ।
स्वास्थ्य
प्रजनन, पेट र नसाको समस्या बढ्नाले दीर्घकालीन
औषधी सेवनको सम्भावना पनि रहन्छ । आफन्त र घरपरिवारको स्वास्थ्य उपचारमा खर्च पनि
बढ्नेछ । पाचन प्रणाली र रोग प्रतिरोधात्मक क्षमता कमजोर हुन सक्छ, अत: खानपिनमा
सावधानी अपनाउनु होला ।
शुभ रङ्ग
सेतो, रातो, हरियो र पहेँलो शुभ रङ्ग हो ।
शुभ अङ्क
२, ३, ६ र ७ शुभ अङ्क हो ।
दर्शन/पूजा/उपाय
ग्रह पीडा कमगर्न बृहस्पति, शनि, राहु र केतु सहित
नवग्रह शान्ति र जप गर्दा राम्रो हुनेछ साथै शनिबार हनुमानजीको दर्शन, पूजा र व्रत बस्नाले
पनि राम्रो हुन्छ । जन्मदिन वा शनिबार बरपिपलको वृक्षारोपण गर्दा भाग्यको बढोत्तरी
हुने र गरेको कार्यबाट सफलता मिल्दै जानेछ । आफ्नो जन्म बारमा शाकाहारी खाना खाने
र कुनै शुभ कर्म गर्नपूर्व या यात्रामा जानु अघि हनुमानजीको स्मरण गर्नाले अधिक
राम्रो हुनेछ ।
सिंह
राशि हुनेहरूका लागि यो वर्ष शुभ फल मिल्नेछ । यश, कृति, लाभ, विजय, वाक्सिद्धि र आफन्तको सहयोग
मिल्नेछ । बृहस्पति र केतुको बृहस्पतिको प्रभावले जातकहरूलाई गरेको कार्यबाट सफलता
दिलाउनेछ । शनि र राहुको कारणले भने उल्झन, ढिलासुस्ती, काम बिग्रने र चोटपटकको भय
रहनेछ, तर
जन्मकुण्डलीमा शनि राम्रो अवस्था भए शुभ फल मिल्ने, विद्या र बुद्धिको विकास हुने र
चमत्कारी ढङ्गले सफलताहरू पाइनेछ ।
व्यापार/व्यवसाय
यो वर्ष
व्यापार व्यवसायबाट राम्रो सफलता मिल्नेछ । शिक्षा, सजावटी, पर्यटन, जग्गा जमिन र मोटरगाडीबाट
चमत्कारी लाभ मिल्नेछ । सेयर बजार अन्तर्गत बिमा क्षेत्रबाट राम्रो आम्दानी हुनेछ
। अन्य व्यापार व्यवसाय भने सामान्य नै रहने छ । आर्थिक दृष्टिले जेठ, असार, मंसिर र माघ महिनामा बढी लाभ
हुनेछ ।
प्रेम/सम्बन्ध
प्रेम र
मित्रताको बन्धनमा र दाम्पत्य जीवनमा विश्वासको कमी हुनसक्छ, अत: पूरा कुरा बुझेर मात्र अघि
बढ्नु होला । सिंह राशिका जातकहरूले वाणीमा लगाम लगाउन आवश्यक देखिन्छ, अन्यथा जुनसुकै सम्बन्ध पनि
बिग्रन सक्छ या शनि र राहुको कारणले भने नजिकैका व्यक्तिहरूसँग असमझदारी बढ्नसक्छ
।
शिक्षा
सामाजिक
र विज्ञान विषयका विद्यार्थीहरूलाई बढी सफलता मिल्नेछ । इन्जिनियर र स्वास्थ्य
विषय तथा शिक्षाको लागि वैदेशिक क्षेत्रमा रहेका विद्यार्थीहरूलाई भने यो वर्ष
त्यति राम्रो देखिन्न, अत:
शिक्षामा सफलता पाउन बढी मिहिनेत गर्नु पर्नेछ ।
पेशा/रोजगार
यो वर्ष
सरुवा र बढुवाको योग बनेको छ । नयाँ कार्यको थालनी हुने र लगानी गरेको ठाउँबाट
राम्रो सफलता पाइनेछ । वैदेशिक रोजगार भने सामान्य नै रहनेछ । पहिरन, सञ्चार, विलासिता तथा मनोरञ्जन पेशामा
आवद्ध व्यक्तिहरूलाई भने बढी सफलता मिल्नेछ । तरल पदार्थ र पर्यटनको क्षेत्रमा
गरेको लगानीले भने लाभ नहोला ।
स्वास्थ्य
यो वर्ष
स्वास्थ्यमा उतार चढाव आउन सक्छ । चोटपटकको भए रहनेछ । नयाँ रोग देखा पर्नाले
अस्पतालको यात्रा गर्नु पर्ला, अत: खानपिनमा सावधानी र नियमित व्यायाम गर्नु बुद्धिमानी
हुनेछ । पेट र प्रजननमा पनि सामान्य समस्या बढ्न सक्छ ।
शुभ रङ्ग
गुलाबी, निलो, रातो, पहेँलो र खैरो शुभ रङ्ग हो ।
शुभ अङ्क
१, ३, ५, र ९ शुभ अङ्क हो ।
दर्शन/पूजा/उपाय
प्रत्येक
शनिबार हनुमान चालीसाको पाठ, भैरवजीको दर्शन, पूजा र उपासना गर्नाले ग्रह
पीडा कम भई समृद्धि मिल्नेछ । असहायलाई खुसी पार्नसके आकस्मिक सफलताहरू मिल्नेछन्
। आफ्नो जन्मवार शाकाहारी भोजन र रोगीहरूको उपकार गर्नाले पनि सफलता मिल्नेछ ।
आफ्नो सत्कर्म गर्ने र सत्य बोल्दिनाले पनि ग्रह पीडा कम हुने र भाग्यमा वृद्धि
हुनेछ ।
कन्या
राशि हुनेहरूका लागि २०८० साल राम्रो रहनेछ । शनिको अवस्था राम्रो भएकाले शुभ फल
मिल्ने, पद
प्रतिष्ठा र आर्थिक पक्ष राम्रो हुनेछ, गुरु, राहु र केतुको कारणले गर्दा दुख, कष्ट भोग्नुपर्ने, मानसिक चिन्ता, इज्जत र प्रतिष्ठामा समेत ह्रास
आउनसक्छ, तर
राम्रो कर्म गरे अनावश्यक शुभ फल पाइनेछ । मंसिर महिनबाट शुभ फल मिल्ने र आकस्मिक
लाभ, सन्तान
सुख, घरमा
शुभकार्य हुने र धार्मिक यात्रा समेत हुनेछ ।
व्यापार/व्यवसाय
कन्या
राशिको लागि यो वर्ष धन लाभ हुने नै छ तर सामान हराउने वा फस्न सक्छ भने कृषि, सेयरबजार, घरजग्गा, शिक्षाक्षेत्र तथा पर्यटन
क्षेत्रमा गरिएको लगानी मौलाउनेछ भने धातु र खाद्यान्नमा गरेको लगानीबाट त्यति
राम्रै प्रतिफल पाइनेछैन । आर्थिक दृष्टिले असार, भाद्र, मंसिर र फागुन महिना शुभ रहनेछ
।
प्रेम/सम्बन्ध
बृहस्पति, राहु र केतुको कारणले प्रेम
सम्बन्ध र दाम्पत्य जीवनमा मतभेद र विश्वासमा कमी देखिनसक्छ । पैसाको कारणले आफन्त
र नजिकका व्यक्तिबाट टाढिनु पर्ला । वर्षको सुरुमा भने प्रेम सम्बन्ध सुमधुर भएपनि
मङ्सिरबाट त्यति राम्रो नहोला । सन्तानको रहर गर्नेहरूको लागि भने जन्म कुण्डलीमा
गुरु, राहु र केतुको
अवस्था ठीक भएमा सन्तान सुख मिल्ने सम्भावना भने रहेको छ ।
शिक्षा
यो वर्ष
अध्ययन अध्यापनमा सामान्य नै रहनेछ । बृहस्पति, राहु तथा केतुले गर्दा कतै नाम
निकाल्न गारो पर्नेछ । व्याक लागेका विद्यार्थीहरूले सम्बन्धित विषयमा उत्तीर्ण
गर्न पनि समस्या आउला । शोध र टेक्निकल क्षेत्रका विद्यार्थीहरूलाई विशेष सफलता
मिल्नेछ । पढाईको सिलसिलामा विदेश जानेले भने राम्रो सफलता पाउनेछन् ।
पेशा/रोजगार
यसपालि
आफ्नो पेशा वा रोजगारमा अनावश्यक अपजस आउनसक्छ । मिहिनेत अनुसारको फल, नयाँ लगानी, जागिर वा रोजगारले खासै राम्रो
फल नमिल्ला । गुरु, राहु र
केतुको कारणले विद्या र बुद्धिमा केही कमजोरी आउन सक्छ । वैदेशिक रोजगारमा
रहेकाहरूलाई भने यो वर्ष सफलता मिल्नेछ । जागिरेलाई सरुवा र बढुवाको सम्भावना पनि
प्रबल छ ।
स्वास्थ्य
यो वर्ष
चोटपटकको भय रहेको छ, हात
गोडामा चोट लाग्न सक्छ, अत: सवारीसाधन
चलाउँदा सावधानी अपनाउनु पर्नेछ । पेट, टाउको तथा ग्यास्टिक रोगले
सताउन सक्छ र घर परिवारको औषध उपचारमा पनि खर्च बढ्नेछ । आहार विहारमा गर्दा बढी
सतर्कता अपनाउन आवश्यक छ ।
शुभ रङ्ग
निलो, रातो, पहेँलो, खैरो र हरियो शुभ रङ्ग हो ।
शुभ अङ्क
२, ३, ६, ७ र ९ शुभ अङ्क हो ।
दर्शन/पूजा
प्रत्येक
सोमबार शिव भगवानको दर्शन, पूजा, जप, पाठ र उपासना गर्नाले ग्रहपीडा
कम हुनेछ र भाग्यमा वृद्धि हुनेछ । प्रत्येक दिन मातापिता तथा पितृ देवताको
आशीर्वाद लिनाले अधिक सफलता मिल्नेछ । गुरु, राहु र केतुको ग्रह शान्ति
गर्दा राम्रो होला भने वर पिपल या अन्य वनस्पतिहरूको वृक्षारोपण गर्नाले पनि
ग्रहबाधा कम हुने र भाग्यमा वृद्धि हुनेछ ।
२०८० साल तुला राशि भएका व्यक्तिहरूलाई यो
वर्ष राम्रो रहनेछ । शुभ र मङ्गल कार्यको योग छ । देवगुरु बृहस्पति र राहुको
गोचरले राम्रो फल दिनेछ । आँटेको र ताकेको कार्य पूरा हुन सक्नेछ । नयाँ कार्यको
थालनी र जागिर पाइने योग छ, तर केतुको नकारात्मक प्रभावले वादविवाद, डर र चिन्ता बढ्न
सक्छ । यदि जन्म कुण्डलीमा शुभ ग्रहको अवस्था र ग्रहदशा राम्रो रहेमा शुभ फल
पाइनेछ ।
व्यापार/व्यवसाय
यो वर्ष तुला राशिका जातकहरूलाई व्यापार /
व्यवसायबाट लाभ नै मिल्नेछ । नयाँ ठाउँमा लगानीको अवसर मिल्नेछ । स्वास्थ्य, प्राविधिक तथा
पहिरनको क्षेत्रमा गरिएको लगानी फस्टाएर जानेछ । सेयर बजार अन्तर्गत बिमा क्षेत्र
बढी राम्रो रहला । शनि र केतुको कारणले भने शत्रु बढ्ने, मनमा डर र भय भने
रहनेछ । यदि जन्म कुण्डलीमा शनि ग्रह स्वगृही या उच्च छ भने शनिको कृपाले निर्माण, धातु, मेसिनरी, इलेक्ट्रोनिक र
टेक्नोलोजी क्षेत्रबाट शुभ फल मिल्नेछ । आर्थिक दृष्टिले वैशाख, साउन, भाद्र, र चैत्र महिना शुभ
रहनेछ ।
प्रेम/सम्बन्ध
यसपालि नयाँ सम्बन्ध जोडिन सक्छ । प्रेम र
मित्रताको बन्धमा बढेर जानेछ । व्यापारिक र अन्य सम्बन्ध यथावत नै रहनेछ । पुराना
प्रेम सम्बन्धलाई विवाहमा परिणत पनि गर्न सकिनेछ, तर आफ्नो जन्मकुण्डलीमा सप्तम भावको अवस्था
कमजोर भएमा शुभ फल नमिल्ला । कात्तिकबाट भने पुरानो र नयाँ सम्बन्धमा मनमुटाव आउन
सक्छ ।
शिक्षा
अध्ययन र अध्यापनमा सामान्य नै रहनेछ ।
मिहिनेत गरे अनुसार विद्या र बुद्धिको विकास नहुन सक्छ । विदेशिएका
विद्यार्थीहरूले भने स्वदेश भन्दा बढी सफलता हासिल गर्नेछन् । भाषा, प्राविधिक, विज्ञान र स्वास्थ्य
क्षेत्रका शिक्षार्थीहरूलाई बढी सफलता मिल्नेछ ।
पेशा/रोजगार
यो वर्ष नयाँ रोजगार पाइने र सरुवा र
बढुवाको योग रहेको छ । सरकारी पद र ठूला सङ्घ संस्थामा आवद्ध पनि हुन सकिनेछ ।
रोकिएका वैदेशिक क्षेत्रका कामहरू सहजै अघि बढ्नेछ । शनि कमजोर रहनाले वादविवादमा
नपरेकै जति हुनेछ, अन्यथा खर्च बढ्ने, दुख पाइने र अपजस खेप्नु पर्ला साथै
विपक्षी भने बढ्न सक्नेछन् ।
स्वास्थ्य
यो वर्ष सामान्य नै रहनेछ । कुनै कुराले
मानसिक चिन्ता र समस्या बढ्न सक्छ । प्रजनन समस्या र शीर्ष पीडाको भय भने रहनेछ ।
रक्त सञ्चारको समस्या पनि बढ्न सक्छ त्यसैले स्वस्थको विशेष ध्यान दिनु होला ।
कात्तिक महिनाबाट स्वास्थ्यमा सुधार आउनेछ ।
शुभ रङ्ग
सेतो, रातो, निलो, खैरो र गुलाबी शुभ रङ्ग हो ।
शुभ अङ्क
२, ३, ६, र ७ शुभ अङ्क हो ।
दर्शन/पूजा/उपाय
मंगलबार विघ्नहर्ता गणेशजीको व्रत, दर्शन तथा पूजा
गर्ने, रोगी तथा
अपाङ्गहरूलाई सहयोग गर्ने साथै शनि र केतु ग्रहको शान्ति, जप, पाठ, पूजा र हवन आदि
गराउनाले ग्रह पीडा कम भई अधिक सफलता मिल्नेछ, सत्कर्म गर्नेहरूलाई भने नवग्रहको कृपा
सदैव रहि रहन्छ ।
वृश्चिक राशिलाई यो वर्ष मिश्रित फल नै
मिल्नेछ । केतुको कारणले यश र कृति बढेर जानेछ भने सुख सुविधामा बढोत्तरी हुने योग
पनि बनेको छ । वर्ष भरि नै शनिको अढैया, बृहस्पति र केतुको प्रभावले शुभ फल नमिल्ला
। जन्म कुण्डलीमा बृहस्पति र शनिग्रह बलवान हुने हरूले भने नराम्रा फलको सामना
गर्नु पर्दैन । शनिको अढैया, बृहस्पति र केतुको नकारात्मक प्रभावबाट बच्न उपाय अपनाउँदा
राम्रो होला ।
व्यापार/व्यवसाय
यसवर्ष नयाँ व्यापार व्यवसायमा प्रवेश गर्न
सकिनेछ । शेयर बजारको लगानी पनि निकै राम्रो रहन सक्छ । घरजग्गा र निर्माणको
क्षेत्रमा गरिएको लगानीबाट राम्रो प्रतिफल पाइनेछ । विशेष गरि दलाली, कृषि, शिक्षाक्षेत्र, सूचनाप्रविधि
लगायतका विषयमा लाभ मिल्नेछ, अन्य व्यवसाय भने सामान्य नै रहनेछ । आर्थिक दृष्टिले जेठ, भाद्र, असोज र माघ महिना
बढी राम्रो रहनेछ ।
प्रेम/सम्बन्ध
शनिको अढैया र बृहस्पतिको कारणले आफन्त सँगको
सम्बन्धमा दूरी बढ्नेछ । आफन्त सँगको आर्थिक लेनदेनको कारणले सम्बन्धमा पनि
चिसोपना आउन सक्छ । सबैसँगको सम्बन्ध कायम राख्न सहनशीलता हुन आवश्यक रहन्छ, नत्र चाँडो निर्णय
लिने र फुर्सदमा पछुताउनु पर्ला ।
शिक्षा
यो वर्षको ग्रह गोचर हेर्दा
विद्यार्थीहरूले मिहिनेत गरे अनुसार परीक्षामा राम्रै अङ्क हासिल गर्न गाह्रै
पर्ने देखिन्छ । सामाजिक, अनुसन्धान र अध्यात्म क्षेत्रका विद्यार्थीले उच्च सफलता
पाउनेछन् । विज्ञान र व्यवस्थापन विषय भने कमजोर रहन सक्छ ।
पेशा/रोजगार
यो वर्ष आफ्नो पेशा व रोजगारीको क्रममा घर
परिवारबाट टाढा हुनु पर्ने बाध्यता आउनसक्छ । धेरै मिहिनेत र सङ्घर्ष गर्नु परे
पनि नयाँ रोजगार पाइने र वैदेशिक क्षेत्रबाट पूर्ण सफलता मिल्नेछ । सरकारी जागिर
खान खोज्ने हरूको लागि भने बढी मेहनेत गर्नु पर्नेछ । आफ्नो कार्य क्षेत्रमा
अप्रत्याशित सफलता मिल्न सक्छ भने कृषि, पशुपक्षी र सुरक्षा क्षेत्रमा आवद्ध
जातकहरूलाई अधिक सफलता मिल्नेछ ।
स्वास्थ्य
यो वर्ष स्वास्थ्यमा समस्या बढ्न सक्नेछ ।
आफ्नै सानो हेलचेक्र्याइँका कारणले ठुलो नोक्सानी बेहोर्नु पर्ला । पेट र हड्डीमा
समस्या देखिन सक्छ, तर नियमित खानपिन, व्यायाम र योग गर्नाले पुराना रोगहरू
विस्तारै सुधार उन्मुख हुनेछन् ।
शुभ रङ्ग
सेतो, रातो, खैरो र घ्यू रङ्ग शुभ रङ्ग हो ।
शुभ अङ्क
१, ४, ६, र ७ शुभ अङ्क हो ।
दर्शन/पूजा/उपाय
वर्ष भरि नै शनिको अढैया, बृहस्पति र केतुको
नराम्रो प्रभाव र अन्य ग्रह पीडाबाट बच्न र शुभ फल प्राप्त गर्न मंगलबार गणेशजीको
दर्शन / पूजा गरे चाँडै सफलता पाइनेछ । ग्रहको शान्ति, जप, पाठ, पूजा र हवन आदि
गराउनाले ग्रह पीडा कम भई लाभ हुनेछ । आस्थावान, सत्य बोल्ने र सत्कर्म गर्नेहरूलाई भने
नवग्रहको कृपा सदैव रहि रहन्छ । वयोवृद्ध र असहायलाई सहायता गर्नाले ग्रह पीडा कम
भई भाग्यमा वृद्धि हुनेछ । कुनै शुभ कर्म गर्नु पूर्व या यात्रामा जानु अघि
विघ्नहर्ता गणेश भगवानको स्मरण गर्नाले राम्रो हुनेछ ।
२०८० सालमा धनु राशि हुनेहरूका लागि शुभ र
सुखदायी रहनेछ । अधुरो कार्यले पूर्णता पाउनेछ । आँटेको र ताकेको काम पूरा
हुनसक्नेछ । शनि र बृहस्पतिको अनुकूलताले वर्ष भरिनै भाग्यमा वृद्धि हुनेछ । कसै
कसैका लागि सन्तान सुख मिल्नेछ । घरमा शुभकार्यको र धार्मिक यात्राको योग पनि
रहनेछ । व्यवसायीक सन्दर्भमा नयाँ व्यक्ति र नयाँ कम्पनीसँग आवद्ध भइनेछ । वैदेशिक
यात्रा तय हुनेछ, तर विश्वासिलो व्यक्तिसँगको सम्बन्धमा नचाहँदा नचाहँदै चिसोपना
आउनसक्छ ।
व्यापार/व्यवसाय
यो वर्ष व्यापार व्यवसायमा लगानी गर्नु
फलदायी नै रहने छ । घरजग्गा, प्रविधि, शैक्षिक क्षेत्र र शेयर कारोबार राम्रो रहनेछ । खाद्यान्नमा
गरेको लगानीले भने त्यति राम्रो नरहन सक्छ । आर्थिक दृष्टिले जेठ, असोज र कात्तिक
महिना बलियो रहनेछ भने असार र माघ महिना कमजोर रहनेछ ।
प्रेम/सम्बन्ध
यो वर्ष धनु राशिका जातकहरू यदि प्रेममा
परेका छन् भने आफ्नो सम्बन्धलाई विवाहमा परिणत गर्न सक्ने र घर परिवारको समर्थन पनि
पाउन सक्छन् । साउन र माघ महिनामा तपाईंलाई कसैले मन पराउन सक्छन् र टाढिएका
मित्रसँग पुन: सम्बन्ध गाँसिन सक्छ । घरपरिवारसँग सम्बन्ध भने त्यति राम्रो नहोला
।
शिक्षा
यो वर्ष अध्ययन र अध्यापनको लागि राम्रो
रहेको छ । अड्कीएका विषय उत्तीर्ण गर्न सकिनेछ । वैदेशिक क्षेत्रका
शिक्षार्थीहरूलाई पनि राम्रै सफलता मिल्नेछ । व्यवस्थापन, कलाकारिता र
इन्जिनियरिङका शिक्षार्थीहरूलाई अधिक राम्रो हुने । शिक्षाको लागि देश विदेशको
यात्रा पनि तय हुनेछन् ।
पेशा/रोजगार
प्राविधिक, घरजग्गा, स्वास्थ्य, र निर्माणका विषयमा आवद्ध व्यक्तिहरूलाई
राम्रो लाभ मिल्नेछ । सामाजिक क्षेत्रमा काम गर्नेहरूले राज्यबाट मान सम्मान
पाउनेछन् । वैदेशिक जागिर, सञ्चार, शिक्षक तथा सुरक्षा निकायका कर्मचारीहरूलाई सरुवा र बढुवा
हुनसक्छ । पुँजी बजार, खाद्यान्न र दलाली भने कमजोर हुनसक्छ ।
स्वास्थ्य
स्वास्थ्य सामान्य नै रहनेछ । आफ्नो तथा
घरपरिवारको औषध उपचारमा खर्च बढ्नसक्छ । शीर्षपीडा तथा हड्डीको समस्या पनि बढ्ला, अत: आफ्नो
स्वास्थ्यप्रति सतर्कता अपनाउनु उचित हुनेछ ।
शुभ रङ्ग
आकाशे, गुलाबी, पहेँलो र निलो शुभ रङ्ग हो ।
शुभ अङ्क
२, ४, ७, र ९ शुभ अङ्क हो ।
दर्शन/पूजा/उपाय
सोमबार शिवजीको दर्शन, पूजा र आरधना
गर्नाले ग्रह पीडा कम हुनेछ । गौ सेवा या वृद्धहरूलाई सहयोग गर्नाले मानसिक शान्ति
मिल्नेछ । प्रत्येक दिन निमुखा प्राणी तथा चराचुरुङ्गीलाई खानेकुरा दिनाले पनि
भाग्यमा वृद्धि हुनेछ ।
मकर राशि
भएका व्यक्तिहरूका लागि यो वर्ष माध्यम फलदायी नै रहनेछ । राहु शुभ रहनाले
आरोग्यता मिल्ने र रोकिएको धन हात पर्नेछ, तर कमजोर बृहस्पति र शनिको
अन्त्य साढेसातिले गर्दा झुटा आरोप लाग्ने, धनमालको क्षति हुने, शत्रु बढ्ने र स्वास्थ्यमा समस्याहरू
आउन सक्ने देखिन्छ । यदि जन्म जन्म कुण्डलीमा बृहस्पति र शनिग्रह शुभ र बलवान हुने
हरूले भने नराम्रा फलको सामना गर्नु पर्दैन । वर्षको अन्त्य तिर अधुरा कामहरू पूरा
हुन सक्छ ।
व्यापार/व्यवसाय
यो वर्ष
व्यापार तथा व्यवसायबाट अपेक्षित लाभ लिन सकिएला । वैदेशिक व्यापार/व्यवसाय राम्रो
भएर जानेछ । घरजग्गाको कारोबारबाट फाइदा मिल्नेछ भने वर्षको उत्तरार्धमा कृषि, पशु र पर्यटकीय क्षेत्रको लगानी
फलदायक हुनेछ । सेयरबजारमा लगानी गर्नेहरू भने सचेत रहनुपर्छ । वैशाख र भाद्र
महिनामा धनमाल हराउन सक्छ सजग रहनु होला । आर्थिक दृष्टिकोणले असार, असोज, र मंसिर महिना शुभ रहनेछन् ।
प्रेम/सम्बन्ध
यो वर्ष
नयाँ व्यक्तिहरू सँगको सम्बन्धमा सफलता मिल्नेछ । प्रेम सम्बन्धलाई अगाडि बढाउनु
राम्रै हुनेछ । असोज महिनामा नयाँ व्यक्तिसँग नयाँ सम्बन्धको सुरुवात हुन सक्छ ।
साउन र माघ महिनामा प्रेमी र प्रेमिकाका घर परिवारबाट केही अप्ठ्यारा परिस्थितिहरू
पनि सिर्जना हुनसक्छ । आफन्त, दाजुभाइ तथा घरपरिवारसँगको विवाद भने समाप्त हुनेछ ।
शिक्षा
यो वर्ष
शैक्षिक क्षेत्रमा सामान्य सफलता मिल्नेछ । वर्षको सुरुमा शिक्षाक्षेत्र त्यति
राम्रो नरहे पनि साउनबाट भने राम्रै रहन सक्छ । स्वास्थ्य, आई. टी. र वाणिज्य विषयका
विद्यार्थीहरूलाई विशेष लाभ मिल्नेछ । व्यवस्थापन र भाषाका शिक्षार्थीहरूलाई भने
यो वर्ष कमजोर सावित हुनसक्छ । शैक्षिक क्षेत्रबाट भाद्र र फागुन महिनामा अधिक
सफलता मिल्नेछ ।
पेशा/रोजगार
यो वर्ष
विशेष गरि वैदेशिक क्षेत्रका काम बन्ने र नयाँ रोजगारीको राम्रो अवसर मिल्नेछ ।
निजी क्षेत्रका कर्मचारीको जागिरमा बढोत्तरी तथा पदोन्नति हुने योग छ । सञ्चार, चालक र सौन्दर्य पेशामा आवद्ध
व्यक्तिहरूलाई अधिक सफलता मिल्नेछ । शेयर बजार र संयुक्तरुपमा गरिएको लगानी भने
फलदायी नहुन सक्छ ।
स्वास्थ्य
यो वर्ष
शनिको अन्त्य साढेसातिले गर्दा यात्रा गर्दा वा गाडी चलाउँदा चोटपटकको भय छ ।
स्वास्थ्यमा नयाँ समस्या बढ्न सक्नेछ । खानपिनमा पनि विचार पुर्याउनु आवश्यक छ ।
शरीरले दु:ख पाउने र घर परिवारको स्वास्थ्यमा थप खर्च बढ्नेछ । त्यसैले सबैको
स्वास्थ्य प्रति सचेत रहनु होला ।
शुभ रङ्ग
निलो, सेतो, खरानी, र हरियो शुभ रङ्ग हो ।
शुभ अङ्क
१, २, ६ र ८ शुभ अङ्क हो ।
दर्शन/पूजा/उपाय
बृहस्पति
र शनिको नकारात्मक प्रभावबाट बच्न प्रत्येक शनिबार पिपलको बोटमा जल चडाउने, दुर्गाजीको दर्शन, पूजा र उपासना गर्नाले साथै
बृहस्पति र शनिको ग्रहपूजा, जप र हवन
गराउनाले ग्रह पीडा कम हुने र भाग्यमा वृद्धि हुनेछ । पद र प्रतिष्ठा प्राप्तिका
लागि दैनिक रोगीलाई सेवा गर्नाले राम्रो हुनेछ । जन्म दिनमा पिपलको वृक्षारोपण
गर्नाले पनि ग्रह वाधा कम हुनेछ । प्रत्येक दिन गुरु तथा माता पिताको आशीर्वाद लिई
सत्य बोल्दिनाले पनि चाँडै सफलता अवश्य पाइनेछ ।
कुम्भ राशिका जातकका लागि समग्रमा २०८० साल
शुभ त्यति खास नरहला । शनि, बृहस्पति, राहु र केतुको प्रभावले वर्षभरी नै तपाईँलाई कमजोर बनाउन सक्छ, कार्यमा ढिलासुस्ती, आर्थिक नोक्सानी
जस्ता फल भोग्नु पर्ला, तर यदि जन्मकुण्डलीमा यी ग्रहहरूको अवस्था राम्रो भएमा नराम्रा
फलको सामना गर्नु पर्दैन र भाग्यमा वृद्धि हुनेछ । आँटेको र गरेको कार्यबाट सफलता
मिल्नेछ । नसोचेको ठाउँबाट चमत्कारी लाभ पनि मिल्नसक्छ ।
व्यापार/व्यवसाय
यो वर्ष आर्थिक समस्या बढ्न सक्ने देखिन्छ
। खाद्यान्न, निर्माण, दलाली र तरल पदार्थमा गरेको लगानीबाट राम्रो प्रतिफल पाइनेछ ।
सेयरबजार र धातु जन्य सामानको व्यवसायबाट नोक्सानी हुन सक्छ । शैक्षिक क्षेत्र, वैदेशिक लगानी र
वित्तीय संस्थामा गरेको लगानीबाट राम्रो फल नमिल्ला । आर्थिक दृष्टिले जेठ र
कात्तिक महिनामा धन हानी हुनेछ भने वैशाख, साउन, पुष र फागुन महिनामा अधिक लाभ मिल्नेछ ।
प्रेम/सम्बन्ध
यो वर्ष प्रेम प्रसङ्गका लागि सामान्य
रहेको छ अतः प्रेममा सफलता प्राप्त गर्न धैर्य र सत्यताको आवश्यक पर्दछ । कसै
कसैको जन्मकुण्डलीमा गण गुण राम्रो हुन गाएमा प्रेम सम्बन्धलाई विवाहमा परिणत गर्न
सकिन्छ ।
शिक्षा
यो वर्ष विद्यामा ह्रास आउनसक्छ । स्वदेश
तथा विदेश टाढिएर पढ्न गएका विद्यार्थीहरूलाई शैक्षिक क्षेत्रबाट मिहिनेत अनुसार
सफलता नमिल्ला, तर भाषा र गणित विषयका विद्यार्थीहरूलाई विशेष सफलता मिल्नेछ ।
असार र भाद्र महिनामा राम्रो परिणाम आउनसक्छ ।
पेशा/रोजगार
दबाब र तनाव बढे पनि नयाँ जागिरको अवसर
मिल्नेछ र वैदेशिक रोजगारको सम्भावना पनि रहेको छ । पर्यटन र प्राविधिक क्षेत्रका
पेशाकर्मीहरूले राम्रो सफलता हात पर्नेछ । राजनैतिक र सामाजिक क्षेत्रबाट पनि
ख्याति कमाउन सकिनेछ, तर कार्य क्षेत्रमा शत्रुबाधा हुनसक्छ ।
स्वास्थ्य
यो वर्ष स्वास्थ्यमा नयाँ समस्या आउन
सक्नेछ । रक्तसञ्चार, नसा, टाउको र आँखाको समस्या पनि बढ्नसक्छ । परिवारको स्वास्थ्यमा धन
खर्च बढ्नसक्छ, मानसिक चिन्ताबाट बच्न उचित परामर्श र आहार बिहार प्रति सजगता
अपनाउनु पर्नेछ ।
शुभ रङ्ग
सुन्तला रङ्ग, रातो, खैरो, सेतो र पर्पल शुभ
रङ्ग हो ।
शुभ अङ्क
१, २, ३, ७ र ८ शुभ अङ्क हो ।
दर्शन/पूजा/उपाय
प्रत्येक विहीबार लक्ष्मीनारायणको दर्शन
पूजा, आराधना एवं पूजा
गर्नाले ग्रह पीडा कम भई शुभ फल मिल्नेछ । विपन्न वर्गका विद्यार्थीहरूलाई सहयोग
गर्ने, खानेकुरा दिने र
मान्यजनको आशीर्वाद लिनाले पनि राम्रो हुनेछ । कुनै शुभ कर्म गर्नपूर्व या
यात्रामा जानु अघि आफ्नो पितृदेवको आशीर्वाद लिई गरेको कार्यबाट अधिक सफलता
मिल्नेछ ।
मीन राशि हुनेहरूका लागि यो वर्ष मध्यम नै
रहने देखिन्छ । बृहस्पतिको गोचरले कीर्ति बढेर जाने, धनलाभ हुने र बेलाबेलामा सुखको अनुभूति
मिल्नेछ । वर्षको पूर्वार्धमा राहु, केतु र शनिको कारणले धनहानि हुनसक्छ ।
शनिको आद्य साढेसातिले गर्दा झुटा आरोप लाग्ने, चिन्ता, हानी, वाधा, नोक्सानी र कार्यसम्पादनमा उल्झन, बेलाबेलामा मनमा
दुबिधा हुनेछ, तर घरपरिवारमा माङ्गलिक कार्य आयोजना हुनेछ, अत: मिश्रित फल
पाइनेछ ।
व्यापार/व्यवसाय
यो वर्ष आर्थिक स्तर पनि मिश्रित रहनेछ ।
मदिरा, प्रेस, तथा स्वास्थ्य व्यवसायीलाई
राम्रो फाइदा हुनेछ । घरजग्गा, गाडी तथा मेटलका व्यवसायमा भने उल्झन र नोक्सानी हुनसक्छ ।
लगानी गरेको ठाउँबाट लाभ भए पनि आय भन्दा व्यय बढ्नेछ । सञ्चित धनको पनि नास
हुनसक्छ । शेयर बजार सुझबुझ र अनुभवमा भर पर्ने हुन्छ । आर्थिक दृष्टिले जेठ, भाद्र र पुष महिना
राम्रो हुनेछ ।
प्रेम/सम्बन्ध
यो वर्ष नयाँ प्रेम सम्बन्ध जोडेकै राम्रो
रहनेछ । पुराना प्रेम र मित्रताको बन्धनले भने प्रेम सम्बन्धलाई विवाहमा परिणत
समेत गर्न सकिनेछ, तर जन्मकुण्डलीमा सप्तमेस कमजोर हुनेहरूलाई विवाद बढ्नसक्छ र
नजिकैका व्यक्तिसँग मतभेद पनि बढ्नसक्छ ।
शिक्षा
यो वर्ष अध्ययन अध्यापनबाट सफलता मिल्नेछ ।
वर्षको मध्यबाट शैक्षिक क्षेत्र कमजोर रहन सक्छ, जति पढे पनि स्मरण गर्न गाह्रो हुने र
पढाईमा ध्यानाकर्षण नहोला, तर वर्षको अन्यमा भने शैक्षिक क्षेत्र राम्रो हुनेछ । आई. टी. र
शोध विषयका विद्यार्थीहरूले पढाईमा उत्कृष्ट नतिजा पाउनेछन् । कानून र वाणिज्य
विषयका विद्यार्थीहरूको लागि भने यो वर्ष कमजोर सावित हुनसक्छ ।
पेशा/रोजगार
यो वर्ष नयाँ जागिर वा रोजगारको अवसर
मिल्नेछ । सरकारी जागिर खान भने सजिलो छैन अत: बढी मिहिनेत गर्नपर्ने देखिन्छ ।
नयाँ ठाउँमा लगानी गर्नु पूर्व भने विचार गर्नु पर्छ । रोजगारका लागि विदेश
जानेहरूका लागि भने राम्रो छ साथै वैदेशिक जागिरेहरूलाई सरुवा र बढुवाको योग पनि छ
। मनोरञ्जन, सामाजिक तथा राजनैतिक क्षेत्रमा समय दिनेहरूले जनताको राम्रो
समर्थन प्राप्त गर्नेछन् ।
स्वास्थ्य
यो वर्ष प्रजनन, छाला र आँखाको
समस्या बढ्नसक्छ र आफ्नो तथा आफ्नो हितैषीको औषध उपचारमा धन खर्च बढ्नेछ । राम्रो
स्वास्थ्यको लागि खानपिन र व्यायामको नियमित अभ्यास गर्नुपर्ला ।
शुभ रङ्ग
घ्यू रङ्ग, सुन्तला रङ्ग, सेतो र रातो शुभ
रङ्ग हो ।
शुभ अङ्क
१, २, ५, ६ र ७ शुभ अङ्क हो ।
दर्शन/पूजा/उपाय
आफ्नो ग्रह पीडाबाट बच्न र भाग्यलाई वृद्धि
गराउनको लागि राहु, केतु र शनिको ग्रह शान्ति, जप, पाठ र पूजा गरि सत्य बोल्नाले राम्रो हुन्छ
। बिहीवारकै दिन केराको वृक्षारोपण र पूजन गर्नाले शुभफल पाइनेछ । प्रत्येक
शुक्रबार महालक्ष्मीजीको दर्शन, पूजा र उपासना गर्नाले र शुक्रबारको सेतो पहिरनले पनि भाग्यमा
वृद्धि हुनेछ ।
- ज्यो.प. नारायणप्रसाद दुलाल