नेपाली कांग्रेस मानेभञ्ज्याङ्गको कार्यकर्ता भेटघाट कार्यक्रम सम्पन्न


राजकुमार कार्की

माघ १८ । जिल्लाको मानेभञ्ज्याङ्ग गाउँपालिकामा कार्यकर्ता भेटघाट कार्यक्रम सम्पन्न भएको छ । नेपाली कांग्रेस गाउँ कार्यसमिति मानेभञ्ज्याङ्गको आयोजनामा आईतबार कार्यकर्ता भेटघाट कार्यक्रम सम्पन्न भएको हो । आसन्न प्रतिनिधी सभाको निर्वाचन लक्षित गरि आयोजना गरिएको कार्यक्रममा  उम्मेदवार कुमार लुइटेलको उपस्थितिमा कार्यक्रम गरिएको छ । कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका नेता राजकुमार तिमल्सीना नेपाली कांग्रेसमा प्रबेश गर्नु भएको छ । केहि समय अगाडी मात्रै रास्वपामा लागेका तिमल्सीना, पार्टीको लक्ष्य, उदेश्य केहि पनि स्पष्ट नभएका कारण आफु कांग्रेसमा प्रबेश गरेको कार्यक्रममा बताउनु भएको छ ।

कार्यक्रममा पालिका सभापतिको संयोजकत्वमा चुनाव परिचालन समिति समेत गठन गरिएको छ ।  पालिका सभापति देव बहादुर पुलामी मगरको सभापतित्वमा भएको कार्यक्रममा पार्टी सभापति तेजेन्द्र खनाल, उपसभापति नबराज केसीसमानुपातिक उम्मेदवार खिलानाथ दाहाल, गोमा केसी, सबिता राई, नेताहरू अजय लुइँटेल, ज्ञानेन्द्र रुम्दाली, नवीन राई, लिलाबल्लब दाहाल, राजकुमार ढुङगाना, उज्जन बुढाथोकी  लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया