झगनखबर
चैत ११ । ओखलढुंगा
जिल्लामा घरमा विद्युत सर्ट भई करेन्ट
लागेर एक जनाको घट्नास्थलमै मृत्यु भएको छ भने घर जलेर नष्ट भएको छ । जिल्लाको
चिसंखुगढी गाउँपालिका वडा नं ३ बोडीछापकी ५७ वर्षिय सिजन कुमारी थापाको करेन्ट
लागेर मृत्यु भएको हो । आइतबार बिहान करिब ५ः३० बजेको समयमा अचानक बिद्युत सर्ट भई
खड्ग बहादुर थापाको घरमा आगो लागेको थियो । विद्युत सर्ट हुँदा करेन्ट लागेर
घरभित्रै बेहोस भएकी थपाकी श्रीमतिको मृत्यु भएको स्थानियबासीले जानकारी दिएका छन्
। करेन्ट लागेर मृत्यु भएकी थापाको शवलाई आवश्यक कानूनी प्रकृया पुरा गरी
पोष्टमार्टमका लागि पठाईएको जिल्ला प्रहरी
कार्यालयले जनाएको छ । विहान करिब ५ः३० मा लागेको आगो ६ः४५ बजे पुर्ण नियन्त्रणमा
लिएको थियो । आगोलागीबाट ढुंगामाटोले बनेको दुइतले घर जलेर नष्ट भएको छ । घर जलेर
नष्ट हुँदा घरभित्र भएका सम्पुर्ण सामग्रीहरु जलेर ३ लाख भन्दा बढीको क्षति भएको
प्रहरी निरिक्षक एवं जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी बलिस्टर सिँहले जानकारी दिनुभयो ।