तपस्वी रामबहादुर बम्जन पक्राउ


झगनखबर

पुस २४ । तपस्वी रामबहादुर बम्जनलाई प्रहरीले पक्राउ गरेको छ । लामो समयदेखि प्रहरीको खोजीमा रहेका बम्जन काठमाडौंबाट पक्राउ परेका हुन् ।

उनलाई केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले मंगलवार काठमाडौंको बूढानिलकण्ठबाट मंगलवार पक्राउ गरेको हो । बम्जनमाथि सर्लाही, नुवोकाट, मकवानपुरका केही मानिसलाई वेपत्ता पारेको आरोप छ । सर्लाहीको आश्रममा बलात्कार गरेको उजुरी छ ।

सीआईबीले लामो समयदेखि बम्जनको खोजी गरिरहेको थियो । पुस २०७६ मा सिन्धुपाल्चोकको इन्द्रवती६ बाँडेगाउँ तथा असार २०७७ मा कमलामाई नगरपालिका ९ पैरेको आश्रममा छापा समेत हानेको थियो ।

 

 

प्रतिक्रिया