पात्ले गौरीडाँडामा भिषण पहिरो, बस्ति नै जोखिममा २३ घर विस्थापित


असार १७ । ओखलढुंगा जिल्लाको मोलुङ गाउँपालिका वडा नं ७ पात्ले गौरीडाँडामा गएको भिषण पहिरोले बस्ती नै जोखिममा परी २३ घर विस्थापित भएका छन् । आइतबार राती आएको अविरल वर्षाका कारण गाउँको बिचभागबाट गएको पहिरोले २३ घरपरिवार विस्थापित भएका हुन् ।

वडा नं ७ पात्लेस्थित रचनेका ५ घरपरिवार  पहिरोका कारण उच्च जोखिमा रहेका छन् । भने वडा नं ७ कै जेसेमा १८ घरपरिवार उच्च जोखिममा रहेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ । जेसेका ५ घरपरिवारको घर पहिरोले पुरी पुर्णरुपमा क्षति भएको छ भने मानविय क्षति नभएको बताएका छन् ।  टेक बहादुर पहरीको ढुंगामाटोले बनेको जस्ताको छानो भएको १ तले घर, पेशल बहादुर पहरीको जस्ताको छानो भएको १ तले घर, मान बहादुर पहरीको जस्ताको छानो भएको १ तले घर पहिरोमा परी पुर्ण क्षति हुँदा घर र घरभित्र भएका सम्पुर्ण सामग्रीहरुको पुर्ण क्षति भएको छ भने पशुचौपया र मानविय क्षति भएको छैन । त्यसै गरी अम्बर बहादुर पहरीको जस्ताको छानो भएको १ तले घरमा क्षति भएको मानविय क्षति भने नभएको तर घरसँगै रहेको गोठ पुरिदा एउटा भैसी घाइते भएको छ भने पाडो बेपत्ता भएको छ । र तेज बहादुर सुनुवारको जस्ताको छानो भएको १ तले घरमा क्षति भएको, बस्तुगोठ बगाउँदा हल गोरुको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

रचनेका पेम्बा तामाङको गोठमा भएका २ वटा माउ भैसी र २ वटा राँगा र मिन बहादुर तामाङको एउटा राँगो पुरिएको अवस्थामा उद्धार गरी सुरक्षीत स्थानमा राखिएको प्रहरीले जनाएको छ । ५ वटै चौपायाको अवस्था सामान्य रहेको बताएका छन् ।

जोखिममा रहेका वर्ष ६५ का भक्त बहादुर तामाङको परिवार, वर्ष ५६ का सिँह बहादुर तामाङको परिवार, वर्ष ४३ की महिरानी तामाङको परिवार, वर्ष ५५ को पेम्बा तामाङको परिवार र वर्ष ५० का मिन बहादुर तामाङको परिवारलाई सुरक्षीत स्थान तर्फ स्थानान्तरण गर्ने तयारी भएको बताएका छन् । उक्त ठाउँमा जमिनमा भएको मकै आलु लगायतका खेतिपातीमा पनि पुर्ण क्षति पुगेको बताएका  छन् ।


रचनेका विस्थापित परिवारलाई नजिकै कुनै पनि सार्वजनिक कार्यालहरु नभएकाले व्यक्ति आफन्तको घरमा स्थानान्तरण गर्ने तयारी भएको वडा अध्यक्ष हेम बहादुर सुनुवारले बताउनु भयो । यता जेसे गौरीडाँडामा भएका  बिस्थापित परिवारलाई भने जेसे माध्यमिक विद्यालय पात्लेमा स्थानान्तरण गरी बस्ने व्यवस्थाको तयारी भएको बताएका छन् । तत्कालको लागि मोलुङ गाउँपालिकाको सहयोगमा खाद्य सामग्रीको व्यवस्थापन गरिएको पालिकाले जानकारी दिएको छ । उक्त पहिरोले खानेपानीको मुहान र पाइप बगाउदा करिब ३०० घरधुरी उपभोक्ताहरु खानेपानीबाट बञ्चित भएको अध्यक्ष सुनुवारले बताउनु भयो । स्थानियरुपमा सन्चालन गरेको पेल्ट्रीकसेट बतिको पावरहाउस बगाउदा स्थानिबासीहरु अध्यारोमा बस्न बाध्य भएको पनि बताएका छन् । खानेपानीको अभाव भएका कारण तत्काल खानेपानीको व्यवस्था गर्न पिडित लगायत स्थानिय बासीले आग्रह गरेका छन् ।

प्रतिक्रिया