सामुदायिक वनमा लागेको आगो नियन्त्रण बाहिर


ओखलढुंगा ३, फागुन  । मानेभञ्ज्याङ गाउँपालिका वडा नं ३ उँबुको फुकुल सामुदायिक वनमा लागेको आगो अझै नियन्त्रणमा आउन सकेको छैन । मंगलबार बेलुका अन्दाजी ८ बजे देखि लागेको आगो नियन्त्रणमा आउन नसकेको हो । नेपाल प्रहरीको सहयोगमा स्थानियहरु आगो नियन्त्रण गर्न प्रयास गरिरहेको बताएका छन् । यो समचार तयार पार्दा सम्म आगो नियन्त्रण गर्ने प्रयास भईरहेको तर नियन्त्रण गर्न नसकेको स्थानियले बताएका छ्न् । आगोलागी बाट तत्काल कुनै मानविय र पशुचौपायाको क्षति नभएको प्रहरी निरिक्षक देव दासले बताए । उक्त वनमा लागेको आगो तत्काल गाँउवस्तिमा आउन सक्ने संभावना नरहेको प्रहरीले जनाएको छ ।

 

 

प्रतिक्रिया