२०७९ साल पौष महिनाको मासिक राशिफल


मेष M चु, चे, चो, ला, लि, लु, ले, लो,

पुष महिनामा न्यायिक कार्यमा सफलता मिल्नेछ । नयाँ वस्त्र, अलङ्कारको प्राप्ति हुनेछ । कुनै कुराले मनमा शान्ति छाउनेछ । रोकिएका अधुरा कार्यहरू पुरा हुनेछन् । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । वैदेशिक यात्राको योग छ । एउटै कामबाट दोहोरो लाभ मिल्नेछ । साथै अकस्मात् धन सम्पत्ति हात पर्नेछ । यो महिनाको लागि शुभ अङ्क १,९ र शुभ रङ्ग सेतो वा निलो हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि नवग्रहको स्मरण गरी कार्य आरम्भ गर्दा अधिक लाभ मिल्नेछ ।

वृष M  , , , , वा, वि, वु, वे, वो

झन्झटिलो काममा संलग्न हुनुपर्ने समय छ । महत्वाकाङ्क्षी योजना गोप्य राखेर अघि बढ्नुहोला । पढाइलेखाइमा पनि खासै प्रगति गर्न नसकिने देखिन्छ, तर सद्विचारले अभिप्रेरित हुनेहरूलाई बिस्तारै लाभ हुनेछ । मध्य महिनामा प्रेम र मित्रताको बन्धन कसिने समय छ । वैदेशिक क्षेत्र बाट सफलता मिल्नेछ । यो महिनाको लागि शुभ अङ्क ५,६ र शुभ रङ्ग निलो वा हरियो हो । शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि बगलामुखीको ध्यान गरी आरम्भ गर्दा अत्यन्त लाभ प्राप्त हुनेछ ।

 मिथुन M का, कि, कु, , , , के, को हा

यो महिनामा सन्तान सुख मिल्नेछ । परीक्षामा उत्तीर्ण हुन सकिनेछ । नयाँ काम वा रोजगारको अवसर मिल्नेछ । लामो यात्रा सुखद् र सफल हुनेछ । पुँजी बजारले पनि साथ दिनेछ । मध्य महिनाबाट आफ्नो विचार विपरित निर्णय हुनेछ । जिद्दीपनाले गर्दा काम बिग्रने डर छ । बाटो काट्दा वा यात्रा गर्दा सचेत हुनुपर्छ । यो महिनाको लागि शुभ अङ्क २,७ र शुभ रङ्ग हल्का गुलाबी वा घ्यू रङ्ग हो । कुनै शुभकर्म गर्नु पूर्व इष्ट देवताको स्मरण गरी कार्य आरम्भ गर्दा अधिक लाभ प्राप्त हुनेछ ।

 कर्कट M हि, हु, हे, हो, डा, डि, डु, डे, डो

नयाँ वस्त्र, अलङ्कारको प्राप्ति हुनेछ । बौद्धिक कार्यमा सफलता मिल्नेछ । प्रतिस्पर्धामा सम्मानजनक स्थान हात पर्नेछ । विशिष्ट व्यक्तिको भेटघाटले मन प्रसन्न हुनेछ । लामो समयदेखि रोकिएका अधुरा कामहरू पुरा हुनेछन् । प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ । यो महिनाको लागि शुभ अङ्क ३,९ र शुभ रङ्ग सेतो वा हरियो हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि महालक्ष्मीजीको दर्शन गरी कार्य आरम्भ गर्दा अधिक सफलता प्राप्त हुनेछ ।

 सिंह M मा, मि, मु, मे, मो, टा, टि, टु, टे

यो महिनामा सामान्य रहनेछ । प्रविधिका क्षेत्रमा उन्नति हुने देखिन्छ । सामाजिक क्षेत्रमा सफलता मिल्नेछ । काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ । सद्विचारले अभिप्रेरित हुनेहरूलाई बिस्तारै लाभ हुनेछ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । महिनाको अन्त्यमा अनावश्यक झुटा आरोप लाग्ने हुँदा सजग रहनुहोला । नाक तथा घाँटीमा समस्या आउला । यो महिनाको लागि शुभ अङ्क ५,८ र शुभ रङ्ग सेतो वा रातो हो । कुनै शुभकर्म गर्नु अघि हनुमानजीको स्मरण गरी कार्य गर्नाले अधिक सफलता मिल्नेछ ।

कन्या M टो, पा, पि, पु, , , , पे, पो

यो महिनामा मिश्रित फल मिल्नेछ । कमजोरी बाहिर आउनाले समस्या पर्न सक्छ । । घर परिवारमा झैझमेलाको अवस्था आउला । मध्य महिनाबाट नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । पढाइ लेखाइमा प्रगति हुनेछ । कूटनीतिक नियोगको सहयोग मिल्ला । आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन् । भौतिक सुखमा बढोत्तरी हुनेछ, यो महिनाको लागि शुभ अङ्क १,६ र शुभ रङ्गे रातो वा पहेँलो हो । कुनै शुभकर्म गर्नु पूर्व लक्ष्मीनारायण भगवानको स्मरण गरी यात्रा गर्नाले सफलता मिल्नेछ ।

 तुला M रा, रि, रु, रे, रो, ता, ति, तु, ते

यो महिनामा आफन्तबाट भरपुर साथ र सहयोग मिल्नेछ । कला र गलाको प्रभाव बढ्नेछ । धर्मकर्म तथा समाजसेवामा मन लाग्नेछ । शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ । २२ गते बाट दबाब र तनाव बढेको महसुस हुनेछ । राजनैतिक कार्यमा बाधा आउनेछ । स्वास्थ्यमा तथा सौन्दर्यतामा धन खर्च हुनेछ । यो महिनाको लागि शुभ अङ्क ३,९ र शुभ रङ्ग खैरो वा पहेँलो हो । कुनै शुभकर्म गर्नु पूर्व विघ्नहर्ता गणेशजीको स्मरण गरी गरेको कार्यबाट अधिक सफलता मिल्नेछ ।

वृश्चिक M तो, ना, नि, नु, ने, नो, या, यि, यु

यो महिनामा विशिष्ट व्यक्तिको सहयोग प्राप्त हुनेछ । नयाँ कार्यको थालनी हुनेछ । कार्य सम्पादनमा सहजता मिल्नेछ । टाडिएका परिवारजनसँग भेटघाट हुनेछ । सामाजिक तथा राजनैतिक कार्यमा सफलता मिल्नेछ । साहित्यिक क्षेत्रमा रुचि बढ्नेछ । व्यापार व्यवसायमा औसत लाभ नै हुनेछ । यो महिनाको लागि शुभ अङ्क १,९ र शुभ रङ्ग गुलाबी वा केशरी हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि विष्णु भगवानको दर्शन गरी आरम्भ गर्दा अधिक लाभ मिल्नेछ ।

 धनु M ये, यो, भा, भि, भु, धा, फा, ढा, भे

यो महिनामा तपाईंको राशिमै सूर्यले भ्रमण गर्नाले मनोकामना पूर्ण हुनेछ । पारिवारिक सम्बन्ध कसिलो हुनेछ । बिनाप्रतिस्पर्धा फाइदा हुने योग छ । जोशजाँगर र हिम्मत बढ्ला । कुटुम्बबाट विशेष सहयोग मिल्नेछ । वाहन लाभ हुने समय आएको छ । व्यावसायिक काममा राम्रै फड्को मार्न सकिनेछ । शैक्षिक क्षेत्रमा पनि सफलता मिल्नेछ । यो महिनाको लागि शुभ अङ्क ४,८ र शुभ रङ्ग सेतो वा नीलो हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि शिवजीको ध्यान गरी आरम्भ गर्दा अधिक लाभ हुनेछ ।

 मकर M भो, जा, जि, जु, जे, जो, , खि, खु, खे, खो

यो महिनामा तपाईंको राशिबाट बाह्रौं भावमा सूर्यले भ्रमण गर्नाले मिश्रित फल मिल्नेछ । अनावस्यक खर्च बढ्न सक्नेछ । मित्रहरूले दिएको वचन फेरिन सक्छ । प्रेममा मनमुटावका साथै मन कमजोर रहला । २० गतेबाट ठीक समयमा सही निर्णय लिन सकिनेछ । परीक्षा आदि प्रतिस्पर्धामा उत्तीर्ण हुन सकिनेछ । यो महिनाको लागि शुभ अङ्क १,७ र शुभ रङ्ग हल्का पहेँलो वा सेतो हो । शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि महाकालीजीको स्मरण गरी कार्य आरम्भ गर्दा शुभ फल प्राप्त हुनेछ ।

 कुम्भ M गु, गे, गो, सा, सि, सु, से, सो, दा

नजिकको व्यक्ति बाट सहयोग मिल्नेछ । इच्छा र आकाङ्क्षा पूर्ण हुनेछ । अरुको मन जित्न सकिनेछ । प्राविधिक कार्यमा सफलता मिल्नेछ । व्यवसायका क्रममा यात्रा गर्नुपर्नेछ । परिवारसँग रमाइलो भेटघाट हुनेछ । वैदेशिक कार्य अघि बढ्नेछ । महिनाको अन्त्यमा आफ्नो अधिकार प्राप्तिको लागि संघर्ष गर्नु पर्नेछ । महत्वपूर्ण अवसर गुम्न सक्नेछ । यो महिनाको लागि शुभ अङ्क २,७ र शुभ रङ्ग सेतो हो । कुनै शुभकर्म गर्नु पूर्व महादेवको आरधना गरी कार्य आरम्भ गर्दा अधिक लाभ मिल्नेछ ।

 मीन M दि, दु, , , , दे, दो, चा, चि

यो महिना समग्रमा सकारात्मक महिना रहेको छ । इनाम र प्रतिष्ठा कमाउने बेला छ । गरेको कार्यमा सफलता पाइनेछ । परीक्षा आदि प्रतिस्पर्धामा सफल हुन सकिनेछ । शेयर बजार तथा ब्यापार व्यवसायबाट आम्दानी हुनेछ । कलासाहित्य तथा सङ्गीतमा रुचि बढ्नेछ । कूटनीतिक नियोगको सहयोग मिल्नेछ । यो महिनाको लागि शुभ अङ्क ५,८ र शुभ रङ्ग हरियो वा सुन्तला रङ्ग हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि भैरवजीको स्मरण गरी गरेको कार्यबाट अधिक सफलता मिल्नेछ ।
राशिफल जे जस्तो भएपनि तपाईंको यो महिना  शुभ रहोस् ।

ज्यो.प. नारायणप्रसाद दुलाल



 

प्रतिक्रिया