गैँडाको खागसहित तिन जना पक्राउ

झगनखबर 

जेठ ३ ।  गैडाको खागसहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । ललितपुर महानगरपालिका वडा नं ४ स्टिलटावर चोक नजिकबाट २ सय ९७ मिलिग्राम तौल भएको गैंडाको खाग (ओखेटोपहार) सहित ३ जनालाई मंगलबार प्रहरीले पक्राउ गरेको हो ।

 चितवन राप्ती नगरपालिका वडा नं ५ भवानीपुर घर भई ललितपुर एकान्तकुना बस्ने २८ वर्षीय रोशन घिमिरे, २४ वर्षीय युवराज घिमिरे र धादिङ बेनिघाट रोराङ गाउँपालिका वडा नं २ घर भई काठमाडौं नयाँबजार बस्ने २८ वर्षीय वीरेन्द्र तामाङ पक्राउ गरिएको प्रहरीले जनाएको छ  ।

 स्टिलटावर  चोक नजिक गैंडाको खाग खरिद बिक्री गर्दै गरेको भन्ने विशेष सूचनाको आधारमा प्रहरीले खोजी गरेको थियो । सुचनाको आधारमा खोजी गर्न  खटिएको प्रहरीले उनीहरूलाई  खागसहित फेला पारी पक्राउ गरेको हो ।  उनीहरूलाई थप अनुसन्धान तथा कारबाहीको लागि डिभिजन वन कार्यालय गोदावरी ललिपुरमा पठाइएको प्रहरी प्रधान कार्यालय काठमाण्डौले जनाएको छ  ।

 

प्रतिक्रिया