बाह्र वर्षिय बालकको अचानक मृत्यु


 साउन १० । ओखलढुंगा जिल्ला सिद्धिचरण नगरपालिका वडा नं १२ सितलपुरमा १२ वर्षिय बालकको मृत्यु भएको छ । सितलपुर खोलाघर निवासी देवराज राईको छोरा सौरभ राईको अस्पताल लैजादै गर्दा मृत्यु भएको हो ।

तीन दिन अगाडी खेल्ने क्रममा लडेर सामान्य घाइते भएका राईलाई घरमै राखेर उपचार गर्दै आएका थिए । विहिबार सामुदायिक अस्पताल मिसन सोब्रुमा उपचारका लागि लगिएकोमा अस्पताल पु¥याउने बितिकै डक्टरले मृत घोषणा गरेका थिए । खेल्ने क्रममा लडेका बालकको घुँडामा सामान्य चोट थियो । थप उपचारका लागि बिहिबार अस्पताल लगिएको थियो । अस्पताल पु¥याउने बित्तिकै मृत घोषणा गरेपछि प्रहरीलाई खबर गरेका थिए । जिल्ला प्रहरी कार्यालय ओखलढुंगाबाट प्रहरी निरिक्षक मनिष लुइटेलको कमाण्डमा प्रहरी पुगी आवश्यक कानुनी प्रकृया पुरा गरी पोष्टमार्टमका लागि लासलाई रुम्जाटार पठाईको छ । बालकको मृत्युको विषयमा थप अनुसन्धान भईरहेको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया