पुराना बामपन्थी नेता गुरुङको निधन

  झगनखबर

 असार  । ओखलढुंगा जिल्लाका पुराना बामपन्थी नेता तिलक गुरुङको निधन भएको छ । उपचारको क्रममा असार २ गते शनिबार राती काठमाण्डौमा निधन भएको हो । हर्ट इन्जुरीका कारण निधन भएको नेता सिताराम गुरुङले जानकारी दिनुभयो । बि.सं १९९३ साल भाद्र १५ गते जन्मनु भएका गुरुङको ९३ वर्षको उमेरमा निधन भएको हो ।

साबिक रुम्जाटार गा.वि.स. वडा नं ६ हाल सिद्धिचरण नगरपालिका वडा नं ४ रुम्जाटारमा जन्मनु भएका गुरुङ हाल काठमाण्डौ चावहिलमा बस्दै आउनु भएको थियो । भारतीय भुपू आर्मी आसाम राईफल्समा १४ वर्ष काम गरी हवल्दार पदमा रिटायर्ड भई अएपछि जनताको सेवामा तल्लीन रहनुभएको थियो ।

२०२७ सालदेखि कम्युनिष्ट आन्दोलनमा आबद्ध हुनुभएका गुरुङ नेकपा चौथो महाधिवेशन (चौम) मा क्रियासिल भएर लाग्नु भएको थियो । २०४६ साल पछि नेपालमा बहुदल आएपछि बाममोर्चाको जील्ला सदस्य हुनुभएको थियो । २०४७ सालमा एकता केन्द्रका जील्ला कमिटी सदस्य भएर  काम गर्नु भएको थियो । २०४९ सालमा रुम्जाटार गाविस अध्यक्षको उम्मेदवार भई निकट्तम प्रतिद्वन्दी हुनुभएको थियो । त्यसपछि संयुत्त जनमोर्चाको देखिने समुह र भूमीगत हुने समुह गठन हुँदा उहाँ देखिने समुहको अध्यक्ष हुनुभएको थियो । उहाँ निरन्तर २०६५ साल सम्मै संयुक्त जनमोर्चाको अध्यक्षको भूमीकामा रहनु भएको थियो । २०६२ साल देखि २०६५ साल सम्म जिल्ला अध्यक्ष सहित जनमोर्चा नेपालको केन्द्रिय सदस्य समेत हुनुभएको थियो । २०५६ सालमा संयुक्त जनमोर्चाको तर्फबाट ओखलढुंगा क्षेत्र नं १ बाट प्रतिनिधी सभाको उम्मेदवार हुनुभएको थियो भने २०६४ सालमा पनि क्षेत्र नं १ बाटै प्रतिनिधी सभाको  उम्मेदवार बन्नु भएको थियो ।

२०६५ सालमा एकीकृत नेकपा माओबादीको राज्य समितिको सचिवालय सदस्य भई काम गर्नुभएको थियो । २०७२ साल देखि ज्येष्ट कम्युनिष्ट मन्चको केन्द्रिय सदस्य हुनुभएको थियो । उहाँले भारतीय सेनाबापत पाउने पेन्सनबाट आधा रकम पार्टीलाई दिने गरेको नेकपा माओबादी केन्द्रका स्थाई कमिटी सदस्य पेशल खतिवडाले जानकारी दिनुभयो ।

उहाँको परिवारमा  १ छोरा, २ छोरी र श्रीमती रहेका छन् । छोरा जेसन गुरुङ अमेरीका रहेकाले छोरा आएपछि मात्र धार्मिक परम्परा अनुसार पशुपति आर्यघाटमा  अन्तिम संस्कार गरिने नेकपा माओबादी केन्द जील्ला समन्वय सचिवालय सस्य कान्छाराम पोखरेलले जानकारी दिनुभयो ।

गुरुङको पार्थीव शरिलाई अस्पतालमा राखिएको छ । २०८० साल असार ७ गते विहान १०ः३० बजे इसाई मण्डली कालोपुल चर्चमा श्रद्धान्जलीका राखिने र दिउसो १ः३० बजे पशुपति आर्यघाटमा सामाजिक परम्परा अनुसार दाहसंस्कार गरिने सिताराम गुरुङले जानकारी दिनुभयो ।

गुरुङको निधनले कम्युनिष्ट आन्दोलनको इतिहाँसको  धरोहर ढलेको कम्युनिष्ट पार्टीहरुलाई अपुरणीय क्षति भएको एकीकृत समाजबादी पार्टीका केन्द्रिय सदस्य नेत्र प्रसाद भट्टराईले बताउनुभयो ।  

प्रतिक्रिया