ओखलढुंगा माघ २० । जिल्लाको मानभन्ज्याङ
गाउँपालिका वडा नंं ८ रागापुरमा आगो लागी हुदाँ दुइ घर एक गोठ जलेर नष्ट भएका छन्
। हर्क बहादुर राईको गोठबाठ लागेको आगो अनियन्त्रित भई घरमा सल्किदा ढुंगामाटो र
फुसले बनेका दुइतले, दुइवटा घर जलेर नष्ट भएका हुन् । १९ गते बिहान हर्क बहादुर
राईको गोठमा अचानक आगो लागेको थियो । गोठमा लागेको आगो नियन्त्रण भन्दा बाहिर
गएपछि राईको घरमा सल्किएको थियो । सँगै रहेको छिमेकी टेक बहादुर राईको घर पनि जलेर
नष्ट भएको प्रहरीले जनाएको छ । गोठ बाट सल्किएको आगो स्थानियले नियन्त्रणमा लिने
प्रयास गर्दा पनि नियन्त्रण गर्न नसके पछि एक गोठ र दुइ घर जलेर नष्ट भएको
स्थानियले बताएका छन् । आगो लागीबाट मानविय क्षती र पशुचौपयाको क्षति भने नभएको
जनाएका छन् । आगोलागी बाट नगद रु ३० हजार सहित घरभित्र भएका सुन, चाँदी, लत्ताकपडा, अन्न, भाँडाकुँडा
सबै जलेर नष्ट भएको छ । दुई घर र एक गोठ जलेर नष्ट हुँदा १४ लाख बराबरको क्षती
भएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका
प्रहरी निरिक्षक देव दासले बताए । स्थानियबासी, प्रहरी र अरिदमन गणको सहयोगमा आगो
नियन्त्रणमा लिएको बताएका छन् ।