यो साता जति श्रम परे पनि
सोचेको मूल्य प्राप्त नहुन सक्छ । परिवारभित्रका झिनामसिना काममा धेरै समय खर्चनु
पर्नेछ, तर
आत्मबल बढाएर काम गरेमा असफल भइँदैन । मध्य साताबाट आफन्तको सहयोग र आकस्मिक धन
लाभ हुनसक्छ । यो साताका लागि शुभ अङ्क १,७ र शुभ रङ्ग सेतो वा हरियो हो
। कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि विष्णु भगवानको दर्शन गरि आरम्भ
गर्दा लाभ मिल्नेछ ।
वृष : इ,
उ,
ए,
ओ,
वा,
वि,
वु,
वे,
वो
यो साता लामो समय देखि रोकिएको अधुरो
कार्यले पूर्णता पाउनेछ । घरायसी मनोरञ्जन हुनेछ । परोपकारका क्षेत्रमा लगानीको
समय छ । ठीक समयमा सही निर्णय लिन सकिनेछ । विपरीत वर्ग प्रति आकर्षण बढ्नेछ ।
साताको अन्त्यमा कलहको योग भएकाले कसैसँग बोल्दा वा ठट्टा गर्दा सतर्कता
अपनाउनुहोला । यो साताका लागि शुभ अङ्क २,९ र शुभ रङ्ग हरियो हो । कुनै शुभकर्म
गर्नु पूर्व विघ्नहर्ता गणेशजीको दर्शन गरि गरेको कार्यबाट लाभ मिल्नेछ ।
यो साता रोकिएका काम पुनः सुरु हुन सक्छ ।
रमणीय र सुखद् यात्राको योग छ । जीवनसाथीको सल्लाहमा गरिएको कार्यबाट अधिक सफलता
मिल्नेछ, तर स्वास्थ्य
मापदण्डको ख्याल गर्नु पर्नेछ । शेयर बजार अन्तर्गत बीमा क्षेत्रबाट अधिक फाइदा
मिल्नेछ । यो साताका लागि शुभ अङ्क ६,७ र शुभ रङ्ग सेतो वा सुन्तला हो । कुनै
शुभकर्म गर्नु पूर्व देवीजीको दर्शन गरि कार्य आरम्भ गर्नाले लाभ मिल्नेछ ।
यो साता दूरदराजमा रहेका आफन्तजनसँग
सम्बन्ध कायम हुनेछ । परीक्षा आदि प्रतिस्पर्धामा उत्तीर्ण हुन सकिनेछ । नयाँ
कामका विभिन्न अवसर फेला पर्ने छन् । कहीँकतैबाट कुनै उपहार प्राप्त होला । प्रेम
र मित्रताको बन्धन कसिने समय पनि छ । यो साताका लागि शुभ अङ्क १,८ र शुभ रङ्ग निलो
वा सेतो हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि भैरवजीको दर्शन गरि
कार्य आरम्भ गर्दा अधिक सफलता मिल्नेछ ।
यो साता स्वरोजगारीका निम्ति दौडधुप
गर्नुपर्नेछ । मनमा दुविधा उत्पन्न हुन सक्छ र काम बिगार्न चाहनेहरू अगाडि बढ्न
सक्छन् । मध्य साताबाट आँटेको र ताकेको कार्य पुरा होला । प्रेमीको सहयोग पाइनेछ ।
आर्थिक क्षेत्र र शेयर बजारबाट राम्रै फाइदा मिल्नेछ । यो साताका लागि शुभ अङ्क ५,७ र शुभ रङ्ग निलो
वा रातो हो । कुनै शुभकर्म गर्नु पूर्व शिवजीको दर्शन गरि गरेको कार्यबाट अधिक
सफलता मिल्नेछ ।
यो साता एकपछि अर्को अवसर आउनाले मन पनि
प्रसन्न रहनेछ । प्रेमीले तपाईँका विचारलाई समर्थन गर्नेछन् । रोकिएका काम पुनः
सुरु हुन सक्छन् । आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन् । परिणाममुखी
जिम्मेवारी वहन गर्ने समय आएको छ । यो साताका लागि शुभ अङ्क ३,६ र शुभ रङ्ग हरियो
वा गुलाबी हो । कुनै शुभकर्म गर्नु पूर्व शिवजीको स्मरण गरि कार्य आरम्भ गर्दा
अधिक लाभ हुनेछ ।
यो साता नयाँ ज्ञान र सीप सिक्ने मौका
मिल्नेछ । रोकिएका काम सम्पादन हुने योग छ । नयाँ कार्यको योजना बन्नेछ ।
परोपकारजन्य कार्यमा लगाव बढ्ने र धन सञ्चयको अवसर प्राप्त हुनेछ, तर स्वास्थ्य प्रति
बढी सजगता अपनाउनु पर्नेछ । यो साताका लागि शुभ अङ्क २,५ र शुभ रङ्ग निलो
वा गुलाबी हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि महासरस्वतीको दर्शन
गरि कार्य आरम्भ गर्दा सफलता प्राप्त हुनेछ ।
यो सातामा सामाजिक कार्यबाट सफलता मिल्नेछ
। धार्मिक कार्यमा सफलता मिल्नेछ । करियरको क्षेत्रमा मन मिल्ने साथीको सुझावले
महत्त्वपूर्ण भूमिका निर्वाह गर्नेछ, तर कुनै कुराले मानसिक चिन्ता बढ्नेछ र
अल्छीपन नत्यागेमा आँटेको काममा सफलता नमिल्न सक्छ । यो साताका लागि शुभ अङ्क १,८ र शुभ रङ्ग रातो
वा निलो रङ्ग हो । कुनै शुभकर्म गर्नु पूर्व विष्णुजीको स्मरण गरि कार्य गर्नाले
सफलता मिल्नेछ ।
यो साता आफ्नो विचार र योजनालाई
गोपनीय ढंगले प्रयास गर्दा राम्रो हुनेछ । धार्मिक तथा परोपकारजन्य आदि काममा पनि
भूमिका निर्वाह गर्न पाइनेछ । दौडधुप गर्नु परे पनि लाभ नै हुनेछ, तर आवेगमा आएर निर्णय नलिनु
होला साथै स्वास्थ्य प्रति सजग रहनु पर्छ । यो साताका लागि शुभ अङ्क ४,९ र शुभ रङ्ग हरियो वा कालो हो
। कुनै शुभकर्म गर्नु अघि हनुमानजीको आरधना गरि यात्रा गर्नाले अधिक सफलता मिल्नेछ
।
शुभचिन्तकहरूले
पूर्ण समर्थन प्रदान गर्नेछन् । प्रविधि मार्फत टाढाका नातागोता वा परिवारजनसँग
भेटघाट हुनेछ । वैदेशिक क्षेत्रको काम अघि बढ्नेछ । साताको मध्य भागमा आफूलाई
कमजोर भएको अनुभूति हुनेछ । घरायसी झमेलामा परिनेछ । यो साताका लागि शुभ अङ्क २,७ र शुभ रङ्ग पहेँलो वा हरियो रङ्ग हो । कुनै
शुभकर्म गर्नु पूर्व दुर्गाजीको स्मरण गरि यात्रा गर्नाले सफलता मिल्नेछ ।
यो साता नयाँ र शुभकार्यको चर्चा चल्नेछ ।
विज्ञानको ज्ञानमा वृद्धि हुनेछ । गोपनीय ढङ्गले गरिएको क्रियाकलापमा सफलता
पाउनुहुनेछ । कसैकसैका लागि सन्तान प्राप्तिको योग छ । साताको मध्यमा स्वास्थ्यमा
असर पर्न सक्छ, त्यसैले स्वास्थ्य प्रति बढी सजगता अपनाउनु पर्नेछ । यो साताका
लागि शुभ अङ्क १,८ र शुभ रङ्ग खैरो वा रातो हो । कुनै शुभकर्म गर्नु पूर्व
नवग्रहको स्मरण गरि कार्य आरम्भ गर्दा अधिक सफलता मिल्नेछ ।
यो साता शैक्षिक क्षेत्रबाट सफलता मिल्ला ।
नयाँ र शुभकार्यको चर्चा चल्नेछ । राजनैतिक कार्यमा सफलता मिल्नेछ । शेयर बजारबाट
पनि लाभ मिल्नेछ । साताको उत्तरार्धबाट व्यापार व्यवसायमा बाधा आउनेछ । घर
व्यवहारको समस्याले सताउनेछ । यो साताका लागि शुभ अङ्क १.२ र शुभ रङ्ग कलेजी वा घ्यू
रङ्ग हो । शुभकर्म गर्नु पूर्व भैरवजीको दर्शन गरि कार्य आरम्भ गर्दा अधिक सफलता
मिल्नेछ ।
राशिफल जे जस्तो भएपनि तपाईंको यो साता शुभ रहोस् ।
- ज्यो.प.
नारायणप्रसाद दुलाल