चैत ११ । न्याय सम्पादनमा भौतिक पूर्वाधार सँगै
न्यायिक जनशक्तिको सेवाग्राहीमुखी कार्यशैली अपरिहार्य रहेको प्रधान न्यायधिस
प्रकाशमान सिँह राउतले बताउनु भएको छ । जिल्ला अदालत ओखलढुंगाको सुविधा सम्पन्न
भवन उद्घाटन कार्यक्रममा सम्बोधन गर्दै प्रधान न्यायाधीस राउतले यस्तो बताउनु भएको
हो । प्रधान न्यायाधीस राउतको प्रमुख आतिथ्यमा सोमबार जिल्ला अदालत ओखलढुंगाको
नवनिर्मित भवनको समुद्घाटन गरिएको छ । समुद्घाटन कार्यक्रममा बोल्दै प्रधान
न्यायाधीस राउतले भन्नुभयो; ‘न्याय सम्पादनमा भौतिक पूर्वाधार जति महत्वपूर्ण छ, त्यस सँगै न्यायिक
जनशक्तिको सेवाग्राहीमुखी सेवा, कार्यशैली र छिटोछरितो सेवा प्रवाहको अभ्यास त्यो
भन्दा बढी अपेक्षीत हुन्छ ।’
उपयुक्त
कार्यवतावरणका लागि भौतिक संरचनाको परिकल्पना गरिएको हुन्छ, त्यसरी नै न्यायिक
जनशक्तिको सिप, नविनतम विषयवस्तुको जानकारी अपरिहार्य मानिने भएकाले वर्तमान युगमा कानून
र न्यायको ज्ञान तथा अनुभवको साथै न्याय सम्पादनको लागि अन्य समसामयिक विषय
वस्तुको प्रयोग आतिआवश्यक हुने बताउनु भयो । भौतिक विकास केवल साधन मात्र भएकाले, न्याय सम्पादनमा
ज्ञान सिपको सजिव प्रयोग गर्नुपर्नेमा जोड दिनुभयो । न्यायपालिका सँधै विवादहरुको
चाङमा रहनुपर्ने भएपनि स्वयम आफु चाहि सधै निर्वीवाद हुनुपर्ने चुनौति सधै रहने
बताउनु भयो । यस्ता खालका विवादरहित निरुपण गर्न दुई वटा महत्वपूर्ण तत्वहरुको
अवलम्बन गर्नुपर्ने बताउनु भयो । ‘पहिलो न्यायिक जनशक्तिको सक्षमता हो, जसमा योग्यता, आनुभव, व्यावसायिक
कार्यदक्षता जस्ता तत्वहरु अतिआवश्यक हुन्छन् र दोश्रोमा इमान्दारीता अपेक्षीत
हुन्छ,
जसमा न्यायकर्ताको
निष्ठा,
समर्पण र निर्वीवाद
अपरिहार्य हुन्छ ।’
ब्यक्ति इमान्दारी छ, तर क्षमता छैन भने
त्यसले अपेक्षीत परिणाम दिन सक्दैन र ब्यक्ति क्षमतावान छ, तर इमान्दारी छैन भने
त्यो झन भयानक प्रतिउत्पादक हुने संभावना रहेको बताउनु भयो ।
ओखलढुंगा जिल्लामा
सुविधासम्पन्न भवनको निर्माण सम्पन्न भई सेवा वितरण गर्न सुरु गरिएको छ । केहि समय
अगाडी देखि नै सेवा वितरण गर्न सुरु गएिको भएपनि सोमबारबाट आधिकारीक उद्घाटन गरी
सेवा सुरु गरिएको जिल्ला अदालतका न्यायाधीस गिरिराज गौतमले जानकारी दिनुभयो । २०७९
साल असार १९ गते सम्झौता भई तीस महिना अर्थात २०८१ साल पुस १८ मा सम्पन्न हुनेगरी
सम्झौता भएको थियो । १९ करोड ६४ लाख १८ हजार २ सय ३८ रुपैयाँ ४० पैसा भ्याट बाहेकको
रकममा स्काई÷स्टेट÷चन्द्रज्योती जेभी सँग भवन निर्माण सम्झौता भएको थियो । समय अगावै निर्माण
सम्पन्न भएको निर्माण कम्पनीले जानकारी दिएको छ ।