झगनखबर
जेठ ५ । नेपाल सरकारले वर्षाको समयमा मासिक ५० युनिट
र हिउँदमा मासिक ३० युनिटसम्म विद्युत खपत गर्ने उपभोक्तालाई निःशुल्क विद्युत
उपलब्ध गराउने घोषणा गरेको छ । आगामी
आर्थिक वर्ष २०८०र८१ को नीति तथा कार्यक्रममा विद्युत खपत बढाउने योजनासहित यस्तो
घोषणा गरेको हो ।
नीति तथा कार्यक्रममा
२ वर्षभित्र सबै नागरिकको घरमा विद्युत सेवा पुर्याउने घोषणा गरेको छ । विपन्न
नागरिकको घरमा निःशुल्क बिजुली मिटर जोड्ने घोषणा पनि भएको छ । खाना पकाउने
ग्याँसलाई विद्युतबाट प्रतिस्थापन गर्ने, हाइड्रोजन इन्धनको उत्पादन सम्भाव्यताको
अध्ययन गर्ने लगायत घोषणा गरिएको छ ।
५ जेठ २०८०, शुक्रबार ०६:०६ मा प्रकाशित
358