चैत्र ३० देखि वैसाख ६ गतेसम्मको साप्ताहिक राशिफल


मेषः चु चे चो ला लि लु ले लो अ

साताको प्रारम्भमा वित्तीय र सहकारी संस्थाबाट लाभ मिल्नेछ। प्रतियोगी परीक्षामा सफलता मिल्नेछ। साताको मध्यमा व्यापार र उद्योगमा फाइदा हुनेछ। नोकरी वा पेशामा पहिला लिएका निर्णयहरू पदोन्नतिमा सहायक हुनेछ। साताको अन्तिममा स्वास्थ्य सम्बन्धी समस्याले सताउनेछ। आकस्मिक धन लाभका योग छन्। धार्मिक यात्रा लाभदायी रहनेछ। सदैव गायत्री मन्त्रको जप गरेर दिनको प्रारम्भ गरौं। यो साताको शुभ रंग पहेलो र खैरो हो भने शुभ अंक २ र ४ रहेको छ।

वृषः इ उ ए ओ वा वि वु वे वो

साताको प्रारम्भमा आफन्तहरूबाट सोचेजस्तो सहयोग नमिल्ला। प्रेम सम्बन्ध सुमधुर रहेको छ। विद्यार्थीहरूको तर्कक्तिमा वृद्धि हुनेछ। साताको मध्यमा पुरुषार्थी कार्यले यश बढ्नेछ। नोकरी वा पेशामा अनुभवको फाइदा लिन सकिएला। साताको अन्तिममा साझेदारी व्यापारबाट लाभ मिल्नेछ। दाम्पत्य जीवन सुमधुर रहनेछ। स्वास्थ्यले सबल रहनेछ। सदैव दुर्गाजीको आराधना गरेर दिनको प्रारम्भ गरौं। यो साताको शुभ रंग सेतो र गुलाबी हो भने शुभ अंक २ र ७ रहेको छ।

मिथुनः का कि कु के को हा

साताको प्रारम्भमा इच्छाशक्ति वा लगनशीलताले कार्यक्षेत्रमा सफलता मिल्नेछ। घरको विभिन्न कार्यमा समय व्यतीत हुनेछ। साताको मध्यमा व्यापार व्यवसायमा विरोधीहरू कार्यमा बाधक बन्नेछन्। विद्यार्थीहरूको करियरसँग जोडिएको समस्याको समाधान हुनेछ। साताको अन्तिममा यात्रा गर्दा नचिनेको व्यक्तिमाथि छिट्टै विश्वास नगर्नुहोस्। व्यापारिक अनुबन्धहरू लाभदायी रहनेछन्। यो साताको शुभ रंग हरियो र खैरो हो भने शुभ अंक ३ र ६ रहेको छ।

कर्कटः हि हु हे हो डा डि डु डे डो

साताको प्रारम्भमा महत्वकांक्षी योजनाहरू गोप्य राख्दा फाइदा मिल्नेछ। मेहनत गर्दा समय अनुसार लक्ष्य प्राप्ति हुनेछ। साताको मध्यमा नोकरी वा पेशामा अति आत्मविश्वास हानिकारक रहनेछ। माताको स्वास्थ्यलाई लिएर चिन्ता रहनेछ। साताको अन्तिममा तारिफ योग्य कार्य गरेर समाजमा प्रतिष्ठा बढाउन सक्नुहुनेछ। विद्यार्थीहरूलाई पठनपाठनमा मन लाग्नेछ। सदैव भगवान शिवलाई दूधद्वारा अभिषेक गरेर दिनको प्रारम्भ गरौं। यो साताको शुभ रंग सेतो र निलो हो भने शुभ अंक ४ र ८ रहेको छ।

सिँहः मा मि मु मे मो टा टि टु

साताको प्रारम्भमा सम्बन्धमा चलिरहेको वादविवाद सुल्झिनेछ। कार्यक्षेत्रमा बोलिको माध्यमले कार्य सिद्ध हुनेछ। साताको मध्यमा धैर्य र पराक्रममा वृद्धि हुनेछ। आफूभन्दा साना भाइबहिनीहरूको साथ र सहयोग मिल्ला। साताको अन्तिममा स्वास्थ्य कमजोर हुनाले सोचेको उपलब्धि पाउन गाह्रो हुनेछ। श्रमको उचित प्रतिफल नमिल्ला। सदैव भगवान सूर्यलाई अर्ग दिएर दिनको प्रारम्भ गर्नुहोस्। यो साताको शुभ रंग रातो र बैजनी हो भने शुभ अंक १ र ५ रहेको छ।

कन्याः टो पा पि पु ष ण ठ पे पो

साताको प्रारम्भमा आर्थिक सुधारका प्रयासहरू सफल हुनेछन्। नोकरी वा पेशामा योग्यताको मूल्यांकन हुनेछ। साताको मध्यमा सञ्चित धनमा वृद्धि हुनेछ। परिवारबाट सोचेजस्तो सहयोग नमिल्ला। साताको अन्तिममा व्यापार व्यवसायमा सामान्य लाभ रहनेछ। कार्यक्षेत्रमा अधिकारिहरूबाट सहयोग मिल्ला। सदैव हनुमान चालिसाको पाठ गरेर दिनको प्रारम्भ गरौं। यो साताको शुभ रंग हरियो र हल्का पहेलो हो भने शुभ अंक ३ र ५ रहेको छ।

तुलाः रा रि रु रे रो ता ति तु ते

साताको प्रारम्भमा वैदेशिक रोजगारबाट विशेष लाभ प्राप्त हुनेछ। सवारी साधनमा धन खर्चका योग छन्। साताको मध्यमा नोकरी वा पेशामा योग्यताको उचित मूल्यांकन हुनेछ। कार्यक्षेत्रमा नयाँ कार्यको प्रस्ताव मिल्नेछ। साताको अन्तिममा व्यापार व्यवसायमा बोलीले अरुलाई प्रभावित गर्न सक्नुहुनेछ। अरुलाई सल्लाह दिनदेखि बच्नुहोला। गृहणीहरूको गृहकार्यमा समय बित्नेछ। सदैव भगवान विष्णुलाई तुलसीदल अर्पण गरेर दिनको प्रारम्भ गरौं। यो साताको शुभ रंग सुन्तला र केसरी हो भने शुभ अंक ६ र ९ रहेको छ।

वृश्चिकः तो ना नि नु ने नो या यि यु

साताको प्रारम्भमा मान प्रतिष्ठामा वृद्धि हुनेछ। सामाजिक परिपेक्षमा नयाँ दायित्व मिल्नेछ। साताको मध्यमा कार्यक्षेत्रमा बौद्धिक अभिव्यक्तिको तारिफ हुनेछ। विद्यार्थीहरूलाई अध्ययन अध्यापनमा मन नलाग्ला। साताको अन्तिममा रमाइलो जमघटको बीचमा स्वादिष्ट भोजनको आनन्द मिल्नेछ। नौकरी वा पेशामा भावनामा आएर निर्णय नलिनुहोला। सदैव कालभैरवको दर्शन गरी दिनको प्रारम्भ गर्नुहोस्। यो साताको शुभ रंग रातो र केशरी हो भने शुभ अंक १ र ८ रहेको छ।

 धनुः ये यो भा भि भु धा फा ढा भे

साताको प्रारम्भमा चिकित्स्या वा कृषिको क्षेत्रबाट मनग्य लाभ आर्जन गर्न सकिनेछ। कार्यक्षेत्रमा पिताको सहयोग मिल्नेछ। साताको मध्यमा पौष्टिक भोजनको सेवन गर्नुहोस् रोग प्रतिरोधात्मक क्षमतामा वृद्धि हुनेछ। भौतिक संसाधन जुटाउन सक्नुहुनेछ। साताको अन्तिममा अरुको झैँ झगडा सुल्झाउन अगाडि नबढ्नुहोला।सवारी साधन चलाउँदा सावधान रहनुहोस्। सदैव भगवान राम को दर्शन गरेर दिनको प्रारम्भ गरौं। यो साताको शुभ रंग सुन्तला र गाढा पहेलो हो भने शुभ अंक ४ र ७ रहेको छ।

मकरः भो जा जि जु जे जो ख खि खु खे खो गा गि

साताको प्रारम्भमा नोकरी वा पेशामा पदोन्नतिका योग छन्। कार्य समयमा सम्पादन हुनाले मन आनन्दित रहनेछ। साताको मध्यमा शेयर बाजारबाट मनग्य लाभ प्राप्त होला। विद्यार्थीहरूलाई मार्केटिंग क्षेत्रमा नयाँ अवसर मिल्नेछ। साताको अन्तिममा अरुका लागि बुद्धि र श्रम खर्च गर्नुपर्ला। स्वाभिमानको लागि संघर्ष गर्नुपर्ला। सवारी साधनमा धन खर्च गर्नुपर्ला। सदैव गायत्री मन्त्रको जप गरेर दिनको प्रारम्भ गरौं। यो साताको शुभ रंग हल्का निल‍ो र सेतो हो भने शुभ अंक ३ र ४ रहेको छ।

कुम्भः गु गे गो सा सि सु से सो दा

सत्ताको प्रारम्भमा पुरानो कुराले परिवारसँग मनमुटाव रहनेछ। स्वास्थ्यमा ध्यान राख्नुहोस्। चिताएको कार्यसम्पादन हुन गाह्रो हुनेछ। साताको मध्यमा व्यापार व्यवसायमा लाभ रहनेछ। समस्या दर्शाउँदा सहयोगी जनहरूले साथ दिनेछन्। साताको अन्तिममा श्रम धेरै परेपनि कार्यबाट राम्रो लाभआर्जन गर्न सकिनेछ। धर्मकर्ममा आस्था बढ्नेछ। गणेशजीलाई दुवो अर्पण गरेर दिनको प्रारम्भ गरौं। यो साताको शुभ रंग रातो र खैरो हो भने शुभ अंक १ र ८ रहेको छ।

मीनः दि दु थ ‌झ ञ दे दो चा चि

साताको प्रारम्भमा समाजसेवा वा राजनीतिमा जोडिएका व्यक्तिहरूको मानसम्मान बढ्नेछ। कार्यक्षेत्रमा योजनाबद्ध तरीकाले कार्य गर्नुहोस् सफलता पाइनेछ। साताको मध्यमा स्वास्थ्यलाई लिएर चिन्ता रहनेछ। विद्यार्थीहरूलाई पढाइलाई लिएर वैदेशिक यात्राको मार्ग प्रशस्त हुनेछ। साताको अन्तिममा व्यापार व्यवसायमा लाभ रहनेछ। धार्मिक मठ मन्दिरको यात्रा र दर्शनका योग छन्। जीवन साथीसँग अनुकूल समय बित्नेछ। सदैव भगवान शिवजीलाई जल अर्पण गरेर दिनको प्रारम्भ गरौं। यो साताको शुभ रंग खैरो र केसरी हो भने शुभ अंक २ र ५ रहेको छ।

 

 

प्रतिक्रिया