चैत्र ११ देखि १७ गते सम्म को साप्ताहिक राशिफल

  मेष : चु, चे, चो, ला, लि, लु, ले, लो,

यो साता आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन् । नयाँ बिजनेश प्लानको योजना बन्नेछ । मठमन्दिरको भ्रमणले थप ऊर्जा प्रदान गर्नेछ । साताको उत्तरार्धबाट व्यापार व्यवसायमा बाधा आउला । घर व्यवहारको समस्याले सताउनेछ । यो साताका लागि शुभ अङ्क ३,८ र शुभ रङ्ग गुलाबी वा हरियो हो । शुभकर्म गर्नु पूर्व विष्णु भगवानको दर्शन गरि कार्य आरम्भ गर्दा अधिक सफलता मिल्नेछ ।

 वृष  : , , , , वा, वि, वु, वे, वो

नियम र अनुशासनलाई बेवास्ता गर्दा अवसर र लाभ गुम्न सक्छ । मनमा निराशा र शरीरमा आलस्य आउला । सोमबारबाट धार्मिक तथा सांस्कृतिक कृत्यमा रुचि बढ्नेछ । आदर्श व्यक्ति सँगको सहकार्यले नयाँ अनुभव मिल्नेछ । परिवारमा नयाँ सदस्य थपिन पनि सक्ने सम्भावना छ । यो साताका लागि शुभ अङ्क ५,६ र शुभ रङ्ग सेतो वा खैरो हो । कुनै शुभकर्म गर्नु पूर्व विष्णुजीको स्मरण गर्नाले सफलता मिल्नेछ ।

 मिथुन : का, कि, कु, , , , के, को हा

यो हप्ता ठीक समयमा सही निर्णय लिन सकिनेछ । शिक्षा, बौद्धिकतार न्यायिक कार्यमा सफलता मिल्नेछ । मनमा हर्ष, उमङ्ग र उत्साह छाउनेछ । पुँजी बजारमा अहिले गरेको लगानीले पछि सफलता पाइनेछ । आफन्तसँग रमाइलो भेटघाट पनि हुनेछ । यो साताका लागि शुभ अङ्क २,९ र शुभ रङ्ग पहेँलो वा सेतो हो । कुनै शुभकर्म गर्नु पूर्व नवग्रहको स्मरण गरि कार्य आरम्भ गर्दा अधिक सफलता मिल्नेछ ।

 कर्कट : हि, हु, हे, हो, डा, डि, डु, डे, डो

यो साता धार्मिक तथा समाज सेवामा मन लाग्नेछ । राजनैतिक कार्यमा सफलता मिल्नेछ । कुनै कुराले मनमा प्रसन्नता छाउनेछ । कसैलाई परदेशी घर फर्कने र घरपरिवारमा र रमाइलो वातावरण छाउनेछ । आफन्तले चुनौतीबाट मुक्त हुन सहयोग गर्नेछन् । यो साताका लागि शुभ अङ्क २,६ र शुभ रङ्ग निलो वा ध्वाँसे हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि शिवजीको दर्शन गरि कार्य आरम्भ गर्दा अधिक सफलता प्राप्त हुनेछ ।

 सिंह : मा, मि, मु, मे, मो, टा, टि, टु, टे

यो साता विशिष्ट व्यक्तिको साथ पाइनेछ । कतै घुम्न जाने योजना बन्न सक्छ । लगनशीलताले कामहरू अगाडि बढ्नेछन् । नयाँ काम वा रोजगार पाइनेछ । आफन्तले तपाईँका विचारलाई समर्थन गर्नेछन् । मित्रवर्गको सहयोगले महत्त्वपूर्ण कार्य सम्पन्न हुनसक्छ । यो साताका लागि शुभ अङ्क ५,९ र शुभ रङ्ग पर्पल वा हरियो हो । कुनै शुभकर्म गर्नु पूर्व शिवजीको स्मरण गरि कार्य आरम्भ गर्दा अधिक लाभ हुनेछ ।

   कन्या : टो, पा, पि, पु, , , , पे, पो

यो साता मनमा चिन्ता र शङ्का उब्जनेछ । यात्रा गर्दा ध्यान दिनुहोला बाटोमा दुःख हुन सक्छ । दौडधुप गर्नु गरेपनि लाभ नै हुनेछ । मध्य साताबाट विद्या र बुद्धिको विकास हुनेछ । नयाँ अवसर आउनाले मन प्रसन्न रहनेछ । यो साताका लागि शुभ अङ्क ४,६ र शुभ रङ्ग गुलाबी वा हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि विष्णु भगवानको दर्शन गरि आरम्भ गर्दा लाभ मिल्नेछ ।

 तुला : रा, रि, रु, रे, रो, ता, ति, तु, ते

यो सात कतै घुम्न जाने योजना बन्न सक्छ । विद्या र बुद्धिको विकास हुनेछ । लामो समय देखि रोकिएको अधुरो कार्यले पूर्णता पाउनेछ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । धार्मिक तथा महत्त्वको क्षेत्रको भ्रमण हुनसक्छ । प्रविधिको क्षेत्रमा पनि लगानीको समय छ । यो साताका लागि शुभ अङ्क २,८ र शुभ रङ्ग सुन्तला हो । कुनै शुभकर्म गर्नु पूर्व देवीजीको दर्शन गरि कार्य आरम्भ गर्नाले अधिक सफलता मिल्नेछ ।

वृश्चिक : तो, ना, नि, नु, ने, नो, या, यि, यु

यो साता वैदेशिक कार्यबाट बढी लाभ र सफलता पाइनेछ । चिताएको कामले तीव्रता लिनेछ । भाग्यले साथ दिनेछ भने नयाँ कार्यबाट पर्याप्त लाभ लिन सकिनेछ । अचल सम्पत्ति हात पर्नुका साथै लाभदायक यात्रा हुनेछ । प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ । यो साताका लागि शुभ अङ्क १,३ र शुभ रङ्ग घिउ रङ्ग वा पहेँलो हो । कुनै शुभकर्म गर्नु पूर्व भैरवजीको दर्शन गरि कार्य आरम्भ गर्दा अधिक सफलता मिल्नेछ ।

   धनु : ये, यो, भा, भि, भु, धा, फा, ढा, भे

यो साता आकस्मिक धनलाभ र आर्थिक क्षेत्रमा सफलता मिल्नेछ । गोपनीय ढङ्गले गरिएको क्रियाकलापमा सफलता पाउनुहुनेछ । सामाजिक कार्यमा सफलता मिल्नेछ । साताको मध्यमा किनमेल गर्दा विशेष सावधानी अपनाउनुहोला, सामानहरू छुट्ने वा हराउने सम्भावना छ । यो साताका लागि शुभ अङ्क १,७ र शुभ रङ्ग सेतो वा पहेँलो हो । कुनै शुभकर्म गर्नु पूर्व पितृ देवको स्मरण गरि कार्य गर्दा अधिक लाभ मिल्नेछ ।

   मकर : भो, जा, जि, जु, जे, जो, , खि, खु, खे, खो

यो हप्ता आँटेको काममा अवरोध सृजना हुनसक्ने सम्भावना छ । अनावश्यक र दैनिक व्यवहारमा खर्च समेत बढ्न सक्छ । साताको मध्यबाट सामाजिक र राजनैतिक कार्यमा सफलता मिल्नेछ । रमाइलो यात्रा गर्ने अवसर जुट्न सक्छ । यो साताका लागि शुभ अङ्क २, ८ र शुभ रङ्ग खैरो वा रातो हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि हनुमानजीको स्मरण गरि कार्य आरम्भ गर्नाले अधिक सफलता मिल्नेछ ।

   कुम्भ : गु, गे, गो, सा, सि, सु, से, सो, दा

यो साता कुनै नयाँ ठाउँमा निवेश र लगानीको वातावरण बन्नेछ । अतिथिको रूपमा सत्कार पाइएला । छोटो दुरीको लाभदायक यात्राहरू हुनेछ । कतै घुम्न जाने योजना पनि बन्न सक्छ । सजिलै अरुको विश्वास जित्न पनि सकिनेछ । यो साताका लागि शुभ अङ्क ५,७ र शुभ रङ्ग कलेजी वा कालो हो । कुनै शुभकर्म गर्नु अघि हनुमानजीको आरधना गरि कार्य गर्नाले अधिक सफलता मिल्नेछ ।

   मीन : दि, दु, , , , दे, दो, चा, चि

साताको सुरुका दिनमा रमाइला यात्राका योगहरू रहेका छन् । पारिवारिक साथ र सहयोगले उल्लेख्य कार्य सम्पादन हुने देखिन्छ । हाँसखेल र मनोरञ्जनपूर्ण समयपनि रहेको छ, तर स्वास्थ्य क्षेत्र निर्बल रहने भएकाले सजगता अपनाउनु नै उचित हुनेछ । यो साताका लागि शुभ अङ्क ४,९ र शुभ रङ्ग घ्यूरङ्ग हो । कुनै शुभकर्म गर्नु पूर्व विघ्नहर्ता गणेशजीको पूजा अर्चना गरि गरेको कार्यबाट सफलता मिल्नेछ ।
राशिफल जे जस्तो भएपनि तपाईंको यो साता शुभ रहोस् ।


-
ज्यो.प. नारायणप्रसाद दुलाल

प्रतिक्रिया