भदौ १ । खुम्बु पासाङल्हामु गाउँपालिकामा
शुक्रवार गएको बाढीका कारण ५५ वर्षका निमा नुरु टुडु शेर्पा बेपत्ता हुनुभएको छ
। घर, होटेल, छात्रावास २० गरी विद्युत् गृहको ड्याम
पूर्ण रूपमा क्षति भएको हो ।
जिल्ला
प्रहरी कार्यालय सोलुखुम्बुका अनुसार, खुम्बु पासाङल्हामु गाउँपालिका वडा
नम्बर ५ थामेका ९३ जना र विद्यालयको होस्टेलमा बस्ने ८ जना, २ जना कर्मचारी, ३२ जना विद्यार्थी गरी ४२ जनालाई
सामुदायिक भवन दुम्जेमा उद्धार गरी सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ ।
सोताङ
गाउँपालिका वडा नम्बर १ दिप्टिघाट बेलिब्रीजको स्टोर गरी राखिएको सामाग्रीहरू
बगाउनुका साथै माप्य दुधकोशी गाउँपालिका १ स्थित माप्य(खुम्बु मितेरी पुल समेत
एकतर्फी भासीएको जिल्ला प्रहरी कार्यालय
सोलुखुम्बुका प्रहरी नायव उपरिक्षक द्वारिका प्रसाद घिमिरेले जानकारी दिनुभयो
।