बैशाख २५ । सिद्धिचरण नगरपालिका वडा नं. ७ बिगुटारले सामाजिक सुरक्षा भत्ता टोल‐टोलमै लगेर वितरण गरेको छ । बृद्ध‐बृद्धालाई नेपाल सरकारले मासिक रुपमा दिइने भत्तालाई वडा कार्यालयले बैंक सँगको समन्वयमा टोल‐टोलमै लगेर वितरण गरेको हो । आईतबार सनराइज बैंक ओखलढुंगाका कर्मचारी वडाका कर्मचारी सहितको टोलीले वडा कार्यालय बिगुटार, साबिक २ नं वडाको रत्न आधारभूत विद्यालयबाट र शेर्पा आधारभूत विद्यालय घुन्साबाट सामाजिक सुरक्षा भत्ता वितरण गरेको वडा अध्यक्ष भल बहादुर कटवालले जानकारी दिनुभयो ।
नेपाल सरकारले
त्रैमासिक रुपमा दिइने बृद्ध भत्ता बृद्धहरुकैे खातामा नै जम्मा गर्ने गरेको छ ।
ब्यक्तिको खातामा जम्मा भएको रकम स्वयम ब्यक्ति (बृद्ध‐बृद्धा) नै बैंकमा उपस्थित नभए बैंकले पैसा दिँदैन ।
बृद्धहरु आफै बैंकमा हिडेर आउन नसक्ने अवस्थामा उहाँहरुले अनिवार्य रुपमा गाडी
रिजर्भ गर्नु पर्ने बाध्यता छ ।
‘बृद्धहरुलाई सहयोग
स्वरुप राज्यले दिएको सानो रकम बृद्ध बा‐आमाहरुले बचत गरि आप्mनै आवश्यक्तामा खर्च
गर्न पाउन् र भत्ता प्रप्त गर्नकै लागी पैसा खर्च गरेर पनि दुःख नपाउन् भन्ने
उद्देश्यका साथ टोल‐टोलबाटै भत्ता वितरण गर्ने गरेको वडा
अध्यक्ष भल बहादुर कटवालले बताउनु भयो ।’
एकै दिन तिन ठाउँबाट
गरिएको सामाजिक सुरक्षा भत्ता वितरणमा वडा कार्यालयबाट ६७ जना, रत्न आधारभूत
विद्यालयबाट ४३ जना र शेर्पा आधारभूत विद्यालयबाट ९ जना गरी १ सय १९ जनाले सेवा
लिएका छन् । ९५ वर्षीय राम्री माया तामाङले शैर्पा आधारभूत विद्यालयबाट भत्ता लिनु
भएको छ । तामाङ भत्ता लिने मध्य सबै भन्दा ज्येष्ठ नागरिक पनि हुन् ।
भत्ता वितरणकै
कार्यक्रममा उपस्थित भएका ज्येष्ठ नागरिक लगायत अन्यलाई पनि निःशुल्क स्वास्थ्य
परिक्षण पनि गरिएको थियो । ज्येष्ठ नागरिक लक्षित गरिएको निःशुल्क स्वास्थ्य
परिक्षणमा अन्य स्थानियबासीले पनि सेवा लिएका थिए । स्वास्थ्य चौकी बिगुटारका
स्वस्थ्यकर्मीहरु बाट निःशुल्क चेकजाँच गरिएको थियो । र आवश्यक्तानुसारको औषधी
वितरण तथा स्वस्थ्य परामर्श दिइएको थियो ।
सदरमुकामस्थित बैंकमा
आएर भत्ता निकाल्दा धेरै जसो पैसा आउने
जाने गाडीभाडा र खाना खाजामा खर्च गर्ने गरेका थिए । नियमित गाडी सन्चालन नहुने
भएकाले कित रिजर्भ नै गर्नुपर्ने, रिजर्भ
गर्नु नपरे पनि महंगो भाडा तिर्न बाध्य थिए । वडामा भल बहादुर वडाअध्यक्ष भएर
आएपछि बृद्ध बा‐आमाहरुले अफ्नै टोलबाट भत्ता लिईहेका
छन् ।
आप्mनै ठाउँबाट भत्ता लिन
पाएपछि बृद्ध बा‐आमाहरु खुशी भएका छन् । दुखै नगरी आप्mनै गाउँटोलबाट भत्ता
लिन पाउँदा धेरै सजिलो र खर्च पनि नभएको बृद्ध बा‐आमाहरुले बताएका छन्
। ‘आफुले पाउने भत्ता
सदरमुकाम नगई घर नजिकैबाट लिन पाएकोमा हामी ज्यादै खुशी छौ ।, सजिलै भत्ता दिने
ब्यवस्था मिलाईदिएकोमा वडाअध्यक्षलाई धेरै‐धेरै धन्यबाद दिन
चाहान्छौ ।’ बृद्ध‐बृद्धाले
खुशी ब्यक्त गरे ।