झगनखबर
पुस १३ । जुनेली
नेपालद्वारा सिद्धिचरण नगरपालिका भित्रका विपन्न नागरिकलाई निशुल्क कम्प्युटर
तालिम दिन शुरु गरेको छ । नगरपालिकाको वडा नं ८,९ र १० का १० जना
विपन्न तथा दलित छात्राछात्राहरुलाई निशुल्क तालीम दिन शुरु गरिएको हो । एसईई दिएर
बसेका र +२ पढ्दै गरेका विद्यार्थीहरुलाइ तालिम दिन शुरु गरिएको सहजकर्ता तेजकुमार
श्रेष्ठले जानकारी दिनुभयो । ८ जना छात्रा र २ जना छात्रले तालीम लिईरहेको बताएका
छन् । कम्प्युटर ज्ञान सिकेर स्वरोजगार बनाउने उदेश्यले निशुल्क तालिमको ब्यवस्था
गरेको कार्यालयले जनाएको छ । तिन महिने बेसिक कोर्समा दिइएको तालीमको सहजीकरण शिव
कुमार श्रैष्ठले गरिरहनु भएको छ ।
१३ पुस २०८०, शुक्रबार ०४:५५ मा प्रकाशित
485