राजकुमार कार्की
जेठ ३ ।
नेपाली कांग्रेस प्रजातान्त्रिक आन्दोलनका अग्रज ब्यक्ति, कुशल संगठक महेश
कोर्माेचाको निधन भएको छ । क्यान्सरबाट पिडित सुनुवारको शुक्रबार राति १०ः४५ बजे
बि एण्ड बि अस्पतालमा निधन भएको हो । २००३ साल असार १८ गते खिजीचण्डेश्वरीमा
जन्मनु भएका कोर्माेचाको २०८२ साल जेठ २ गते ७९ वर्षको उमेरमा निधन भएको छोरा चण्डेस सुनुवारले जानकारी दिनु भएको छ ।
उहाँको पार्थीव शरिरलाई आइतबार विहान ७ बजेदेखि
९ बजे सम्म श्रद्धान्जली सभाको लागि पार्टी केन्द्रीय कार्यालयमा राखिने र त्यसपछि
अन्तिम दाहसंस्कारका लागि हेलीकप्टर मार्फत जन्मस्थान खिजीचण्डेश्वरी लगिने नेपाली
कांग्रेसका जिल्ला सचिव अजय लुइटेलले जानकारी दिनुभयो । आइतबार दिउसो स्थानीय
घाटमा धार्मिक परम्परा अनुसार दाह संस्कार गरिने परिवार श्रोतले जनाएको छ । उहाँका
दुइ छोरी करुणा सुनुवार र मुना सुनुवार एक छोरा चण्डेश सुनुवार र श्रीमति सिर्जना
गुरुङ सुनुवार हुनुहुन्छ । उहाँ सानै उमेरदेखि नै राजनीतिमा लाग्नु भएको थियो ।
राणाहरुको ज्यादतीको बिरुद्धमा सानै उमेर देखि लाग्नु भएका कोर्माेचा २०२४
सालमा २१ वर्षको उमेरमा नेपाली कांग्रेसको
तत्कालीन जिल्ला कार्यसमितिको सदस्य हुनु भएको थियो ।
नेपाली काँगेसको
प्रजातान्त्रिक योद्धा, कुशल संगठक, नेपाली कांग्रेस ओखलढुंगाका अविभावक महेश कोर्माेचाको निधनले नेपाली
कांग्रेस ओखलढुंगालाई अपुरणीय क्षति भएको सभापति तेजेन्द्र खनालले बताउनु भयो ।
टिम्बुरबोटे काण्डमा
बालबाल बँच्नु भएको र पञ्चायतले मृत्युण्ड समेत सुनाएको संझदै एक कुशल संगठक मात्र
नभई विकास प्रेमी तथा ओखलढुंगाका लोकप्रिय
नेतालाई गुमाएको नेपाली कांग्रेसका केन्द्रीय सदस्य, संघिय माननीय एवं
राज्यब्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले बताउनु भयो ।
प्राजातान्त्रिक आन्दोलन
सँगै जनताका हक अधिकारका लागि सदैव लागि परिरहने एक कुशल नेता, अविभावक नेता ओखलढुंगा कांग्रेसले मात्र नभई देशकै
कांग्रेसले गुमाएको नेपाली कांग्रेस केन्द्रीय सदस्य तथा पुर्वमन्त्री प्रदेश
सभासदस्य प्रदिप कुमार सुनुवारले बताउनु भयो
।
महेश कोर्माेचा जिल्ला
विकास सभापति र जिल्ला पार्टी सभापति समेत हुनु भएको थियो । महेश कोर्मोचालाई
ओखलढुंगाको माटो र ढुंगाले समेत चिन्ने गरेको सादा जीवन र उच्च विचारका धनी
कर्माेचाबाट धेरै कुरा अहिलेका नेताले
सिक्नुपर्ने नेपाली काँग्रेसका पुराना नेता दान बहादुर बाँनीयाले बताउनु भयो ।
प्रजातान्त्रिक
आन्दोलनमा बिपी कोइराला सँग नजिक रहेर काम गरेका सुनुवार पार्टीको विभिन्न
जिम्मेवारी सहज पुरा गर्ने नेताको रुपमा परिचित हुनुहुन्थ्यो । जनताको समस्यालाई
आफ्नै समस्या जस्तो ठान्ने कोर्माेचाले सदैव जनताको हितका लागि काम गरेको
ओखलढुंगाका पुराना नेताले बताएका छन् ।