झगनखबर
ओखलढुंगा माघ ४ ।
ओखलढुंगा जिल्लाको चम्पादेवी गाउँपालिका वडा नं ४ का युवा व्यावसायी धन बहादुर
गिरीले आफ्नो जन्मदिनको अवसरमा बृद्ध–बृद्धालाई ज्याकेट वितरण गर्नुभएको छ । साविक
फेदिगुठ गाउँविकास समिति हाल चम्पादेवी गाउँपालिकाको वडा नं ४ र ५ का बृद्ध–बृद्धालाई ज्याकेट
वितरण गर्नु भएको हो । दुइवटा वडामा रहेका ७५ वर्ष भन्दा बढी उमेर भएका बृद्ध बा–आमा र अपाँग
नागरिकलाई ज्याकेट वितरण गरिएको बताएका छन् । काठमाण्डौमा रहेर ब्यवसाय गरिरहेका
गिरीले यो वर्षको जन्मदिन गाउँमै आएर साबिक गाविस भरीका बृद्ध बा–आमा सँग मनाउनु भएको
छ । जन्मदिनमा केक काटेर लाखौ खर्च गरी पार्टी दिने चलनको विकास भईरहेको बेलामा
गाउँका अशक्त बृद्ध बा–आमालाई न्यानो कपडा वितरण गरिनु सह्रानिय काम भएको बताएका छन् ।
आफ्नो कमाईबाट केहि
रकम समाजसेवाको लागि छुट्याउने गरेको र त्यहि रकमबाट बृद्ध बा–आमालाई ज्याकेट वितरण
गरेको धन बहादुर गिरीले बताउनु भयो । उहाँले माँघेसक्रान्तीको दिनमा हिड्न
सक्नेलाई आ–आफ्नो टोलमा भेला गरेर वितरण गर्नु भएको थियो भने हिड्न नसक्ने बा–आमा र अपाँगलाई घरैमा पुगेर वितरण गर्नु भएको थियो । साविक गाविसको नौ वटै वडामा भएका बृद्ध
नागरिकलाई भेटेर ज्याकेट वितरण गरिएको बताउनु भयो ।
ज्याकेट वितरण गर्दै
चम्पादेवी गाउँपालिका प्रमुख नबराज केसीले जन्मदिनमा आफ्नो ठाउँका बृद्ध बा–आमालाई सम्झेर कपडा
वितरण गरेकोमा धन्यबाद दिनु भयो । साथै उहाँले यस्ता बृद्ध बा–आमालाइ सम्मान गर्ने
कार्यक्रम अन्य वडाहरुमा पनि वितरण गर्न आग्रह गर्नु भयो । जोडोको समयमा ज्याकेट
पाएपछि बृद्ध नागरिकहरु खुशी भएका छन् । उहाँहरुले जन्मदिनमा सम्झेर ज्याकेट सहित
भेट गर्न आएकोमा धन्यबाद दिएका छन् ।