टाउको दुखाइ, ज्वरो तथा मौसमी
समस्याले सताउने हुँदा शरीर कमजार रहनेछ। स्वास्थ्यमा समस्या देखिए पनि काममा अवसर
प्राप्त हुनेछन्। महिनाभरि शुभचिन्तकहरूले साथ दिनेछन्। वस्त्र, भोजन तथा
उपहारद्वारा सम्मानित भइनेछ। प्रयत्न गर्दा दिगो काम प्रारम्भ हुने समय छ। पेसा–व्यवसायमा फाइदा
पुग्नेछ। अभिव्यक्ति कलामा निखारता आउनुका साथै लेखनतर्फ रुचि बढ्नेछ। भोगविलासमा
मन रमाउनेछ। खर्च लागे पनि देश–विदेशको यात्रा गर्ने अवसर जुट्न सक्छ। अस्थायी पेसा पनि
लाभदायी रहनेछ। संघर्षको दौडमा प्रतिस्पर्धीहरू पछि पर्नेछन् र मिहिनेतले सफलताको
उचाइमा पुर्याउनेछ। अस्वस्थता र पारिवारिक असमझदारीले केही काम भने राेकिन सक्छन्।
वृष : इ, उ, ए, ओ, वा, वि, वु, वे, वो
यस महिनामा व्यावहारिक असन्तुलनले काम
राेकिने र खर्च बढ्ने देखिन्छ। वादविवादले पनि समस्या निम्त्याउन सक्छ। अवसरका
लागि दौडधुप गर्नुपर्ला। भैपरी आउने समस्याले नयाँ योजना स्थगित हुन सक्छ। लगानीको
तुलनामा न्यून कर्मफल प्राप्त हुने समय छ। महत्त्वाकांक्षाले व्यावहारिक समस्या
निम्त्याउन सक्छ। व्यापारमा मन्दी आउने, काम रोकिने र खर्च बढ्ने समय छ।
स्वास्थ्यमा आँखा र पाउसम्बन्धी समस्या देखापर्न सक्छ। प्रतिस्पर्धी बढ्ने हुँदा
शुभचिन्तकहरूलाई साथमा लिएर अघि बढ्नुहोला। ठूलो आशा देखाउनेहरूले झुक्याउन
सक्छन्। सरकारी निकायबाट हुने कडिकडाउको सिकार समेत भइएला। प्रयत्न गर्दा
देशविदेशको यात्रा गर्ने साइत जुर्न सक्छ।
विभिन्न अवसर जुट्नाले यो महिना
उत्साहवर्धक रहनेछ। प्रयत्न गर्दा कर्मयोगले उचाइको मार्ग अवलम्बन गर्नेछ। रोकिएका
काम बन्नुका साथै आयआर्जनका नयाँ स्रोत फेला पर्नेछन्। तारिफयोग्य काम गर्दै नाम, दाम र इनाम
हातपार्न सकिनेछ। नोकरी तथा राजनीतिमा सम्मानित स्थान प्राप्त हुनेछ। अध्ययनमा
राम्रो प्रगति हुनेछ। सोख तथा विलासी मनोवृत्तिले खर्च बढाए पनि विभिन्न उपभोग्य
वस्तु संग्रह हुनेछन्। व्यवसायले नयाँ गति लिनेछ। कृषि, पशुधनबाट पनि
यथेष्ट लाभ हुनेछ। प्रशस्त धन र बहुमूल्य धातुहरू संग्रह गर्न सकिनेछ। तर असंयम
व्यवहार तथा बलजफ्ती गर्ने बानीले अन्त्यमा हानि पुर्याउन सक्छ। अधिक
महत्त्वाकांक्षाले समस्या निम्त्याउन सक्छ। सजग रहनुहाेला।
यो महिना फलदायी रहनेछ। विशिष्ट
व्यक्तिहरूकाे सहयाेग जुट्नाले महत्त्वाकांक्षी काममा प्रवृत्त भइनेछ। दिगो काममा
जग बसाउने समय छ। लगनशीलताले सम्मानित स्थान दिलाउनेछ। पद तथा प्रतिष्ठा प्राप्त
हुनेछ। दाम, इनाम र पुरस्कार प्राप्त गर्ने समय छ। नोकरीमा प्रवेश वा
पदोन्नति हुन सक्छ। व्यापार तथा उद्योगतर्फ मनग्य फाइदा हुनेछ र थप लगानी बढाउन
सकिनेछ। नयाँ कामको प्रस्ताव आउनेछ भने समुदायको हक हितको संरक्षण गर्दै धेरैको
भलाइ हुने काम गर्न सकिनेछ। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ। मित्रता र
प्रेमको बन्धन कसिनेछ। तर, महत्त्वाकांक्षाले समस्या निम्त्याउनेछ। काममा नसाेचेकाे खर्च
लाग्नेछ। पाउमा चाेटपटक लाग्न सक्छ, सजग रहनुहाेला।
केही संघर्ष गर्नुपरे पनि मिहिनेतले
उचाइतर्फ अग्रसर गराउनेछ। विशिष्ट व्यक्तिको साथ–सहयाेग जुट्नाले रोकिएको काम बन्नुका
साथै नयाँ कामतर्फ आकर्षित भइनेछ। अरूका काममा समय खर्चनुपरे पनि कालान्तरमा
आफैंलाई फाइदा हुनेछ। नयाँ व्यवसायले आत्मनिर्भरता बढाउनेछ। धार्मिक तथा सामाजिक
क्रियाकलापमा रुचि बढ्नेछ। बन्धुबान्धव तथा गुरुजनसँग आत्मीयता बढ्नेछ। भाग्यले
असल प्रेमपात्र जुराउनुका साथै पारिवारिक बन्धनमा आबद्ध गराउन सक्छ। पहिले टाढिएका
आफन्तहरू नजिकिनेछन्। समाजमा गुमेको स्थान प्राप्त हुनुका साथै आफ्नो वर्चस्व
बढ्नेछ। साथीभाइबीचको विवाद सम्झौतामा टुंगिनेछ। अधिक परिश्रमले थकान र कमजोरी भने
निम्त्याउन सक्छ।
सञ्चित रकम खर्च हुने र लाभांश
नउठ्नाले अर्थ अभाव देखापर्न सक्छ। व्यापार–व्यवसायमा मन्दी आउन सक्छ। व्यावसायिक
काममा अरूले हस्तक्षेप गर्न सक्छन्। मौसमी राेग,बाधा, कब्जियत तथा ढाड–कम्मर सम्बन्धी
समस्याले स्वास्थ्यसमेत कमजोर रहनेछ। लामो सक्रियता पनि स्वास्थ्यका लागि बाधक
बन्न सक्छ। चोटपटकको योग देखिएकाले सवारी एवं हातहतियारको उपयोग सावधानीसाथ
गर्नुहोला। राजनीतिक तथा सामाजिक प्रभाव कमजोर रहनेछ। सरोकार नभएका विषयमा चासो
राख्नाले अनावश्यक झमेला पनि आइलाग्न सक्छन्। अध्ययनमा धेरै समय दिन नसकिएला।
विश्वासपात्रले समेत आफ्ना कमजोरीबाट फाइदा उठाउन सक्छन्, गोपनीयतामा सजग
रहनुहोला।
समय प्रतिकूल रहेकाले आर्थिक कारोबार र
लगानी सुरक्षित नहुन सक्छ। सरकारी कामकाजमा विलम्ब हुनेछ। अवसर आए पनि समयमा काम
नबन्दा पछि परिनेछ। बलजफ्ती गर्दा थप समस्या आउन सक्छ। घरखर्च बढ्नेछ भने
आयआर्जनमा कमी आउनेछ। आफ्नै कमजोरीले परिवारजनमा असन्तुष्टि बढ्ने देखिन्छ।
जीवनसाथीलाई पनि केही पीडा हुने ग्रहयोग छ। तापनि व्यवसायमा लगानी बढाउन सकिनेछ।
नयाँ काम गर्न समय लागे पनि प्रयत्न गर्दा रोकिएको कामले निकास पाउनेछ। यात्राको
साइत पनि जुर्न सक्छ। व्यापारमा फाइदा कम भए पनि प्राप्त उपलब्धि र पहिलेको साख
जोगाउन सकिनेछ। व्यवसायमा नयाँ कार्यको थालनी हुनेछ। टाढाको यात्रा गर्ने साइत
जुर्नेछ।
अवसरका लागि केही दौडधुप गर्नुपर्ला।
मिहिनेत गर्दा प्रतिस्पर्धाको दौडमा सजिलै अग्रस्थान हासिल हुनेछ। शत्रुबाधा, मुद्दामामिला वा
कामका विविध झमेलाहरूबाट मुक्ति मिल्नेछ। तर परिवारजनको भावना समेट्न नसक्दा
आफ्नैबाट साथ, सहयोग नजुट्न सक्छ। प्रतिस्पर्धाले मित्रता र प्रेमको बन्धन
कमजोर बन्न सक्छ। औपचारिक सम्झौताले मात्र विवाद नटुंगिन सक्छ। व्यावहारिक
द्वन्द्वलाई पनि सम्झौतामा रूपान्तरण गर्ने प्रयास गर्नुहोला। भविष्यका लागि नयाँ
काममा जग बसाउन सकिनेछ। आफ्नो अभियानमा शुभचिन्तकहरूले साथ दिनेछन्। सामान्य
उपलब्धिलाई गुणात्मक बनाउने चेष्टा गर्नुहोला। नयाँ व्यवसाय सुरु गर्ने मौका छ।
मनग्य धन आर्जन गर्न सकिनेछ।
परिस्थिति अनुकूल नभए पनि केही अवसर
पाइनेछ। तर, सामान्य अवसरमा अलमलिनु भन्दा दिगो अवसरका लागि प्रयत्न
गर्नुहोला। अस्वस्थताले नयाँ काम र अध्ययनमा बाधा पुर्याउनेछ। तापनि मिहिनेत गर्दा
उपलब्धि प्राप्त हुनेछ। धेरै आर्जन गर्न नसकिए पनि दिगो स्रोत जुटाउन सकिनेछ।
विद्यार्थीहरूमा तर्कशक्ति बढ्नेछ। बौद्धिक क्षमता बढाउन सकिनेछ। अध्ययन तथा
रोजगारीका लागि यात्राको प्रक्रिया मिलाउने समय छ। केही दौडधुप गर्नुपरे पनि
सम्भावनाका बाटाहरू प्रशस्त फेला पर्नेछन्। स्वास्थ्यका लागि खानपान र व्यवहारमा
सजग रहनुपर्ला। नयाँ काममा वैधानिक व्यवस्था विचार गरेर मात्र प्रयत्न गर्नुहोला।
मिहिनेत गर्दा जीवनशैलीमा केही परिवर्तन आउनेछ।
यो महिनामा छाती तथा पेटको समस्याले सताउन सक्छ। घरेलु व्यवसाय र भूमिबाट केही लाभ मिले पनि घरपरिवारमा असमझदारी बढ्न सक्छ। सामूहिक भावना विखण्डित हुनाले सगोलको घर–जग्गा वा स्थायी सम्पत्तिमा विवाद आउन सक्छ। निकटजनहरूसँग असमझदारी बढ्नेछ। उच्च महत्त्वाकांक्षाले प्रश्रय पाउने हुँदा दिगो फाइदा उठाउन नसकिएला। तापनि सत्पात्रको संगतले व्यवहारमा सुधार आउनेछ। अप्ठ्यारो समयमा साथीभाइ र बन्धुबान्धवको सहयोग जुट्नाले परिस्थिति अनुकूल बनाउन सकिनेछ। मिहिनेत गर्दा कृषि र व्यापारमा सामान्य फाइदा हुनेछ। लगनशीलताले व्यावसायिक मार्ग अवलम्बन गर्नेछ। नयाँ काम थालनी गर्न केही समय प्रतीक्षा गर्नुहोला।
विभिन्न अवसर जुट्नाले यो महिना निकै
लाभदायक रहनेछ। व्यवसाय र उद्योगधन्दामा राम्रो फाइदा मिल्नेछ। प्रतिष्ठित काम
शुभारम्भ हुनेछ। क्षमता प्रदर्शन गरेरै स्वरोजगार बन्न सफल भइनेछ। राजनीतिक क्षेत्रमा
पनि पद–प्रतिष्ठा
प्राप्त हुने ग्रहयोग छ। महत्त्वपूर्ण निर्णय लिने समय छ। शुभचिन्तकहरूले साथ
दिनेछन् भने वैरभाव राख्नेहरूले हार खानेछन्। लामो समयदेखि रोकिएका काम सम्पादन
हुनेछन्। नोकरीमा प्रवेश, पदोन्नति वा सुगम स्थानान्तरण हुन सक्छ। शत्रु र रोगबाट छुटकारा
मिल्नेछ। घरमा सुख–समृद्धि बढ्नेछ। आर्थिक पक्ष सबल बन्नेछ। प्रशस्त धन र बहुमूल्य
धातुहरू संग्रह गर्न सकिनेछ। प्रतिष्ठित व्यक्तिहरूको सहयोगले जीवनशैलीमा परिवर्तन
आउनेछ।
स्वास्थ्यमा शिर, आँखा र दाँत
सम्बन्धी समस्याले सताउन सक्छ। केही विवादास्पद कामको जिम्मेवारी वहन गर्नुपर्दा
व्यावहारिक चुनौती आउनेछन्। केही धनमाल हराउने वा ठगीमा परिने सम्भावना देखिएकाले
लेनदेनमा सजग रहनुहोला। आफ्ना कमजोरीप्रति टिप्पणी वा गुनासो बढ्नेछ। आलोचकहरूले
भड्काउने हुँदा सहयोगीहरू टाढिन सक्छन्। स्वाभिमानका लागि संघर्ष गर्नुपरे पनि
कामको नतिजाले उत्साह जगाउनेछ। आर्थिक स्थितिमा सुधार आउनुका साथै सामाजिक
प्रतिष्ठा प्राप्त हुनेछ। व्यवसाय र उद्योगधन्दामा राम्रो फाइदा मिल्नेछ। केही धन
र बहुमूल्य धातुहरू संग्रह गर्ने समय छ। पढाइ, लेखन, संगीत र कलामा रुचि बढ्नुका साथै
प्रतिभाको उचित कदर हुनेछ।
फलित ज्योतिषाचार्य लक्ष्मीप्रसाद बराल