मेषः चु चे चो ला लि लु ले लो अ
कार्तिक महिनामा आफ्नै दक्षतामा
विभिन्न कार्यहरू सम्पन्न हुनेछन् । नयाँ काममा जुट्ने समय छ । आर्थिक र व्यवसायिक
समस्या समाधान हुनेछन् । विशिष्ट व्यक्तिको भेटघाटले मन प्रसन्न हुनेछ । लामो
समयदेखि रोकिएका अधुरा कामहरू पुरा हुनेछन् । प्रेम र मित्रताको बन्धन कसिनुका
साथै दाम्पत्य सुखमा रमाउने समय छ । यो महिनाको लागि शुभ अङ्क ४,५ र शुभ रङ्ग रातो हो । कुनै
शुभकर्म गर्नु पूर्व विष्णु भगवानको दर्शन गरि कार्य आरम्भ गर्दा अधिक सफलता
मिल्नेछ ।
वृषः इ उ ए ओ वा वि वु वे वो
यो महिनामा नयाँ ज्ञान सिक्ने
मौका मिल्नेछ । शुभारम्भको चर्चा चल्नेछ । नयाँ वस्त्र, उपहार र अलङ्कारको प्राप्ति
हुनेछ । छरछिमेकमा सम्पन्न हुने धार्मिक र शुभ कार्यमा संलग्न हुनु पर्नेछ ।
विद्यार्थीहरूको सफलताको राम्रो सम्भावना छ । हर्ष र प्रसन्नताका बीचमा समय व्यतीत
हुनेछ । यो महिनाको लागि शुभ अङ्क ४,९ र शुभ रङ्ग सेतो वा निलो हो ।
कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि लक्ष्मी नारायणको स्मरण गरि कार्य
आरम्भ गर्दा अधिक लाभ मिल्नेछ ।
मिथुनः का कि कु घ ङ छ के को हा
यो महिनामा शैक्षिक क्षेत्रमा
सफलता मिल्नेछ । कसैकसैका लागि सन्तान प्राप्तिको समेत योग छ । रोकिएका काम पुनः
सुरु हुन सक्छन् । लामो यात्रा सुखद् र सफल हुनेछ । प्रेम र मित्रताको बन्धन
कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ । व्यवसायिक काममा राम्रै फड्को मार्न
सकिनेछ । यो महिनाको लागि शुभ अङ्क ५,९ र शुभ रङ्ग पहेँलो वा पर्पल
हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि शिवजीको ध्यान गरि कार्य
आरम्भ गर्दा अधिक लाभ हुनेछ ।
कर्कटः हि हु हे हो डा डि डु डे डो
यो महिनामा नाक तथा घाँटीमा समस्या आउला । नयाँ योजना
कार्यान्वयनमा ल्याउन मुस्किल पर्ला । पढाइलेखाइमा पनि प्रगति गर्न नसकिने देखिन्छ
। मध्य महिनाबाट प्रेम प्रसङ्गमा सफलता मिल्नेछ । कुनै कुराले मनमा शान्ति छाउनेछ
। वैदेशिक क्षेत्रबाट सफलता मिल्नेछ । भौतिक सम्पत्ति खरिद तथा बिक्रीको योग पनि छ
। यो महिनाको लागि शुभ अङ्क ३,९ र शुभ रङ्ग पहेँलो वा हरियो हो । शुभकर्म गर्नु पूर्व शङ्कर
भगवानको स्मरण गरि कार्य आरम्भ गर्दा अत्यन्त लाभ प्राप्त हुनेछ ।
सिँहः मा मि मु मे मो टा टि टु
कार्तिक महिनामा शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ । छरछिमेकमा
सम्पन्न हुने धार्मिक तथा सांस्कृतिक गतिविधिमा संलग्न हुनु पर्नेछ । विपरीत वर्ग
प्रति आकर्षण बढ्नेछ । वैदेशिक क्षेत्रबाट पनि सफलता मिल्नेछ । मध्य महिनाबाट बाटो
काट्दा वा यात्रा गर्दा सचेत हुनुपर्छ । आफ्नो विचार विपरित निर्णय हुनेछ ।
अनावश्यक खर्च पनि बढ्न सक्छ । यो महिनाको लागि शुभ अङ्क ६,९ र शुभ रङ्ग हरियो
वा गुलाबी हो । कुनै शुभकर्म गर्नु पूर्व श्रीकृष्ण भगवानको स्मरण गरि कार्य आरम्भ
गर्दा राम्रो हुनेछ ।
कन्याः टो पा पि पु ष ण ठ पे पो
यो महिनामा सजिलै अरुको विश्वास
जित्न सकिने र लाभ हुनेछ । कुनै कुराले मनमा शान्ति छाउनेछ । राजनैतिक र सामाजिक
कार्यमा सफलता मिल्नेछ । अधुरा या नयाँ कार्यको थालनी हुनेछ । प्रेमसम्बन्ध र
प्रणयप्रसङ्गका लागि पनि श्रेष्ठ समय छ । शेयर बजार र व्यापार व्यवसायमा भने औसत
लाभ हुनेछ । यो महिनाको लागि शुभ अङ्क २,६ र शुभ रङ्ग हरियो वा खैरो हो
। कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आफ्नो कूल देवताको स्मरण गरि
कार्य आरम्भ गर्दा अधिक सफलता मिल्नेछ ।
तुलाः रा रि रु रे रो ता ति तु ते
कार्तिक महिना तपाईंको लागि समग्रमा सकारात्मक महिना रहेको छ ।
परिवारसँग रमाइलो भेटघाट हुनेछ । इच्छा र आकाङ्क्षा पूर्ण हुने भएको छ । नयाँ
व्यक्ति बिच सामीप्यता बढ्नेछ । महिनाको उत्तरार्धबाट मानसिक चिन्ता बढ्ला ।
महत्त्वपूर्ण अवसर गुम्न सक्नेछ । शेयर बजारबाट नोक्सानी पनि हुनसक्छ । यो महिनाको
लागि शुभ अङ्क २,८ र शुभ रङ्ग खरानी वा सेतो हो । कुनै शुभकर्म गर्नु पूर्व वा
यात्रामा जानु अघि आफ्नो पितृदेवताको स्मरण गरि कार्य आरम्भ गर्दा अधिक लाभ
मिल्नेछ ।
वृश्चिकः तो ना नि नु ने नो या यि यु
यो महिनामा वृश्चिक राशिलाई त्यति राम्रो फल मिल्नेछैन । सरकारी
निकायको भय रहला । घर परिवारमा झैझमेलाको अवस्था आउला । मध्य महिनाबाट सद्विचारले
अभिप्रेरित हुनेहरूलाई बिस्तारै लाभ हुनेछ । कुटुम्बबाट विशेष सहयोग मिल्नेछ ।
शेयर बजारबाट राम्रो सफलता मिल्नेछ । वैदेशिक कार्यहरू सहजै सम्पादन हुनेछन् । यो
महिनाको लागि शुभ अङ्क ३,५ र शुभ रङ्ग सेतो वा गुलाबी हो । कुनै शुभकर्म गर्नु अघि
हनुमानजीको आरधना गरि यात्रा गर्नाले अधिक सफलता मिल्नेछ ।
धनुः
ये यो भा भि भु धा फा ढा भे
कार्तिक महिनामा कला र गलाको
प्रभाव बढ्दै जानेछ । ठूला व्यक्तिले तपाईंको मेहनतको प्रशंसा गर्नेछन् । रोकिएको
वैदेशिक कार्य अघि बढ्नेछ । ब्यापार व्यवसायबाट आम्दानी हुनेछ । सम्मान समेत
पाइनेछ । नयाँ वस्त्र, उपहार र
अलङ्कारको प्राप्ति हुनेछ । राजनैतिक कार्यमा सफलता मिल्नेछ । यो महिनाको लागि शुभ
अङ्क ४,८ र शुभ
रङ्ग हरियो वा घ्यूरङ्ग हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि
विघ्नहर्ता गणेशजीको पूजा अर्चना गरि गरेको कार्यबाट अधिक सफलता मिल्नेछ ।
मकरः
भो जा जि जु जे जो ख खि खु खे खो गा गि
यो महिनामा सूर्यको गोचरले भाग्य वृद्धि र शक्तिशाली बनाउनेछ । कला
र गलाको प्रभाव बढ्नेछ । नयाँ उद्योग वा रचनात्मक काममा जुट्ने समय छ । ठूला
व्यक्तिले तपाईंको मेहनतको प्रशंसा गर्नेछन् । २२ गतेबाट सामाजिक र राजनैतिक
कार्यमा बाधा आउनसक्छ । भ्रमण, स्वास्थ्यमा तथा सौन्दर्यतामा धन खर्च हुनेछ । यो महिनाको लागि
शुभ अङ्क १,६ र शुभ रङ्ग निलो वा रातो हो । कुनै शुभकर्म गर्नु पूर्व
विघ्नहर्ता गणेशजीको पूजा अर्चना गरि गरेको कार्यबाट अधिक सफलता मिल्नेछ ।
कुम्भः
गु गे गो सा सि सु से सो दा
कुम्भ राशिलाई यो महिनामा एकपछि अर्को अवसर आउनाले मन प्रसन्न
रहनेछ । रमाइलो यात्राको सम्भावना छ र त्यसबाट दीर्घकालिक फाइदा पुग्नेछ । नोकरी
गर्नेले मानसम्मान पाउनेछन् । लगनशीलताले कामहरू अगाडि बढ्नेछन् । आत्मबल बढाएर
काम गरेमा असफल भने भइँदैन तर महत्त्वाकाङ्क्षी योजना गोप्य राखेर अघि बढ्नुपर्छ ।
यो महिनाको लागि शुभ अङ्क १,३ र शुभ रङ्गे कालो वा पहेँलो हो । कुनै शुभकर्म गर्नु अघि
महालक्ष्मीजीको स्मरण गरि कार्य गर्नाले अधिक सफलता मिल्नेछ ।
मीनः
दि दु थ झ ञ दे दो चा चि
यो महिनामा मिश्रित फल मिल्नेछ । आफ्नो अधिकार प्राप्तिको लागि
संघर्ष गर्नु पर्नेछ । व्यर्थको हैरानी पनि खेप्नु पर्नेछ । १७ गतेबाट लाभदायक यात्राको
सम्भावनालाई नकार्न सकिँदैन । चलाखीपूर्ण बोलीले सङ्कल्प सिद्ध हुनेछ । ठीक समयमा
सही निर्णय लिन सकिनेछ । परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइनेछ । यो महिनाको
लागि शुभ अङ्क १,७ र शुभ रङ्ग पहेँलो वा रातो हो । कुनै शुभकर्म गर्नु पूर्व वा
यात्रामा जानु अघि नवग्रहको स्मरण गरि कार्य आरम्भ गर्दा शुभ फल प्राप्त हुनेछ ।
- ज्यो.प.
नारायणप्रसाद दुलाल