खोटाङबाट काठमाण्डौ जाँदै गरेको गाडी सुनकोशीमा खस्दा तीन जना बेपत्ता

भदौ ८ । शनिबार साँझ खोटाङबाट भक्तपुर जाने क्रममा सिन्धुलीको गोलञ्जोर गाउँपालिका१ कुडुलेमा गाडी अनियन्त्रित भएर नदीमा खस्दा तीन जना बेपत्ता भएका छन् । मध्य पहाडी लोकमार्गमा गुडिरहेको गाडी सुनकोशी नदीमा खसेर बेपत्ता भएका हुन ।

जिल्ला प्रहरी कार्यालय, सिन्धुलीका प्रमुख प्रहरी उपरिक्षक गोविन्दराज काफ्लेका अनुसार सवारी नम्बर नखुलेको हाइलक्स गाडी चालक भक्तपुरको सुर्यविनायक नगरपालिका बस्ने ३२ वर्षीय अबिन बिके, ३० वर्षीय प्रनित स्यागु र ३७ वर्षीय बलराम घटुवा बेपत्ता भएका छन्।

गाडी चार जना सवार थिए । अर्का सोही ठाउँ बस्ने घाईते २७ वर्षीय सुशान्त कक्षपतीको स्थानीय शुभ जीवन अस्पताल खुर्कोटमा उपचार भइरहेको छ ।

नदीमा खसेर बेपत्ता भएको गाडीसहित सवार यात्रुहरुको खोजी कार्यका लागि घटनास्थलमा हाल ४० जना प्रहरीको टोली खटिएको प्रहरी उपरीक्षक काफ्लेले जानकारी दिनुभयो ।

प्रतिक्रिया