बाबुराम गौतम प्रदेश नं. १ को सभामुख बन्ने पक्का


पुस २५, बिराटनगर । ओखलढुंगा जिल्लाका सांसद बाबुराम गौतम प्रदेश नं. १ को सभामुख हुने पक्का भएको छ ।  नेकपा एमाले र नेकपा माओबादी लगायतको गठबन्धनमा बनिने सरकारमा  नेकपा एमालेको तर्फबाट हिक्मतकुमार कार्की मुख्य मन्त्री नियुक्त भईसकेका छन् । दलिय सहमतिअनुसार नेकपा माओबादीको भागमा परेको सभामुख पदमा दईजनाको दाबी रहेको थियो । सभामुखमा दाबी गरेका माओबादीका अर्का नेता राजेन्द्र कार्कीले आफ्नो दाबी छोडे सँगै गौतमको सभामुख पद पक्का भएको माओबादीका नेताले बताए । गौतम, ओखलढुंगा जिल्लाको प्रदेश (ख) बाट निर्वाचित सांसद हुन् । नेकपा माओबादीका केन्द्रिय सदस्य समेत रहेका गौतम प्रचण्डका विश्वासपात्रका रुपमा चिनिन्छन् । पुस २८ गते हुने सभामुख पदको निर्वाचनमा बाबुराम गौतमको निश्चित भएको माओबादी केन्द्र प्रदेश नं. १ का नेताले जानकारी दिए । नेकपा एमाले सँग सभामुख र ४ मन्त्रालय लिने गरी सहमति भएको  पनि बताएका छन् ।

प्रतिक्रिया