चटयाङ लागेर गर्भवती महिला गम्भिर घाइते


ओखलढुंगा १५, फागुन । शनिबार बेलुका हावाहुरी सँगै परेको चटयाङका कारण घरमै बसिरहेकी गर्भवती महिला गम्भिर घाइते भएकी छन् । ओखलढुंगा जिल्लाको खिजीेदेम्बा गाउँपालिका वडा नं. ७ रावादोलुकी २१ वर्षीय प्रमिला बस्नेत (ढुंगेल) गम्भिर घाइते भएकी हुन् । प्रमिला ५ महिनाको गर्भवती भएको परिवार श्रोतले बताएको छ । लगभग ६ः३० बजेको समयमा पिँडीमा बसिरहेको अवस्थामा घरमा चटयाङ लाग्दा प्रमिला सहित आमा र बहिनी पनि घाइते भएका थिए । प्रमिला र बहिनी पिडीँमा र आमा तल्लोपटी अलि टाढा बसेकी थिईन् ।   बहिनी निसिता बस्नेतलाई खुट्टामा समान्य चोट लागेको र आमा पनि सामन्य रहेको वडाअध्यक्ष डिल्लीराम बस्नेतले जानकारी दिए । चटयाङका कारण घरमा प्रयोग भएका काठका सत्तरी र झ्यालहरु चर्किएका छन् । चटयाङ लागेर बसेक्रै ठाउँमा ढलेकी प्रमिला लामो समय बेहोस भएकी थिइन् ।  हात खुट्टा र आखाँमा चोट लागेकी प्रमिलाको हात खुट्टा नचल्ने र आँखा हेर्न र देख्न नसक्ने भएको अध्यक्ष बस्नेतले जानकारी दिए । हात खुट्टा पुरै सुन्निएको छ,, आँखाको भाग पुरै निलो भएको र आँखा हेर्नै नमिल्ने गरि सुन्निएको, अध्यक्षको भनाई छ । बिरामीलाई थप उपचारका लागि एम्बुलेन्स मार्फत काठमाण्डौ लगेको प्रहरी निरिक्षक देवेन्द्र दासले जानकारी दिए । रावदोलुमा उपचार गर्न कुनै व्यवस्था नहुदाँ बिरामीलाई रातभरी घरमै राखेर आइतबार बिहान उपचारका लागि काठमाण्डौ पठाइएको छ ।

प्रतिक्रिया